Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

ताप्लेजुङमा हिउँ पर्ने क्रम वर्सेनि घट्दै

२०७४, ३० फाल्गुन बुधबार ०८:५७

फागुन ३०, ताप्लेजुङ | जलवायु परिवर्तनसँगै तापक्रम वृद्धि भएपछि केही वर्षअघिसम्म चाँदीझैँ टल्किने ताप्लेजुङका हिमाल अहिले काला पहाडमा परिणत हँुदै गएका छन् । 

वर्षभरि नै हिउँले ढाकिएर टल्किँदै आएका हिमालमा समेत हिउँ घट्न थालेको छ । ‘दुई दशक अघिसम्म ताप्लेजुङ सदरमुकामसम्म नै हिउँपर्ने गथ्र्यो, नजिकैको सुकेटार र प्रशिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्र पूरै हिउँले ढाकिएको हुन्थ्यो, जिल्लाका उच्च हिमाली क्षेत्र हिउँदका तीन महिनासम्म सेताम्मे देखिन्थे’ ताप्लेजुङ सदरमुकाम फुङ्लिङका डिल्लीरमण बरालले आफ्नो अनुभव सुनाउनुभयो । 

उहाँ भन्नुहुन्छ,“वर्सेनि हिउँ पर्ने क्रम घट्दै गएर हिउँपर्ने मध्य मौसम पुस माघमा पनि हिमाली क्षेत्र ढाकिने गरी हिउँ नपरेपछि पहिलेका अनुभव सुनाउदा कथा जस्तो हुन्छ ।” अर्का सदरमुकामवासी यिगेन्द्र गुरुङले समेत पहिलाको तुलनामा हिउँ पर्ने क्रम वर्सेनि घट्दै गएको बताउनुभयो । 

दुई दशकअघिसम्म ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा हिउँदका तीन महिना सधैंँजसो हिमपात हुन्थ्यो । सुकेटार विमानस्थलमा हवाई सेवा नै लामो समयसम्म अवरुद्ध हुन्थ्यो । तीन हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभरा क्षेत्रमा त असोजदेखि फागुन अन्तिमसम्म नै हिउँले ढाक्थ्यो । तर अहिले परिस्थिति फेरिएको छ । ताप्लेजुङबासी मज्जाले हिउँमा खेल्न पनि पाउन छाडेका छन् । वर्षेनी हिमपात हुने क्रम घटेसँगै ताप्लेजुङका हिमाल काला पहाडमा परिणत हुन थालेका हुन् । 

विश्वकै तेस्रो अग्लो कञ्चनजंघासहित कुम्भकर्णलगायतका हिमालमा पनि बाक्लो हिउँ पर्न छाडेको छ । हिउँ नै पर्न छाडेपछि हिमाली क्षेत्रको सुन्दरता मात्रै घटेको छैन, हिमाली क्षेत्र उराठ लाग्दो पनि बन्दै गएको स्थानीयवासी बताउँछन् । हिमाल हेर्न र हिउँ खेल्न ताप्लेजुङमा पुग्ने गरेका पनि आजभोलि निराश भएर फर्किने गरेका छन् । 

स्थानीय सञ्चारकर्मी सीताराम गुरागार्इंले भन्नुभयो’ “केही वर्ष अघिसम्म पुस माघमा पाथीभरा दर्शनमा जाँदा हिउँ खेलेर फर्किने गरिन्थ्यो, तर अहिले हिउँ खेल्ने गरी हिउँ देख्न पाइएन ।” 

वातावरण सम्बन्धी जानकारका अनुसार हिउँ नपर्दा हिमाली क्षेत्रको सुन्दरता त मेटिएको छ नै यसले वातावरणमा पार्ने प्रभाव पनि निकै खतरनाक रहेको छ । हिउँ नपर्दा हिमाली क्षेत्रका वन्यजन्तु र वनस्पतिलाई प्रत्यक्ष असरपर्छ । हिउँ नपर्दा हिउँको चिस्यानले हुर्कने बोट बिरुवा मासिँदै जान्छन् भने हिउँमा नै बस्ने वन्यजन्तु पनि विस्थापित हुन्छन् । कतिपय वनस्पति लोप हुने अवस्थामा पुगेको उनीहरुको दाबी छ । 

यता हिउँसँग आश्रित किसानको जीविकोपार्जनमा समेत समस्या आउन थालेको छ । फक्ताङलुङ गाउँपालिका–१ ओलाङचुङगोलाका छेतेन शेर्पाले भन्नुभयो’–“हिउँ नपर्दा चिस्यान छैन, चिस्यान नहुँदा हिमाली क्षेत्रमा लगाइने आलु, गहुँ, जौ जस्ता बालीनाली समेत फस्टाउन सकेको छैन, यसले गर्दा हिमाली क्षेत्रका किसान मारमा परेका छन् ।” 

विश्वको तापमान वृद्धिका कारण हिउँ नपर्ने, खडेरीपर्ने, समयमा वर्षा नहुने जस्ता समस्या देखिने गरेको वातावरणविद्हरुको भनाई छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ