२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

संखुवासभा जिल्लाबारे संक्षिप्त जानकारी

२०७२, २ चैत्र मंगलवार ११:३२

नेपालको पाँच विकास क्षेत्रमध्ये पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा
पर्ने संखुवासभा हिमाली भेगको एक दुर्गम जिल्ला हो । यो जिल्ला पूर्वमा ताप्लेजुङ र तेह्रथुम, पश्चिममा
सोलुखुम्वु र भोजपुर जिल्ला, उत्तरमा चिनको तिव्वत र दक्षिणमा तेह्रथुम र धनकुटा जिल्लाको चौबन्दीमा
रहेको छ । यसले नेपालको कुल क्षेत्रफलको २.३६%,पूर्वाञ्चल विकास क्षेत्रको १२.१९% र कोशी अञ्चलको ३५.६८%
भू-भाग ओगटेको छ । समुद्र सतहको ४५७ मिटर (संसारको सबैभन्दा होचो अरुण उपत्यका) देखि विश्वको पाँचौं
अग्लो हिमशिखर मकालु ८४६३ मिटरसम्मको उचाईमा रहेको यो जिल्ला २७०६’ उत्तरदेखि
२७५५’ उत्तरी अक्षांशसम्म र ८६५७’ पूर्वदेखि ८७४०’ पूर्वी
देशान्तरसम्म फैलिएको छ । उत्तरतर्फो फराकिलो भागमा मनोरम हिमाली श्रृंखलाहरुले शुसोभित यस जिल्लाको
दक्षिणतर्फ साँगुरिएको भागमावसोवास युक्त पहाडी भू-भाग रहको छ ।

भौगोलिक विविधताले गर्दा यहाँको हावापानी र प्राकृतिक वनस्पतिमा पनि विविधता पाइन्छ । यहाँ
हिमाली हावापानीदेखि लिएर उष्ण मनसुनी हावापानीसम्म पाइन्छ । जैविक विविधता र प्राकृतिक संरक्षणको लागि
मकालु वरुण राष्ट्रिय निकुन्ज र नेपालको राष्ट्रिय फुल लालिगुराँस संरक्षणको लागि तिनजुरे, मिल्के जलजले
लालिगुराँस संरक्षण क्षेत्र पनि यहि जिल्लामा पर्दछन् । यस जिल्लाको कुल जमिनमध्ये ८।२७५ कृषियोग्य
जमिन, ४०।३१५ वन क्षेत्र, ११।३७५ चरन तथा झाडी क्षेत्र, २७।३९५ हिम तथा जल क्षेत्र र १२।६६५ भू-भाग
ढुङ्गा, भीरपाखा आदि रहेको छ ।

यस जिल्लाको उत्तरी क्षेत्रमा
मध्य भाग र दक्षिणी क्षेत्रमा पश्चिम सिमाना हुंदै सप्तकोशी नदीको सहायक नदी अरुण वगेको छ भने बरुण
हिमनदी संखुवाखोला, सभाखोला, पिलुवाखोला, हेंवा, इप्सुवा, आप्सुवा, इखुवा, कासुवा,सिसुवाखोला  लगायतका
प्रमुख खोलाहरु यस जिल्लामा बग्दछन् । सभा खोलाको उत्पत्ती स्थल सभापोखरी र जिल्लाको दक्षिण पूर्वी
भागमा रहेको गुफा पोखरी यस जिल्लाका धार्मिक तथा पर्यटकीय महत्वका पोखरीहरु हुन भने सिद्धपोखरी,
पोप्तीपोखरी लालपोखरी मत्स्यपोखरी, बन्दुकपोखरी, लक्ष्मीपोखरी, किपुपोखरी, फेलुङगापोखरी,मुलुङ्गपोखरी,
छावापोखरी आदि यहाँका प्रमुख पोखरीहरु हुन ।

यहाँ धार्मिक तथा
पर्यटकीय महत्वका रमणीय स्थलहरू मनकामना मन्दिर, बानेश्वर महादेव, सिद्धकाली मन्दिर, बालेश्वर शिवलिङ्ग,
सभापोखरी, खेम्पालुङ शिवधारा, मत्स्यपोखरी,  जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा, मकालु
प्रथम (८४६३ मी.),  मकालु दोस्रो (७६७८ मी.), वरुनत्से (७१२९ मी.), चाम्लाङ्ग (७३१९ मी.), हिमचुली (६४२४
मी.), कुम्भकर्ण (७१२९ मी.), मकालु बरुण राष्ट्रिय निकुञ्ज, लालीगुराँस संरक्षण क्षेत्र, अरुण उपत्यका,
मिल्के डाडाँ आदि छन् । यहाँको चैनपुरे करुवाले स्वदेशमा मात्र नभई विदेशमा समेत प्रसिद्धि कमाएकोछ

एकिकरण पूर्व तीन राज्यमा विभाजित किराँत राज्यमा संखुवासभा
जिल्ला पल्लो किराँत अन्तरगत पर्दथ्यो । किराँत कालमा यस जिल्लाका विभिन्न स्थानहरुमा गढि, गोला, कोट
आदि भएको तथ्य हाल सो  अनुसार रहेको गाँउहरुको नामाकरण हटियागोला, गढि बजार, लोहाकोट आदि ले पुष्टि
गर्दछन् ।

यस जिल्लाको आर्थिक स्रोत कृषिमा निर्भर रहेको छ ।
आर्थिकरुपले सक्रिय जनसंख्या ६०.७३% भएपनि त्यसको ७७.६२% कृषिमा र २२.३८% गैरकृषि पेशामा निर्भर छन्

भौगोलिक अवस्था

  • अक्षांश:- २७
    डिग्री ०६” देखि २७ डिग्री ५५” उत्तर
  • देशान्तर:- ८६ डिग्री ५७” देखि ८७ डिग्री ४०”
    पूर्व
  • सिमाना:- पूर्व-ताप्लेजुङ र तेह्रथुम,पश्चिम-सोलुखुम्बू र भोजपुर,उत्तर चीनको
    तिब्बत, दक्षिण-धनकुटा र तेह्रथुम
  • क्षेत्रफल ३४६८.१७ वर्ग किलोमिटर
  • औसत
    लम्बाइ:- …. उत्तर– दक्षिण
  • औसत चौडाइ:- ….. पूर्व– पश्चिम
  • भौगोलिक
    अवस्था: हिमाली क्षेत्र
  • सबभन्दा अग्लो स्थान:- ८,४६३ मिटर (मकालु हिमाल, विश्वको पाँचौं
    सर्बोच्च शिखर)
  • सबभन्दा होचो स्थान:- ४५७ मिटर (अरुण उपत्यका, संसारको सबैभन्दा होचो
    उपत्यका)
  • सदरमुकाम:- खाँदबारी

भौगोलिक विविधताले गर्दा यहाँको हावापानी र प्राकृतिक वनस्पतिमा पनि विविधता पाइन्छ। यहाँ
हिमाली हावापानीदेखि लिएर उष्ण मनसुनी हावापानीसम्म पाइन्छ। जैविक विविधता र प्राकृतिक संरक्षणको लागि
मकालु वरुण राष्ट्रिय निकुन्ज र नेपालको राष्ट्रिय फुल लाली गुराँस संरक्षणको लागि तिनजुरे, मिल्के
जलजले लालिगुराँस संरक्षण क्षेत्र पनि यहि जिल्लामा पर्दछन्। यस जिल्लाको कुल जमीनमध्ये ८।२७५ कृषियोग्य
जमीन, ४०.३१% वन क्षेत्र, ११.३७% चरन तथा झाडी क्षेत्र, २७.३९% हिम तथा जल क्षेत्र र १२.६६% भू-भाग
ढुङ्गा, भीरपाखा आदि रहेको छ।

यस जिल्लाको उत्तरी क्षेत्रमा
मध्य भाग र दक्षिणी क्षेत्रमा पश्चिम सिमाना हुंदै सप्तकोशी नदीको सहायक नदी अरुण वगेको छ भने बरुण
हिमनदी संखुवाखोला, सभाखोला, पिलुवाखोला, हेंवा, इप्सुवा, आप्सुवा, इखुवा, कासुवा, सिसुवाखोला लगायतका
प्रमुख खोलाहरू यस जिल्लामा बग्दछन्। सभा खोलाको उत्पत्ती स्थल सभापोखरी र जिल्लाको दक्षिण पूर्वी भागमा
रहेको गुफा पोखरी यस जिल्लाका धार्मिक तथा पर्यटकीय महत्वका पोखरीहरू हुन भने सिद्धपोखरी,पोप्तीपोखरी
लालपोखरी मत्स्यपोखरी, बन्दुकपोखरी, लक्ष्मीपोखरी, किपुपोखरी, फेलुङगापोखरी, मुलुङ्गपोखरी, छावापोखरी
आदि यहाँका प्रमुख पोखरीहरू हुन।

यहाँ धार्मिक तथा पर्यटकीय
महत्वका रमणीय स्थलहरू मनकामना मन्दिर, बानेश्वर महादेव, सिद्धकाली मन्दिर, बालेश्वर शिवलिङ्ग,
सभापोखरी, खेम्पालुङ शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा, मकालु
प्रथम (८,४६३ मिटर), मकालु दोस्रो (७,६७८ मिटर), वरुनत्से (७,१२९ मिटर), चाम्लाङ्ग (७,३१९ मिटर),
हिमचुली (६,४२४ मिटर), कुम्भकर्ण (७,१२९ मिटर), मकालु-बरूण राष्ट्रिय निकुञ्ज, लालीगुराँस संरक्षण
क्षेत्र, अरुण उपत्यका, मिल्के डाडाँ आदि छन्। यहाँको चैनपुरे करुवाले स्वदेशमा मात्र नभई विदेशमा समेत
प्रसिद्धि कमाएकोछ।

प्रमुख
नदी, ताल, तलैया

अरुणनदी, बरुण हिमनदी संखुवाखोला,
सभाखोला, पिलुवाखोला, हेंवा, इप्सुवा, आप्सुवा, इखुवा,कासुवा, सिसुवाखोला, सभापोखरी, गुफापोखरी,
सिद्धपोखरी, पोप्तीपोखरी लालपोखरी मत्स्यपोखरी, बन्दुकपोखरी, लक्ष्मीपोखरी, किपुपोखरी, फेलुङगापोखरी,
मुलुङ्गपोखरी, छावापोखरी आदि।

प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र 

मनकामना, बानेश्वर महादेव, सिद्धकाली मन्दिर, बालेश्वर शिवलिङ्ग, सभापोखरी, खेम्पालुङ,
शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा मकालु प्रथम (८४६३ मी.), मकालु
दोस्रो (७६७८ मी.), वरुनत्से (७१२९ मी.), चाम्लाङ्ग (७३१९ मी.), हिमचुली (६४२४ मी.), कुम्भकर्ण (७१२९
मी.), मकालु बरुण राष्ट्रिय निकुञ्ज, लालीगुराँस संरक्षण क्षेत्र, अरुण उपत्यका,मिल्के डाडाँ
आदि।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा