2026-10-15 09:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्णालीमा निजी क्षेत्रले १ हप्ताभित्र पुस्तक पुर्याउँदै

फागुन ५, सुर्खेत | शैक्षिक सत्र शुरू हुनुअगावै कर्णाली अञ्चलका विद्यार्थीको हातमा पाठ्य पुस्तक पुर्‍याउन निजीक्षेत्रले छापेका पुस्तक बुधवारदेखि त्यसतर्फ पठाउन शुरू गरिएको छ । 

समयमै पुस्तक नपाउँदा कर्णाली क्षेत्रका विद्यार्थीको पठनपाठनमा समस्या हुने गरेको छ । त्यस्ता समस्या समाधानका लागि निजीक्षेत्रले नेपालगञ्जलगायत ठाउँमा छापिएका कक्षा १ देखि ५ सम्मका पुस्तक कर्णालीमा पठाउन शुरू गरेको पाठ्यपुस्तक छाप्न सरकारबाट सूचीकृतमध्ये एक नयाँ मुलुक प्रकाशन प्रालिका अध्यक्ष मेघराज ओलीले जानकारी दिए । उनका अनुसार बुधवार एक कार्यक्रम गरी कर्णालीको डोल्पा, जुम्ला र हुम्लाका पुस्तक व्यवसायीलाई पुस्तक हस्तान्तरण गरिएको छ ।

‘अबको १ हप्ताभित्र सम्बन्धित ठाउँमा पुस्तक पुग्छ,’ अध्यक्ष ओलीले भने, ‘कर्णाली अञ्चलमा फागुन महीनादेखि शैक्षिक सत्र शुरू हुन्छ । तर, कक्षा शुरू हुन केही दिन लाग्ने गरेको छ । त्योभन्दा पहिल्यै हामी पुस्तक पुर्‍याउँछौं ।’ कर्णाली अञ्चलका तीन जिल्लामा रू. ६ करोड २९ लाख मूल्यबराबरको ४३ हजार ३४ सेट पुस्तक पठाइँदै छ ।

पुस्तक हस्तान्तरण कार्यक्रममा निजीक्षेत्रका मुद्रण व्यवसायीका संयोजक रामलीला पाठकले घाटा सहेरै पनि निजीक्षेत्रले हिमाली जिल्लामा पाठ्यपुस्तक पुर्याइरहेको बताए । ‘किताबको मूल्यअनुसार कसैले पनि हिमाली जिल्लामा पुस्तक पुर्याउन सक्दैन । ढुवानी खर्च अधिक छ,’ उनले भने, ‘तर कर्णाली अञ्चलका विद्यार्थी पुस्तक अभावले पढ्नबाट वञ्चित नहोऊन् भनेर घाटा खाएरै विक्री गरिरहेका छौं ।’ सरकारी निकायबाट समयमै छाप्न स्वीकृति दिने हो भने फागुनअघि नै कर्णालीमा पुस्तक पठाउन निजीक्षेत्र सक्षम रहेको उनले बताए । ‘पुसमा स्वीकृति दिएपछि फागुन महीनाभित्र कसरी पुस्तक विद्यार्थीको हातमा पुर्याउन सकिन्छ ?’ उनले भने, ‘त्यस कारण हामीलाई वर्षैभरि काम गर्ने अवसर दिनुपर्छ ।’

शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्र र निजीक्षेत्रका बीचमा समन्वयका लागि गठित पाठ्यपुस्तक निरीक्षण तथा अनुगमन समितिका सदस्य दीपक भण्डारीले निजीक्षेत्रलाई हरेक कक्षाका पुस्तक छाप्न अनुमति दिई पुस्तक अभावको समस्या समाधान गर्नुपर्ने बताए । जनक शिक्षा सामग्री केन्द्र नेपालगञ्जका प्रमुख रवीन्द्र शर्माले आफूहरूले पनि कर्णाली अञ्चलमा पाठ्यपुस्तक पठाउन शुरू गरिसकेको जानकारी दिए । यसपटक त्यहाँका विद्यार्थीले समयमै पुस्तक पाउने अपेक्षा उनले गरे । निजीक्षेत्रको सहकार्यबाटै बालबालिकाको हातमा पुस्तक पुग्ने उनको विश्वास छ ।

अभिभावक सङ्घ बाँकेका सचिव वसन्त लामिछानेले पुस्तक नपाएर विद्यार्थी पढाइबाट वञ्चित हुने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए । यस्तै, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ बाँकेका अध्यक्ष बुद्धिप्रसाद अधिकारीसहित कर्णाली अञ्चलका पुस्तक व्यवसायीहरूले ढुवानी खर्च व्यवस्थापनको खाँचो औंल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने