२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन तस्कर आरोपीको पक्षमा ८० वकिल ! तिनका अगाडी सरकारी वकिल त्यसै गल्छन्

३१ बैशाख २०७५, सोमबार ०३:४३

यो कस्तो न्याय ब्यवस्था जहाँ दोषीलाई सजाय दिने भन्दा पनि कसरी तिनलाई उन्मुक्ति दिन सकिन्छ भन्ने पाटो नै धेरै हेरिन्छ, त्यसैले होला गतबर्ष २०७३ पौषमा नेपालको एक मात्र अन्तर्राष्ट्रिय बिमानस्थलबाट बाहिरिएको ३३ किलो सुन नेपाल प्रहरीको CIB ले नियन्त्रणमा लिँदा रमण कुमार श्रेष्ठ तत्कालीन प्रधानमन्त्री प्रचण्डका कानूनी सल्लाहकार महान्यायाधिवक्ता थिए । 

सरकार वादी उक्त मुद्दामा उनी आफैले अदालतमा उभिएर सरकारका तर्फबाट बहस गरि सार्वजनिक रुपमा प्रहरी र सरकारी वकिलको अहिले सम्मकै उत्कृष्ट संयोजनमा मुद्दा अदालतमा परेकाले अदालतबाट सबै दोषी करार हुन्छन् तर बिडम्बना ती मध्येका अधिकांश पक्राउ आरोपी एक/दुई लाखको सामान्य धरौटीमा छुटे भने फरार अभियुक्त पक्राउ पर्न सकेनन् ।

तर गत २०७४ माघमा फेरि पनि सोही बिमानस्थल हुँदै नेपाल भित्रिएको र पछि गायब भनिएको साढे ३३ किलो सुनकाण्डमा भरिया सनम शाक्यको हत्या भए पछि अहिले चर्चामा आएको सुन तस्करीको घटनामा व्यापारी, प्रहरीका उच्च अधिकारी सहित भरिया समेत गरि ३० जना थुनामा छन् । गृहमन्त्रालयका सहसचिवको संयोजकत्वको टोलीले छानबिन गरि दायर मुद्दामा अहिले तिनै बरिस्ठ अधिबक्ता रमण श्रेष्ठले प्रतिवादी आरोपीका तर्फबाट बहस गर्दैछन् । जहाँ सरकारका तर्फबाट ६ जना कानुन ब्यबसायी छन् भने अर्को तर्फ आरोपिका तर्फबाट सबैभन्दा महंगा सम्भु थापा सहितका ८० वकिल जसले अदालतको बहसमा हल्लाखल्ला गरि भिडियो देखाउन दिएनन् । आखिर यस्तो विरोधाभास र दोहोरो अवस्था किन आउँछ ?

हुनत: कुनै बेला महान्यायाधिवक्ता भएका प्रध्यापक डा. युवराज संग्रौलाले आफू पदमा भएकै समयमा स्वीकार गरेका थिए, सरकार बादी हुने मुद्दामा बहस गर्न २ वकिल हुन्छन् त्यो पनि पुराना कानूनी बहसका किताब सहित अनि प्रतिवादीका तर्फबाट थानका थान किताब सहित सयौंको संख्यामा वकिल हुन्छन् । तिनका अगाडी सरकारी वकिल त्यसै देख्दै गल्छन् र मुद्दामा सरकार कमजोर हुन्छ । त्यतिबेला उनलाई के प्रमाण बोल्दैन र त्यहाँ ? भनी प्रतिप्रश्न गर्दा उनले बडो निरिहका साथ जवाफ दिएका थिए 'हाम्रो न्याय ब्यबस्थाले प्रमाण भन्दा पनि वकिलको तर्क बढी हुन्छ, तर्कमा हामी कमजोर छौं ।'

आज आएर यो सुन तस्करीका मुद्दाका अवस्था हेर्दा संग्रौलाका भनाई झल्याँस्स याद आउँछ, त्यसैले त अर्बौंका आरोपी लाखौंमा सहजै छुट्छन् ।

- सन्तोष खडेरी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह