फागुन १६, काठमाडौं । आज सुनको भाउ प्रतितोला ४ सयले घटेको छ |
मंगलबार छापावाला सुन ५७ हजार ८ सयको दरले कारोबार भएकोमा आज घटेर प्रति तोला ५७ हजार ४ सयमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार प्रतितोला ५७ हजार ५ सयमा बिक्रि भएको तेजावी सुन पनि घटेर ५७ हजार १ सयमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्यमा पनि हिजोको भन्दा आज प्रति तोला १० रुपैयाँ कम रहेको छ ।