2026-09-19 04:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विज्ञान प्रदर्शनी पाँच हजारभन्दा बढीले हेरे

फागुन ७, मोरङ । विद्यार्थीको सिर्जनशील क्षमताको विकास गर्ने उद्देश्यले मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको विज्ञान प्रदर्शनीमा पाँच हजारभन्दा बढीले अवलोकन गरेका छन् । 

शनिबार र आइतबार गरी विद्यालय परिसरमा विद्यार्थीद्वारा निर्मित विज्ञान तथा कला प्रदर्शनी भएको थियो । प्रदर्शनीमा विद्यार्थीहरुद्वारा निर्मित आकर्षक स्मार्टसिटी, बोटानिकल गार्डेन, रोबोट, पानीबाट चल्ने हाइड्रोलिक जेबिबी, डोजर, विज्ञानसम्बन्धी विभिन्न सामग्री, खेती किसान र घरमा आवश्यक विभिन्न सामग्री प्रदर्शनीका लागि राखिएको थियो । प्रदर्शनीमा राखिएका मध्ये बोटानिकल गार्डेन र स्मार्टसिटी दर्शकले निकै मन पराएको विद्यालय सञ्चालक रबिन कन्दङ्वाले बताउनुभयो । 

पथरीशनिश्चरे नगरपालिका र लेटाङ नगरपालिकाका–१० वटा निजी विद्यालयबाट आएका विद्यार्थी र आयोजक एभरेष्ट विद्यालयमा अध्ययनरत विद्यार्थी तथा अभिभावक गरी पाँच हजारभन्दा बढीले प्रदर्शनीको अवलोकन गरेको प्रिन्सिपल शान्तिराम तिम्सिनाले बताउनुभयो । 

कक्षा युकेजी देखि १२ सम्मका विद्यार्थीले निर्माण गरेका सिर्जना २३ वटा स्टलमा राखिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई