उहाँमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसला सुना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

उहाँमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसला सुना"/>

२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई २४ वर्षको जेल सजाय

२०७४, २३ चैत्र शुक्रबार ०८:५३

चैत २३, सोल | दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउनलाई शुक्रबार २४ वर्षको जेल सजाय भएको छ । 


उहाँमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसला सुनाउँदै २४ बर्ष जेल र र १ करोड ७० लाख अमेरिकी डरल बराबरको जरीवानाको सजाय सुनाइएको छ । 

दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतका अनुसार उहाँलाई २४ वर्षको लामो जेल सजाय दिइएको छ । पूर्वराष्ट्रपति हाई थुनामै रहनु भएको थियो । 

सन् २०१७ को मार्च महिनामा भ्रष्टाचारको आरोपमा उहाँलाई नियन्त्रणमा लिइएको थियो । त्यसयतादेखि नै उहाँ अनुसन्धानका लागि थुनामै रहदै आउनुभएको थियो । 

उहाँलाई हिरासतमा राखेर अनुसन्धान जारी राखेको थियो । यद्यपी उहाँले गरेको भ्रष्टाचारको प्रकृतिअनुसार उहाँलाई कम्तीमा पनि ३० वर्षको जेल सजायको माग यसअघि नै सरकारी वकिलहरूले गरेका थिए । 

पार्क ६६ वर्षकी हुनुहुन्छ । उहाँ दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुनुहुन्थ्यो । उहाँमाथि राष्ट्रपति पदमा रहँदा शक्तिको दुरुपयोग गरेको आरोप लागेको हो । 

भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उहाँलाई संसद्मा महाभियोग लगाएर बर्खास्त गरिएको थियो । 

दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति उहाँ यसरी महाअभियोग लगाएर निकालिएको पनि यस देशको पहिलो राष्ट्रपति नै हुनुहुन्छ । (रासस÷एएफपी)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ