2026-09-21 07:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठगीका उजुरी परेका म्यानपावर सशंकित, श्रममन्त्रीले कारवाही भईसकेको फाइल समेत मागे

मनोज/अनिल | चैत ५, काठमाडौँ | नयाँ सरकारमा नयाँ मन्त्रीहरुको सुरुवातबाटै कडा निर्देशन सहित कामहरु सुरु हुन थालेका छन् । बिहिबार मात्र श्रम मन्त्री बनेका श्रममन्त्री गोकर्ण विष्टले ठगि गर्ने म्यानपावरहरुको सुची मागेको कुरा बैदेशिक रोजगार बिभाग स्रोतले जनाएको छ । 

बिभागका एक कर्मचारीका अनुसार मन्त्रालयले यस अघि बैदेशिक रोजगार बिभागले गरिसकेको भनेको कारवाहीको समेत पुनरावलोकन हुने भएको हो । जसको कारण बिभाग भित्रै श्रममन्त्रीले धमाका मच्चाउने उनको दावी छ । उनको अनुसार मन्त्रालयले यस अघि ठगीको मुद्दा परेका भनिएका म्यानपावरलाई के-कस्तो कारवाही गरिएको छ, त्यस्ता म्यानपावरविरुद्ध के कस्तो कारवाही भएको छ, सोको बारेमा समेत श्रममन्त्रीले चासो देखाएका छन् । ति कर्मचारीले भने ‘एकै म्यानपावरले किन पटक-पटक ठग्छन् ? उजुरी परेका म्यानपावरलाई बिभागले के-कस्तो कारवाही गर्छ ? मन्त्रीज्युले यस बिषयमा बुझ्न चाहनु भएको छ’ उनले भने ।

मन्त्रालयले बारम्बर ठगी गर्ने म्यानपावर कम्पनीको सुची मागेको उनले बताए । श्रममन्त्री गोकर्ण विष्टले पटक-पटक म्यानवापरले पुनः ठगी गरेको र त्यस्तो हुन नदिन र आवश्यक परे कारबाही समेत गर्नको लागि ठगिको उजुरी परेका म्यानपावरको सुची पेस गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका हुन् । 

मन्त्रालयले ठगीको उजुरी परेका म्यानपावर र त्यस्तालाई यसअघि कस्तो कारवाही गरिएको छ हेरेपछि थप निर्णय लिने बताइएको छ । 

२०१७ मा दुई सय ४७ म्यानपावर बिरुद्ध ठगीको उजुरी

सन् २०१७ मा बैदेशिक रोजगार विभागमा २ सय ४७ म्यानपावर विरुद्ध ४ सय ६५ वटा उजुरी परेका छन् । बैदेशिक रोजगार विभागको गत वर्षको तथ्यांक अनुसार बैदेशिक रोजगारीको क्रममा २ सय ४७ म्यानपावरले ठगि गरेको भन्दै उजुरी परेको हो ।

विभागको रेकर्ड अनुसार एकै म्यानपावर विरुद्द १० वटा सम्म उजुरी परेका छन् । म्यानपावर कम्पनीले चर्को शुल्क लिएको,पासपोर्ट संगै पैसा लिएर महिनौ दिन सम्म विदेश नपठाएको जस्ता उजुरी विभागमा पर्ने गरेका छन् । विभागमा परेका उजुरी मध्ये सबैभन्दा धेरै १० वटा उजुरी  डुल्स्को ह्युमन रिसोर्स र डाइनामिक ग्लोबल एच आरसंग सम्बन्धित रहेका छन् । जसमा १०/१० उजुरी २०१७ मा मात्र परेका छन् । जसले पटक-पटक ठगि गरेको बिभागको रेकर्डमा देख्न सकिन्छ । यस्तै अन्य म्यानपावरहरुको नाम पनि पटक-पटक ठगीको उजुरीमा जोडिएका छन् । 

त्यस्तै अल दहबिया ओभेरसीजले ठगि गरेको भन्दै ८ उजुरी परेका छन् । क्यापिटल रिक्रुटमेन्ट सर्भिस,राप्ती प्लेसमेन्ट सर्भिस,र सम्पदा ओभरसीजले ठगेको भन्दै ७/७ वटा उजुरी परेका छन् । ठगीका उजुरी मध्ये चौंथो नम्बरमा ग्रेस ओभरसीज,सुनगाभा ओभरसिज,द रिभर ओभरसिज र पाथ इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिस परेका  यी चार म्यानपावर बिरुद्द ६/६ वटा उजुरी परेका छन् ।

यसघि पनि कामदारवाट चर्को शुल्क अशुल गर्ने सुचिमा रहेको ग्रीन स्टार ओभरसिज पाचौं नम्बरमा परेको छ । ग्रीन स्टारले ठगेको भन्दै ५ उजुरीहरु दर्ता भएका छन् । बैदेशिक रोजगारीमा सबै भन्दा धेरै कामदार लैजादै आएको एस ओ एस म्यानपावर,प्रीसाइज इन्टरनेसनल, हिमालयन म्यानपावर सर्भिससंग ५/५ उजुरी परेका छन् । 

रोयल इन्टरनेशनल ओभरसीज,याज गल्प ग्रुप प्रा लि,भेरी एण्ड कर्णाली इन्टरनेशनल, थ्री ब्रोदर ह्युमन रिसोर्सले ठगेका ४/४ उजुरी विभागमा परेका छन् । त्यस्तै गरि चाँदनी म्यानेजमेन्ट सर्भिस,न्यु ब्लु स्टार ओभरसिज,कोमल इन्टरनेशनल ओभरसिज,लक्की एच आर सोलुशन शिल्भर स्टार ओभरसिज र एशिया प्यासिफिक रिक्रुटमेन्ट सर्भिससंग सम्बन्धित ४/४ वटा उजुरी परेका छन् ।

ठगीका ३/३ वटा उजुरी परेका म्यानपावरको संख्या २७ रहेको छ भने ५२ वटा म्यानपावरले ठगेको भन्दै २/२ वटा उजुरी विभागमा दर्ता भएका छन् ।

१ सय ९५ म्यानपावरसंग सम्बन्धित १ /१ उजुरी विभागमा दर्ता भएका छन् । 

पछिल्लो एकै बर्षमा पटक-पटक ठगीको उजुरी परेका म्यानपावरहरु 

बिभागले १/२ उजुरी परेका म्यानपावर बिरुद्ध सामान्य कारवाही गर्न सक्ने भएपनि एकै बर्षमा १० पटकसम्म ठगीको उजुरी परेका म्यानपावरहरुलाई किन कठोर कदम लिन सक्दैन ? यस बिषयमा बिभागले अब श्रम मन्त्री गोकर्ण विष्टलाई गतिलो स्पष्टिकरण दिनुपर्ने हुनसक्छ ।

यो पनि पढ्नुहोस्

>> २०१७ मा दुई सय ४७ म्यानपावर बिरुद्ध ठगीको उजुरी, टप-१० मा को-को परे (लिस्ट सहित हेर्नुहोस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो