२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

गाउँमा सडक पुगेपछि खच्चड विस्थापित

१७ आश्विन २०७२, आईतवार २०:५३

khacchad

योगेन्द्र
जोगी । असोज १८, संखुवासभा ।
कुनै वेला पहाडि जिल्लाको ट्रक भनेर चिनिने खच्चड पछिल्लो
समयमा देख्न पनि चिज हुँदै गएको छ । खाँदबारी बजारमा भएका उद्योग तथा पसलदेखि सामान ढुवानी गर्ने गतिलो
माध्यम थियो खच्चड । तर, विकासको गति संगै बग्रेल्ती बनेका सडकमा गाडि गुड्न थालेपछि खच्चडहरु कुना
पर्दै गएका छन् ।

धनकुटाको हिलेबाट सदरमुकाम खाँदबारी तीन
हजारभन्दा बढी खच्चडले ढुवानी गरे पनि यातायात संचालनमा आएसंगै बैकल्पिक मार्ग खोज्दै खच्चड व्यवसायी
विस्थापित भएका छन् । उनीहरुले खच्चड जिल्लाको सदरमुकाम खाँदबारी, चैनपुर, बाह्रबिसे, नुम लगायतका
ठाउँमा ढुवानी गर्थे, तर अहिले संखुवासभा, भोजपुर, तेह्रथुम र ताप्लेजुङ्का विकट गाउँमा मात्र सामान
ढुवानी गर्ने गरेको खच्चड व्यावसायी लाक्पा भोटेले बताए ।

धरान
धनकुटा हुदै खाँदबारीसम्म बस, ट्याक्टर र ट्याक्सी संचालन भएका छन् । सवारी साधनले उपभोग्य सामानदेखि
निर्माण सामाग्री ढुवानी गर्न थालेको छ । व्यवसायीले गाडीमा सस्तो ढुवानी हुने गरेको भन्दै खच्चडलाई
सामान बोकाउन छाडेका हुन् । सडकले खाँदबारी जोडेपछि खच्चड विस्थापित हुदै विकट गाउँतर्फ लगिएको छ ।
संखुवासभामा २०५७ सालमा खच्चड भित्रिएको हो ।

६० हजार रुपैयाका
दरले खरिद गरिएको खच्चड मूल रुटबाट विस्थापित भएपछि मूल्य घटेको व्यापारीहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली