२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

पर्यटकलाई आकर्षित गर्दै सुन्दर तिम्बुपोखरी

२०७४, ७ फाल्गुन सोमबार ०९:३२

जीतबहादुर भण्डारी / पाँचथर, ७ फागुन | पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी पर्यटकीय स्थलको रुपमा परिचित छ । यस पोखरीमा पछिल्लो समय घुम्न जाने पर्यटकको संख्यामा समेत वृद्धि हुन थालेको छ ।

 

लेकाली स्थान तथा मानवीय गतिविधि कम हुने हुँदा फूलहरु फुल्ने यी दुई महिना तिम्बुपोखरी जाने उचित समय मानिन्छ । बर्सेनि कठिन भूगोल छिचोलेर यहाँ पुग्नेको संख्या उल्लेख्य हुन्छ । हिमाली क्षेत्रमा पर्ने तिम्बुपोखरी आफैँमा सुन्दर छ । तिम्बुसँगै जोडिएका अन्य ठाउँ पनि आकर्षक छन् । 

चट्टानयुक्त पहाडले घेरिएको तिम्बुपोखरी आकर्षक छ । समुद्र सतहदेखि चार हजार ४८० मिटरको उचाइमा रहेको उक्त पोखरीले धार्मिक महत्व पनि बोकेको छ । यसलाई विष्णुपोखरीसमेत भनिन्छ । यहाँ पूजा गर्न जानेहरु प्रशस्तै भेटिन्छन् । यहाँबाट तिम्बुपोखरीसँगै हिमाली र उच्च पहाडी क्षेत्रका आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ । बर्सेनि यहाँको सौन्दर्यले मानिसलाई तान्ने गरेको तिम्बुपोखरी नजिकैको थाङ्मा खोलाका गोठ सञ्चालक मदन गौतम बताउँछन् । 

तिम्बुपोखरीसँगै पहाडे मेगु, फालोट लगायतका आकर्षक लेकाली क्षेत्र छन् । जैविक विविधताले यो क्षेत्र भरिभराउ छ । हेरेर आँखा नअघाउने दृश्य यहाँ हेर्न पाइन्छ । पछिल्लो समय यहाँ आउने पर्यटकको संख्या वृद्धि भएसँगै तिम्बुपोखरीको प्रचार र महत्व बढ्दै गएको पोखरी संरक्षण समितिका अध्यक्ष भीम भण्डारीले बताउनुभयो । 

पदयात्राका लागि यो क्षेत्र उपयुक्त गन्तव्यका रुपमा मानिएको छ । यहाँ पुग्न पाँचथरको च्याङ्थापुदेखि पदयात्रा गर्नुपर्छ । लेकका आकर्षक डाँडा चहार्दै तीन दिनको यात्रामा तिम्बुपोखरी पुगिन्छ । यहाँ प्रशस्त लेकाली जडीबुटीसमेत पाइन्छन् । ठाउँठाउँमा गोठहरु छन् । यहीँ चौरी, उराङ र याकसँग रमाउन सकिन्छ । पूर्वाधारको विकास नभएकाले गन्तव्यसम्म पुग्न लौरी नै टेकेर हिँड्नुपर्छ । 

स्थानीयवासी यामबहादुर भण्डारीका अनुसार यहाँ केही दिन घुम्नका लागि विभिन्न ठाउँ छन् । च्याङ्थापुदेखि फलैँचा, कालीखोला हुँदै यहाँ पुगिन्छ । भारतको सिक्किमको सिमाना नजिकै रहेको तिम्बुपोखेरीदेखि केही घण्टा हिँड्दा सिक्किमको लक्ष्मीपोखरी पुगिन्छ । अहिलेसम्म यस्ता पोखरी अवलोकनका लागि धेरै पर्यटक नजाने हुँदा सफा र चिटिक्क देखिन्छ । लेकाली क्षेत्र भएकाले लेक लाग्ने सम्भवना भने उत्तिकै हुन्छ । गोठमा बास बस्दै यात्रा गर्नेहरू अचेल भेटिन थालेका छन् । आन्तरिक पर्यटक नै बढीजसो यस क्षेत्रमा आउने गरेको स्थानीयवासीको भनाइ छ । 

यहाँ आउनेले गोठमा बस्ने, सुत्ने र खाने गर्नुपर्छ । यो क्षेत्र उति धेरै महँगो छैन । यहाँ जाँदा एक्लै भन्दा पनि समूहमा जाने र पथप्रदर्शक लिएर जानुपर्ने हुन्छ । यहाँका दृश्यहरु कुमारी छन् । अग्ला अग्ला पहाड आकर्षक छन् । ठाउँठाउँमा गोठमा बस्दै उकालो चढ्नेहरु भेटिन्छन् । 

सिक्किमको सिमाना नजिक छ । चौरी, भेडा, याक, उरागसँग रमाउँदै उकालो चढ्न सकिन्छ । तिम्बुपोखरीलाई विष्णुपोखरी पनि भनिने स्थानीयवासीले बताए । कतिपय मानिस तिम्बु हुँदै सिक्किमको लक्ष्मीपोखरीसम्म पुग्ने गर्छन् । कुम्भकर्ण लगायतका हिमाल हेर्दै उकालिनेहरु भेटिन्छन् । च्याङ्थापु देखि उकालो, ओरालो गर्नेको संख्या बाटोमा प्रशस्त भेटिन्छ । 

तिम्बुपोखरीमा आउनेको संख्या बढ्दै गएको अनुभव छ, संरक्षणको क्षेत्रमा क्रियाशील रहेका मन्जित राईको । बर्सेनि सो क्षेत्र पुग्ने उहाँको अनुभवमा पछिल्ला वर्षमा तिम्बुपोखरी र यहाँ रहेका दृश्यले धेरैको मन तानेको छ । विकास हुँदै जाँदा यो संख्या बढेर जाने अनुमान उहाँको रहेको छ । बाटोभरि ठूल्ठूला झोला बोकेर उकालो–ओरालो गर्नेहरु भेटिन्छन् । उच्च क्षेत्र भए पनि पदयात्रीहरु बढेका छन् । यो क्षेत्र जैविक विविधताको धनी रहेको छ । यहाँ जान एक साता लामो यात्रामा निस्किन सकिन्छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो