८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपीएलमा सन्दिप लामिछानेको टिमलाई पहिलो सफलता, रोयले रुसेलको रेकर्ड तोडे

१ बैशाख २०७५, शनिबार १४:५२

बैशाख १, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत आज भएको खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली डेयरडेभिल्सले पहिलो जित हात पारेको छ । दिल्लीको खेल नेपाली क्रिकेट समर्थकहरुको लागि चासोको  बिषय छ, किनकी उक्त टिममा नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछाने पनि अनुबन्धित छन् ।


दिल्लीसँग अनुबन्धित भएका नेपाली सन्दिपले अहिलेसम्म्को तीन खेलमै टिम ११ मा परेका छैनन् । तर उनको लागि दिल्लीसँगको अनुबन्ध अनुभवको लागि भए पनि निकै ठूलो मानिएको छ । यस अघि २ खेलमा हार ब्याहोरेको दिल्लीले समान २ हार ब्याहोरेको मुम्बईलाई जितेको हो ।

मुम्बईले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले अन्तिम ओभरको अन्तिम बलमा मात्र उक्त लक्ष्य प्राप्त गर्न सफल बन्यो । मुम्बईले मुस्तिफिजुर रहमानलाई बल दिदा अन्तिम ओभरको पहिलो बलमा जेसन रोयले चैका हाने भने दोस्रो बलमा छक्का हान्दै स्कोर बराबरी गरे तर त्यसपछि लगातार तीन डट बल हान्दा दिल्लीको पसिना छुटेको थियो । जसलाई अन्तिम बलमा रोयले रन निकाल्ने गरि प्रहार गरे र दिल्लीलाई जिताए । ५३ बलको सामना गरेका रोयले अविजित ९१ रन बनाए । रिशब पन्तले ४७ रनको योगदान दिए । ९१ रन हानेका रोय आइपिएलमा हाइ स्कोर रन जोड्नेमा सबैभन्दा शिर्ष स्थानमा रहेका छन् । यस अघि कोलकाता नाइट राइडर्सका आन्द्रे रुसेलले सर्वाधिक ८८ रनको रेकर्ड थियो । आइपीएलको आज सहितको ९ खेलमा कसैले पनि सर्वाधिक ९१ रन कटाउन सकेका छैनन् । 

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले उत्कृष्ट सुरुवात गर्दै सूर्यकुमार यादव र एभिन लुइसले पहिलो विकेटका लागि १०२ रनको साझेदारी गरेका थिए । यादवले ५३ र लुइसले ४८ रन बनाएर आउट भए । त्यस्तै इशान किसनले आक्रामक पारी खेल्दै मुम्बईलाई सम्मानजनक स्कोरमा पुर्याए, उनले २३ बलमा ४४ रन बनाएका थिए । यसरी मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १९४ रन बनाएको थियो । खेलमा तीन पटक लगातार हार व्यहोर्दै मुम्बई इन्डीएन्स सबैभन्दा तल्लो स्थानमा झरेको छ  । आजको खेल अघि अन्तिममा रहेको दिल्ली भने २ स्थान उक्लिँदै छैटौं स्थानमा पुगेको छ । 

जित पछी दिल्लीका ब्याट्सम्यानहरुको खुसोयाली | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता