२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन आज नेपालको राष्ट्रिय दैनिक पत्रिका ‘कान्तिपुर’ यस्तो छापियो ?

२०७४, ७ फाल्गुन सोमबार ०२:४१

फागुन ७, काठमाडौँ | नेपालको सर्वाधिक लोकप्रिय पत्रिका कान्तिपुर दैनिकले २५ औं बर्ष पुरा गरेको छ | यस अवसरमा कान्तिपुर दैनिकको मुख्य पेजमा २५ बर्ष अघिकै शुभारम्भको डिजाइन छापिएको छ | 

२०४९ फागुन ७ गते अर्थात आजकै दिन छापिएको पत्रिका कान्तिपुर दैनिकले २५ औं बर्षमा ठूलो फड्को मारेको छ | संचारमाध्यम मुलुक विकासको सबैभन्दा महत्वपूर्ण र राज्यकै चौथो अंगको रुपमा रहने हुँदा कान्तिपुर राष्ट्रिय दैनिकको  देशप्रतिको २५ औं बर्षको ठूलो योगदान छ | २५ बर्ष बित्दासम्म यस पत्रिकाले आफुलाई 'ब्ल्याक इन व्हाइट' बाट रंगिनमा मात्र बदलेको छैन, देशकै ठूलो र स्थापित मिडियाको रुपमा समेत परिचित बनाएको छ | २०४९ मा २ रुपयाबाट सुरु भएको यो पत्रिका अहिले ५ गुणा मूल्य बढेर १० रुपयाँमा पाइन्छ तर त्यतिखेरको मूल्यमा हालको मूल्य समेत निकै सस्तो मान्न सकिन्छ | 

२०४९ पछिको बिभिन्न राजनीतिक परिस्थितिसँग जुध्दै माओवादी द्वन्दसँगै लोकतान्त्रिक गणतन्त्रसम्म आईपुग्दा कान्तिपुर दैनिक पत्रिकाले आज २६ औं बर्षको पहिलो अंक प्रकाशन गरेको छ | सुरुवातमा कान्तिपुर दैनिकसँगै दी काठमान्डु पोष्ट मात्र लिएर सुरु भएकोमा अहिले यो एउटा देशकै ठूलो पब्लिकेशन बनेको छ र लगातार साप्ताहिक (२०५१), रेडियो कान्तिपुर, कान्तिपुर टेलिभिजन, नेपाल (२०५६), नारी (२०५८) हुँदै ईकान्तिपुर – डिजिटल पोर्टल हुँदै बिकसित अवस्थासम्म आईपुगेको छ | 


२०४९ को प्रविधिमा निकै असहज स्थिति हुँदै आजको प्रविधियुक्त युगमा त्यसै अनुसारका आफ्ना संस्करण दिन सफल कान्तिपुर पब्लिकेशन २५ औं बर्ष पुरा गरी २६ औं बर्षमा प्रवेश गरेको छ | पछिल्लो समय संघिय संरचना अनुसार देशको सातै प्रदेशबाट छुट्टा-छुट्टै पत्रिका संस्करण पस्कन थालेको कान्तिपुर दैनिकलाई साझा सबाल डट कम अनलाइनको तर्फबाट बिशेष बधाई तथा शुभकामना | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने