२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अरुण तेस्रो आयोजना प्रदेश नं १ को समृद्धिको आधार

२०७५, २९ बैशाख शनिबार १३:५६

वैशाख २९, संखुवासभा | विद्युत् उत्पादनको एक तिहाइ क्षमता रहेको प्रदेश नं १ को समृद्धिको आधार विद्युत् नै हो, जसअन्तर्गत ९०० मेगावाट क्षमता रहेको अरुण तेस्रो विद्युत् उत्पादनका लागि एक मुख्य आयोजना हो । 

अरुण तेस्रो सञ्चालनमा आए प्रदेश नं १ को समृद्धि हुने देखिन्छ भने देशले समेत विद्युतीय क्षमतामा फड्को मार्ने धेरैले आँकलन गर्ने गरेका छन् । हालसम्म भएको विद्युत उत्पादनबाट अपुग भई अहिले भोग्नु परेको विद्युत्भार कटौतीको समस्या अरुण तेस्रोले समाधान गर्ने सम्भावना देखिएको छ । 

यसअघि नै प्रभावित क्षेत्रका सर्वसाधारणले आयोजनाले उपभोग गर्ने जमिनको मुआब्जा उपलब्ध गराएसँगै उनीहरुको जीवनशैली फेरिएको छ । मुआब्जा पाएकाहरुले स्वरोजगारका लागि व्यावसायिक कार्यको थालनी गरेका छन् भने उनीहरु आर्थिकरुपमा समृद्ध भएको पाइन्छ । 

आयोजनाको सम्झौताअनुसार २५ वर्षे आयोजना सञ्चालन करार अवधिमा नेपालले २१ दशमलव ९ प्रतिशत बिजुली निःशुल्क पाउनेछ । उक्त अवधिमा नेपालले पाउने निःशुल्क ऊर्जाको मूल्य करीब रु १५५ अर्ब हुने अनुमान छ । 

पच्चीस वर्षमा नेपालले रु १०७ अर्ब राजश्व पाउनेछ भने कम्पनीले व्यावसायिक उत्पादन शुरु भएपछि १० वर्षसम्म शतप्रतिशत नै आयकर छुट पाउनेछ । त्यसपछिको थप पाँच वर्ष नेपाल सरकारले ५० प्रतिशत आयकर छुट दिनुपर्नेछ । यसले गर्दा आर्थिकरुपमा मुलुकलाई आयोजनाको प्रत्यक्ष सहयोग देखिन्छ भने प्रभावित क्षेत्रमा निगमले उपलब्ध गराउने निःशुल्क विद्युत्बाट राम्रो लाभ लिन सकिनेछ । 

लामो समयदेखि अल्झिएको राष्ट्रिय गौरवको परियोजना अरुण तेस्रो जलविद्युत् आयोजनाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले भिडियो कन्फरेन्समार्फत काठमाडौँबाटै शुक्रबार शिलान्यास गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल