२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

किमाथांकाबासीले भने- हाम्रो एउटै माग हो

१ पुष २०७२, बुधबार ०४:४९

योगेन्द्
जोगी, पुष १, संखुवासभा/
किमाथांका पुगेको सांसद दीपक खड्कालाई स्थानीय बासिन्दा तेनछेबी भोटेले
जसरी भएपनि सदरमुकाम खाँदबारीसम्म सडक जोड्न माग राखे ।

सांसद
खड्का सहित पूर्व अर्थमन्त्री डा रामशरण महत र पूर्व परराष्ट्रमन्त्री सुजता कोइराला किमाथांका आउने
भनेपछि गाउँलेहरु भेला भएका थिए । हेलिकप्टरबाट ओर्लिन बित्तिकै किमाथांकाबासीले भट्टाभट माग राख्न थाले
। उनीहरुलाई गाउँलेले भव्य स्वागत पनि गरे ।

पूर्वमन्त्री
सहितको टोली पहिलो पटक किमाथांका गाउँमा पुगेका हुन् । हामीले उच्च तहका नेताहरु पहिलोपटक देखेका हौ,
तेनछेबीले भने, अब भने हाम्रो गाउँको पनि विकास होला जस्तो लाग्यो । पटकपटक सरकारमा सहभागी भएर अर्थ र
परराष्ट्रमन्त्री भइसकेको नेताहरु
गाउँमा देख्न पाउदा खुसी भयौ, उनले भने, हामी चीनका सिमावर्ती
गाउँमा बसेका छौ, हामीलाई पनि सदरमुकामको जस्तै सेवा चाहिँयो ।


गाउँबासीका तर्फबाट तेनछेबीले माग पत्र प्रस्तुत गरेका थिए । मागपत्रमा किमाथांकाबासीले
किमाथांका( खाँदबारी सडक निर्माणलाई प्राथमिकतामा राखेका थिए । सडक अभाबका कारण नेपाली खाद्यान्न
अहिलेसम्म देखेका छैनौ, उनले भने, हामी नजिकैको चाँगाबजारबाट चाईनीज खाद्यान्न ल्याएर खान्छौ । खडक
नभएकै कारण सामान्य बिरामी हुँदा पनि ३ लाख खर्चिएर हेलिकप्टर चार्टर गर्नु परिरहेको उनले दुखेसो पोखे

धुलेसडक मात्रै भएपनि हामीलाई हुन्थ्यो, सदरमुकाम पुग्न ७
दिन पैदल हिड्न पर्देन थियो, उनले भने, सदरमुकामबाट किमाथांका १ सय ६७
किमिमात्रै छ, त्यहीँ भएर सडक
पुरा भए हामीलाई सजिलो हुने थियो । १ सय ६७ किमि मध्ये करिव १ सय किमि सडकको ट्याक खुलीसकेको छ

पटकपटक सडक निर्माणको माग राखेपनि सरकारले कछुवा गतिमा
निर्माण गरेको उनले नेताहरुलाई गुनासो सुनाए । सरकारले चाहेमा यो
सडक १ बर्षमै निर्माण हुन्छ, उनले
भने, सदरमुकाममा बसेको उत्तरदक्षिण कोसी सडकले हटिकाको पेजुङबाट छुम्सुरसम्मको ३६ किमि सडकको ट्याक
खोल्नका लागि ठेक्का समेत खुलाएको छैन ।

यो सडक जोडिए
हामीलाईमात्रै नभई सदरमुकामबासीलाई पनि सजिलो हुने थियो, उनले भने, सडक खुले दैनिक उपभोग्य सामाग्री
सस्तो मुल्यमा खाँदबारी पुग्थ्यो । सडक पछि उनीहरुको माग बिजुली बाल्न पाउनु पर्ने, टेलिफोन सेवा पाउनु
पर्ने, गाउँमा २४ घन्टे प्रसुति सेवा पलव्ध गराउनु पर्ने लगायतका माग समेत राखेका थिए ।


किमाथांकाबासीको माग सुनिसकेपछि पूर्व अर्थमन्त्री महतले भौगोलिक विकटताका
कारण सडक खन्न ढिलाई भएको बताए । उनले अब
्ट किमाथांकाबासीले मोटर चढ्न पाउने पनि बताए । उनले
सरकारलाई दवाव दिएर छिट्टै सडक निर्माण सम्पन्न गराउने आश्वासन दिएका छन् । पूर्व परराष्ट्रमन्त्री
कोइरालाले पनि किमाथांकाबासीले प्रतिक्षाको घडी अब सकिएको बताए ।

उनले किमाथांकाबासीको माग माथिल्लो तहसम्म लैजाने बताए । मागपत्र बुझ्दै सांसद खड्काले
विकासमा पछि परेका किमाथांकाबासीले अबधेरै दिन दुखका दिन बिताउनु नपर्ने बताए । यो सडक तोकिएकै समयमा
सम्पन्न गर्न सबैतिर दवाव दिन्छु, उनले भने, ेकेदार कम्पनीलाई कामको गति बढाउन दवाव दिन उनले बताए ।
तपाईहरुको गुनासो सुन्न हामी यहाँ आएका हौ, सांसद खड्काले भने अब
किमाथांकामा विकासले गति पाउने छ,
सडकबाट छिट्टै सदरमुकामको यात्रा गर्न सक्नुहुने छ । किमाथांका सदरमुकाम खाँदबारीबाट ५० कोष
उत्तरमा
पर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने