२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुमको जिल्ला अस्पतालमै औषधि अभाव

२७ चैत्र २०७४, मंगलवार ०९:१३

लोकेन्द्र खनाल/चैत २७ रुकुम | जिल्लाका स्वास्थ्य संस्थामा निःशुल्क रुपमा पाइने औषधि अभाव भएको छ । 

क्षेत्रीय कार्यालयले जिल्लामा औषधि नपठाउँदा र स्थानीय तहले खरिद नगर्दा यहाँका स्वास्थ्य संस्थामा औषधि कम हुँदै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा ७० प्रकारका औषधि निःशुल्क पाइने भए पनि हाल कुनै प्रकारका औषधि नपाइएको गुनासो बिरामीले गरेका छन् । 

अस्पतालमा औषधि सकिएपछि बिरामी निजी स्वास्थ्य संस्थाबाट चर्काे मूल्यमा औषधि किन्न बाध्य छन् । उपचारका लागि गाउँबाट जिल्ला अस्पताल आए पनि नपाएपछि रु दुई हजारभन्दा बढी हालेर निजी मेडिकल सपबाट औषधि किन्न बाध्य भएको त्रिवेणी गाउँपालिका– ७ का थलवीर खड्काले बताउनुभयो । “मैले बिरामीलाई चाहिने सबै औषधि मेडिकलबाट किनेँ”, उहाँले भन्नुभयो, “अस्पतालमा जाँच मात्र भयो, औषधि बाहिरबाट ल्याएँ ।” स्वास्थ्य संस्थामा औषधि अभाव भएपछि विपन्न समुदायलाई उपचार लिन समस्या भएको उहाँले बताउनुभयो । 

“अस्पतालमा औषधि छैन”, बाफिकोट गाउँपालिका– ३ की गीता पुरीले भन्नुभयो, “निजी स्वास्थ्य संस्थाबाट औषधि किन्न पैसा छैन ।” जिल्लामा रहेका केही बाँकी औषधि पनि एक हप्तासम्मका लागि मात्र भएको डा सुशील पोखरेलले जानकारी दिनुभयो । “अहिले कसले औषधि खरिद गर्ने भन्ने अन्योल भएको छ” उहाँले भन्नुभयो, “यसले गर्दा बिरामी समस्यामा परेका छन् ।” 

जिल्ला अस्पतालमै औषधि अभाव हुँदा यहाँका गाउँगाउँमा रहेका स्वास्थ्यचौकीमा पनि औषधि अभाव भएको छ । मौज्दा औषधि करीब महिना दिअघि सकिए पनि स्वास्थ्य संस्थामा औषधि पुग्न नसकेको स्वास्थ्यचौकीको भनाइ छ । यहाँ एक जिल्ला अस्पताल, ४१ स्वास्थ्यचौकी र दुई प्राथमिक उपचार केन्द्र छन् । उनीहरुले सामान्य परामर्श र जाँच गरेर निजी स्वास्थ्य संस्थामा पठाउने गरेका छन् । बेला बेला क्षेत्र र केन्द्रमा जानकारी गराइए पनि औषधिको पूर्ति हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

‘स्वास्थ्य सेवा सबैलाई, जहिले पनि, जहाँ पनि’ भन्ने नारा भए पनि नारामै सीमित भएको मुसिकोट–२ का हरिबहादुर खड्काले बताउनुभयो । बिरामीले जहिले र जहाँमा उपचार नपाएको उहाँको गुनासो छ । हाल जिल्ला अस्पताल सल्लेमा दैनिक एक सयभन्दा बढी बिरामी आउने गरेको बताइएको छ । 

“अब बिरामी आउने समय हो”, डा पोखरेलले भन्नुभयो, “औषधि चैत महिनासम्म पनि मुश्किल छ ।” यस्तो अवस्थामा औषधि पु¥याउन निकै समस्या भएको उहाँले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान