२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

किमाथांकाबासीले भने- हाम्रो एउटै माग हो

२०७२, १ पुष बुधबार ०४:४९

योगेन्द्
जोगी, पुष १, संखुवासभा/
किमाथांका पुगेको सांसद दीपक खड्कालाई स्थानीय बासिन्दा तेनछेबी भोटेले
जसरी भएपनि सदरमुकाम खाँदबारीसम्म सडक जोड्न माग राखे ।

सांसद
खड्का सहित पूर्व अर्थमन्त्री डा रामशरण महत र पूर्व परराष्ट्रमन्त्री सुजता कोइराला किमाथांका आउने
भनेपछि गाउँलेहरु भेला भएका थिए । हेलिकप्टरबाट ओर्लिन बित्तिकै किमाथांकाबासीले भट्टाभट माग राख्न थाले
। उनीहरुलाई गाउँलेले भव्य स्वागत पनि गरे ।

पूर्वमन्त्री
सहितको टोली पहिलो पटक किमाथांका गाउँमा पुगेका हुन् । हामीले उच्च तहका नेताहरु पहिलोपटक देखेका हौ,
तेनछेबीले भने, अब भने हाम्रो गाउँको पनि विकास होला जस्तो लाग्यो । पटकपटक सरकारमा सहभागी भएर अर्थ र
परराष्ट्रमन्त्री भइसकेको नेताहरु
गाउँमा देख्न पाउदा खुसी भयौ, उनले भने, हामी चीनका सिमावर्ती
गाउँमा बसेका छौ, हामीलाई पनि सदरमुकामको जस्तै सेवा चाहिँयो ।


गाउँबासीका तर्फबाट तेनछेबीले माग पत्र प्रस्तुत गरेका थिए । मागपत्रमा किमाथांकाबासीले
किमाथांका( खाँदबारी सडक निर्माणलाई प्राथमिकतामा राखेका थिए । सडक अभाबका कारण नेपाली खाद्यान्न
अहिलेसम्म देखेका छैनौ, उनले भने, हामी नजिकैको चाँगाबजारबाट चाईनीज खाद्यान्न ल्याएर खान्छौ । खडक
नभएकै कारण सामान्य बिरामी हुँदा पनि ३ लाख खर्चिएर हेलिकप्टर चार्टर गर्नु परिरहेको उनले दुखेसो पोखे

धुलेसडक मात्रै भएपनि हामीलाई हुन्थ्यो, सदरमुकाम पुग्न ७
दिन पैदल हिड्न पर्देन थियो, उनले भने, सदरमुकामबाट किमाथांका १ सय ६७
किमिमात्रै छ, त्यहीँ भएर सडक
पुरा भए हामीलाई सजिलो हुने थियो । १ सय ६७ किमि मध्ये करिव १ सय किमि सडकको ट्याक खुलीसकेको छ

पटकपटक सडक निर्माणको माग राखेपनि सरकारले कछुवा गतिमा
निर्माण गरेको उनले नेताहरुलाई गुनासो सुनाए । सरकारले चाहेमा यो
सडक १ बर्षमै निर्माण हुन्छ, उनले
भने, सदरमुकाममा बसेको उत्तरदक्षिण कोसी सडकले हटिकाको पेजुङबाट छुम्सुरसम्मको ३६ किमि सडकको ट्याक
खोल्नका लागि ठेक्का समेत खुलाएको छैन ।

यो सडक जोडिए
हामीलाईमात्रै नभई सदरमुकामबासीलाई पनि सजिलो हुने थियो, उनले भने, सडक खुले दैनिक उपभोग्य सामाग्री
सस्तो मुल्यमा खाँदबारी पुग्थ्यो । सडक पछि उनीहरुको माग बिजुली बाल्न पाउनु पर्ने, टेलिफोन सेवा पाउनु
पर्ने, गाउँमा २४ घन्टे प्रसुति सेवा पलव्ध गराउनु पर्ने लगायतका माग समेत राखेका थिए ।


किमाथांकाबासीको माग सुनिसकेपछि पूर्व अर्थमन्त्री महतले भौगोलिक विकटताका
कारण सडक खन्न ढिलाई भएको बताए । उनले अब
्ट किमाथांकाबासीले मोटर चढ्न पाउने पनि बताए । उनले
सरकारलाई दवाव दिएर छिट्टै सडक निर्माण सम्पन्न गराउने आश्वासन दिएका छन् । पूर्व परराष्ट्रमन्त्री
कोइरालाले पनि किमाथांकाबासीले प्रतिक्षाको घडी अब सकिएको बताए ।

उनले किमाथांकाबासीको माग माथिल्लो तहसम्म लैजाने बताए । मागपत्र बुझ्दै सांसद खड्काले
विकासमा पछि परेका किमाथांकाबासीले अबधेरै दिन दुखका दिन बिताउनु नपर्ने बताए । यो सडक तोकिएकै समयमा
सम्पन्न गर्न सबैतिर दवाव दिन्छु, उनले भने, ेकेदार कम्पनीलाई कामको गति बढाउन दवाव दिन उनले बताए ।
तपाईहरुको गुनासो सुन्न हामी यहाँ आएका हौ, सांसद खड्काले भने अब
किमाथांकामा विकासले गति पाउने छ,
सडकबाट छिट्टै सदरमुकामको यात्रा गर्न सक्नुहुने छ । किमाथांका सदरमुकाम खाँदबारीबाट ५० कोष
उत्तरमा
पर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन