२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

संखुवासभामा कालोपत्रे उप्कीएपछि यात्रुलाई सास्ती

१६ आश्विन २०७२, शनिबार १९:५५

योगेन्द्र जोगी/असोज १७, संखुवासभा । सडक कालोपत्रे भएको ६
वर्ष नबित्दै भत्किएपछि मामलिङका भक्तबहादुर गुरुङलाई सडक कालोपत्रे हुदाँ जति खुसी लागेको थियो अहिले
उनी त्यति नै चिन्तित छन् । चैनपुर बजारसम्मको ३९ किमि आवतजावत गर्न समस्या भएको छ । सडक राम्रो हुँदा
पहिले मुढेबाट चैनपुरसम्मको ३९ किमि पार गर्न १ घण्टा लाग्थ्यो, अहिले पूरै ४ घण्टा लाग्छ’, उनले भने

sadak bhatkiyepaxi

धनकुटा सडक कार्यालय र तुम्लिङटार सडक
डिभिजन कार्यालयले हरेक वर्ष सडक मर्मतका लागि लाखौं खर्च गर्ने गरेको छ। प्रभावकारी अनुगमन नहुँदा
मर्मत गरे पनि नटिक्ने गुरुङको भनाइ छ। ‘मर्मत हुन्छ, कोही हेर्न आउँदैनन्, वैशाखबाटै सडक हिलाम्मे भएर
यातायात सञ्चालनमा अवरोध हुँदै आएको छ,’ उनले भने, ‘सडक डिभिजनले करोडौको मर्मत गरे पनि बालुवामा पानी
हाल्नेजस्तै मात्र भएको छ ।’ वसन्तपुरबाट चैनपुर खण्डसम्म गरिएको कालोपत्रे उक्किएको छ। करोडौ खर्च गरेर
मर्मत गरिए पनि एक महिना नटिक्ने उनले बताए ।

हिलेसम्म पुग्न
कम्तीमा १० ठाउँमा उत्रिनुपर्ने र सामान हराउने समस्या उत्तिकै रहेको स्थानीयवासीको भनाइ छ। कोसी
राजमार्गअन्तर्गत संखुवासभा जोड्ने मुख्य सडक निर्माण पूरा भएको ६ वर्ष नबित्दै पुरानै अवस्थामा फर्केको
हो । एसियाली विकास बैंकको लगानीमा कालोपत्रे गरिएको ७५ किमि सडकमा गरिएको कालोपत्रे असिना र पानीले
बगाएपछि सडक पुरानै अवस्थामा फर्केको हो । तामाफोकका देवराज सुवेदीले सहजै यात्रा गर्न सकिने अवस्था
नरहेको र भनेको ठाउँमा पुग्न समस्या भएको बताए । ‘पानी पर्नासाथ सडक हिलाम्मे हुने गरेकाले पैदल
हिंड्नसमेत गाह्रो हुने गरेको छ,’ उनले भने ।

मुढेशनिश्चरेबाट
तेह्रथुमको वसन्तपुरसम्म पुग्न यात्रा कठिन भएको यात्रु कृष्ण राईले बताए । असिनापानीले बगाएको मुढेबाट
टुटेदेउरालीसम्मको कालोपत्रे सडकमा स्थानीयवासीले पुनस् कालोपत्रे गर्न लगाएका थिए । तर, ठेकेदार
कम्पनीले मापडण्डविपरीत काम गरेकाले दोहोरो कालोपत्रेसमेत टिकेन । सुनसरीको धरानबाट १ सय ४२ किमि
सडकमध्ये ६० किलोमिटर सडकको ठाउँ–ठाउँमा ठूल्ठूला खाल्टा परेकाले दैनिक उपभोग्य सामान दुवानी गर्न पनि
समस्या हुँदै आएको चैनपुर उद्योग वाणिज्य संघका अध्यक्ष आशिष शाक्यले बताए। उनले भने, ‘कोसी राजमार्ग
अन्तर्गत धनकुटाको सिंधुवा, तेह्रथुमको वसन्तपुर हुँदै चैनपुर जोड्ने निर्माणाधीन सडक मर्मत गरिए पनि
झारा टार्ने मात्र काम भयो ।

वर्षामा गरिएको मर्मत काम नलाग्ने
भएको छ, ठेकेदारले मर्मतका नाममा लाखौ रुपैयाँ त्यसै लगे।’कालोपत्रे र ग्राभेल भएको डेढ वर्षमै उक्त
सडकको नामोनिसान मेटिएको थियो । कम गुणस्तरको कालोपत्रे गरिएका कारण सडक यस्तो हविगतमा पुगेको स्थानीय
बासिन्दाको अनुभव छ । कालोपत्रे गरेको भनिएको सडकका ठाउँ–ठाउँमा गाडीसमेत डुब्ने खाल्डा परेका छन् । ६
वर्षअघि एउटा प्याकेजमा चार करोड ५० लाख रुपैयाँका दरले १६ वटा प्याकेजमा करिब ७२ करोड रुपैयाँको
लगानीमा सडक कालोपत्रे भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य