२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

सुआहाराको चारबर्षे कार्यक्रम सकियो, तथ्यांक संकलन भएनन्

२ चैत्र २०७२, मंगलवार २३:०१

चैत ३,संखुवासभा । सुआहारा नामक गैर–सरकारी संस्थाले संखुवासभामा पोषणको कार्यक्रम गर्न भनेर साढे ६
करोड रुपैया खर्चिएको छ । तर, कार्यक्रम सम्पन्न भइसक्दा पनि लक्षित बर्गको भने तथ्यांक नै संकलन गर्न
सकेको छैन ।

सन २०१२ देखि २०१६ सम्म उसले यो जिल्लामा ६ करोड ५९
लाख ९६ हजार ३ सय ५४ रुपैया“ खर्चिएको जनाएको छ । सदरमुकाम खा“दबारीमा सुआहाराले मंगलबार गरेको पोषणको
अनुभव आदान प्रदान कार्यक्रममा संयोजक सुरजकुमार शर्माले जिल्ला स्तरिय अनुगमनका सर्वेक्षणका नजिता
प्रस्तुत गरे । उनले प्रस्तुत गरेको सर्वेक्षणमा चार बर्ष अघि कुपोषण भएका बालबालिका संस्या र कार्यक्रम
सम्पन्न हु“दा कति घटे भन्ने उल्लेख गरिएको छैन ।

४ बर्षमा पनि
कुपोषित बालबालिकाको तथ्यांक संकलन गर्न नसक्नु लाजमर्दो भएको सहभागिहरुले प्रतिक्रिया दिए ।
कार्यक्रममा लक्षित बर्ग भन्दा पनि सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल र केही नागरिकसमाजका
अगुवाहरुलाई सहभागि गराइएको थियो । बहुक्षेत्रीय पोषण योजना, एकिकृत पोषण कार्यक्रमका प्रगतिका बिषयमा
तथ्यांक प्रस्तुत गरिएको थियो । पोषणको क्षेत्रमा ४ बर्ष अघि सदरमुकाममा कार्यालय खोलेर बसेको
सुआहारासंग कुपोषित बालबालिका संखुवासभामा कति छन् भन्ने जानकारी नहु“नु गैरजिम्मेवारी भएको सहभागि
कांग्रेस सचिव डम्बर बस्नेतले बताए ।

यो कार्यक्रम अन्तगत
सुआहाराले संखुवासभामा बार्षिक २ करोडबढी रकम खर्चिदै आएको थियो । सुआहाराले पोषणको क्षेत्रमा काम गर्ने
भनेर रकममात्रै खर्च गरेको बाल संजालका अध्यक्ष खेवाहाङ राईले बताए । बालबालिकामा भएको कुपोषण हटाउने र
हजार दिनका आमाहरुलाई पोषणका बिषयमा जानकारी गराउने उदेश्यका साथ यो संस्था खुल्यो भन्दा हामी खुसी
थियौ, उनले भने, कार्यक्रम सम्पन्न हु“दासम्म तथ्यांक संकलन भएन छ ।

महिला स्वयमसेबीका जिल्ला अध्यक्ष सीता दाहाल भन्छिन्, गाउ“गाउ“मा भएका हाम्रो स्वयमसेबीकासंग
समेत सहकार्य नगरी आफू खुसी काम गरियो । यस अघि पनि सुआहाराको बिषयमा टिकाटिप्पणी हुनथालेपछि जिल्लाका
क्रियासिल संचारकर्मीहरुले तथ्यांक सार्वजनिक गर्न माग गर्दे आएका थिए । समस्या पर्ने र अप्ठेरो कामका
लागि महिला स्वयमसेवीकाहरुलाई प्रयोग गर्ने गरेको अध्यक्ष दाहालले गुनासो गरिन् ।

४ बर्षसम्म जिल्लाका २५ गाविस र खा“दबारी, चैनपुर र मादी नगरपालिकामा काम
गरेपनि अहिले कुपोषित बालबालिका कति यकिन गर्न नसक्नु खासै उपलव्धी पूर्ण भएन । संयोजक शर्माले प्रस्तुत
गरेको प्रगति विवरणमा पनि कागजी रिपोर्टमा सरकारी तथ्यांक मात्रै देखाइएको थियो । तालिम गोष्ठी
गरेरमात्रै सुआहाराले रकम सकेको पायौ, लिम्बुवान पाटी नेपालका सचिव राजकुमार थक्लुङले भने, यसको उपलव्धी
पाएनौ । जनचेतना फैलाउन नसक्दा सुआहाराले हजार दिनका आमाहरुलाई बितरण गरेको कुखुरा समेत मरिसकेको
स्थानीयले बताए । उसले यो जिल्लामा ३६ हजार कुखुरा वितरण गरेको थियो । कागजी रुपमा भने जिल्ला, क्षेत्र
र केन्द्रसम्म यो कार्यक्रम सफल भएको रिपोर्ट तयार गरिएको छ ।

मंगलबार आयोजित कार्यक्रममा पनि उसले तथ्यांकको सट्टा बार्षिक बजेट र तालिम गोष्ठीकोमात्रै
कार्यक्रम प्रस्तुत गरिएको छ । करिब ३ सय ५० आमा समुह गठन गरेर सुआहाराले बीउबीजन बितरण, हातधुने
कार्यक्रमको छलफल, पोषणका बिषयमा जनचेतना दि“दै आएको थियो । ठोस नीति नभएकाले कार्यक्रमले सफलता नपाएको
स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुबेदीले बताए ।

४ बर्षे
कार्यक्रम सम्पन्न भइसदा पनि कुपोषितको तथ्यांक सार्वजनिक नहु“नुमा कमजोरी देखिएको बताए । प्रमुख जिल्ला
अधिकारी गंगाबहादुर क्षेत्रीले समन्वय अभाबका कारण समस्या आएको बताए । गैरसरकारी संस्था र सरकारी
कार्यालयले एकै स्थानमा एकै प्रकारका काम गर्ने भएकाले अन्यौल हुने गरेको उनले बताए ।

तालिम गोष्ठीमा रकम सक्नु भन्दा पनि लक्षित समुदायसम्म कार्यक्रम पुग्नु पर्छ,
उनले भने, प्रोजेक्ट सम्पन्न हु“दा पनि तथ्यांक नहु“नु लापरबाही नै देखियो । सुआहारा कार्यक्रम यसै चैत
महिनामा सकिदै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ