२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिन्धुपाल्चोकमा आवास पुनःनिर्माण तीव्र

११ बैशाख २०७५, मंगलवार ०९:१८

आदित्य दाहाल/वैशाख ११ मेलम्ची | गोरखा भूकम्प गएको तीन वर्षमा सिन्धुपाल्चोक जिल्लाले आवास पुनःनिर्माणमा गति लिएको छ । 

जिल्लामा ८३ हजार ६६३ भूकम्पपीडित लाभग्राहीमध्ये ७८ हजार ५३५ले आवास निर्माणका लागि अनुदान सम्झौता गरेका थिए । सम्झौता गरेका मध्येबाट ६२ हजार १५१ ले आवास निर्माणको पहिलो चरणमा डिपीसी गरिसकेका छन् भने १४ हजार ७७३ ले निर्माण सकिसकेको शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुपाल्चोकका निमित्त प्रमुख टंकप्रसाद गौतमले जानकारी दिनुभयो । 

जिल्लाबाट पहिलो किस्ताका लागि ७८ हजार ५३५, दोस्रो किस्ताका लागि ६२ हजार १५१ र तेस्रो किस्ताका लागि १४ हजार ७७३ लाभग्राहीको सिफारिस भइसकेको छ । सिन्धुपाल्चोकबाट हालसम्म भूकम्पपीडित लाभग्राहीमध्ये ७५ हजार ८३९ ले पहिलो किस्ताको रु ५० हजार लिइसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुपाल्चोकका प्रमुख लक्ष्मीप्रसाद निरौलाले बताउनुभयो । 

निरौलाका अनुसार घरको डिपिसी गरेपछि आउने दोस्रो किस्ताअनुरुपको एक लाख ५० हजार रुपियाँ ५१ हजार ६८७ जनाले पाइसकेको जानकारी दिनुभयो । निर्माण सम्पन्न गरेपछि दिइने तेस्रो किस्ता सात हजार २४७ ले पाइसकेको बताइएको छ । 

मंगलबारसम्म पहिलो, दोस्रो र तेस्रो किस्ता गरी कूल रु १२ अर्ब २७ करोड सम्बन्धित लाभग्राहीलाई वितरण गरिएको कोलेनिका सिन्धुपाल्चोकले जनाएको छ । गाउँपालिका र नगरपालिका गरी जिल्लाका १२ स्थानीय तहमा अहिले आवास पुनःनिर्माणले गति लिएको छ । भूकम्पको तीन वर्ष पुग्न लाग्दा गएको वर्षको तुलनामा भन्दा पछिल्लो समयमा पुनःनिर्माणले तीव्रता पाएको छ । 

पहिलो किस्तावापतको रकम लिएर आवास निर्माण नगर्नेले पनि दोस्रो किस्ताका लागि निश्चित समयभित्र डिपिसी गरिसक्नुपर्ने भनी सरकारले तोकेको समयसीमाले पनि पुनःनिर्माण अगाडि बढेको हो । 

मेलम्ची नगरपालिका– १० का लीलानाथ दाहालले सरकारको समयसीमाकै कारण आफूले पुनःनिर्माणलाई तीव्रता दिएको बताउनुभयो । लामो समय टहरा र त्रिपालमै जीवन चलाएका जिल्लाका भूकम्पपीडितले अब सरकारी अनुदानको सहयोगमा बनेको भूकम्पप्रतिरोधात्मक घरमा बस्न पाउने भएका छन् । 

भूकम्पपीडित लाभग्राहीमध्ये अहिले प्रायः सबैले आवास पुनःनिर्माणलाई गति दिएका छन् । लामो समय चिसो र बर्खामा कष्टकर जीवन बिताएको बताउँदै शिखरपुरका हेमराज खतिवडा घर निर्माणसँगै यस वर्षदेखि पहिलेजस्तो कष्टकर जीवन बिताउन नपर्नेमा खुशी हुनुहुन्छ । 

जिल्लामा अहिले अधिकांश आवास निर्माणमा जुटेका छन् । जिल्लाभरी घर निर्माणको पहिलो चरण डिपिसी गर्नेदेखि लिएर निर्माण सम्पन्नता प्रमाणपत्र लिनेको होड नै चलेको छ । “कष्टकर तीन बर्खा, चिसो र गर्मी त्रिपाल र टहरामा बितायौंँ अब त्यो अवस्थाबाट छुट्कारा पाएका छौँ”,भोटेचौरका दिनेश चौलागाईं भन्नुहुन्छ, “गाउँदेखि पूरा जिल्लावासी नै अहिले पुनःनिर्माणमा जुटेका छन् जसले यो बर्खादेखि पानी ओत लाउने भूकम्पप्रतिरोधात्मक घरमा ढुक्कसँग बस्न पाउनेछन् ।” रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य