2026-09-13 10:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मापदण्ड विपरित धमाधम सडक निर्माण

जेठ ५, कालिकोट | जिल्लाका स्थानीय तहले मापदण्डविना सडक निर्माण गर्न थालेका छन् । जिल्लाका ९ वटै स्थानीय तहमा डोजर किन्ने र भाडामा लिएर प्रयोग गर्ने होडबाजी चलेको छ । रास्कोट नगरपालिकाले आफै डोजर खरिद गरेर वडा वडासम्म वातावरणीय प्रभाव मुल्याङ्कन नै नगरी धमाधम सडक खनिरहेको छ । कर्णाली रोजगारको बजेटबाट निर्माण गरिने सडकमा डोजर प्रयोग गर्न नपाइने भए पनि नगरपालिकाकाले डोजर प्रयोग गरी स्थानीयको रोजगारबाट बञ्चित गराएको स्थानीयको आरोप छ ।

यता पचालझरना गाउँपालिकाले पनि भाडामा तीन वटा डोजर ल्याएर जथाभावी रुपमा सडक निर्माणको काम गरिरहेको छ । जिल्लाको कालिका गाउँपालिकामा पनि तीन वटा डोजर भाडामा लिएर तीन ठाउ“बाट सडक खनिरहेको छ । कालिका गाउँपालिकाको पान्तडी, सेरीघाट र हाउडीबाट तीन वटा डोजर प्रयोग गरी सडक निर्माणको माग गरिरहेको छ । गाँउपालिकाले यस बर्ष कृषि, पशु, लगायतका बिषयगत कार्यालयका लागि आएको बजेट पनि सडक निर्माणका नाममा डोजरमा लगानी गरेको पाईएको छ ।

जिल्लाको विटक ठानिएको पलाता गाउ“पालिकाले पनि दुई वटा डोजर लिएर सडक निर्माणको काम गरिरहेको छ । पलाता गाउपालिकाको ओदीबाट पलाता हुँदा बाजुरा जोड्ने सडकमा निकै घरघोर जंगल फडानी गरेको स्थानीय उपभोक्ताले बताएका छन् । जहाँ वातावरणीय प्रभाव मुल्याङ्कन नै नगरी धमाधम जंगलमा डोजर लगाएर जंगल फडानी गरेको छ । जिल्लाका ९ वटै स्थानीय तहहरुले भौगोलिक विकटताका कारण सडक निर्माणलाई सहज बनाउन उपभोक्ता समिति गठन गरेर डोजरमार्फत सडक निर्माण गर्ने प्रवृत्ती बढ्दै गएको छ ।

गाउँ–गाउँमा डोजर मार्फत विकासी काम हुन थालेपछि स्थानीय युवाहरु कामको खोजीमा बिदेशिनु पर्ने बाध्यता भएको छ । पलाता गाउ“पालिकाका अधिकांश वडाहरुमा कतिपय वडा सदस्य जनप्रतिनिधि समेत पैसा कमाउन भारत गएका छन् । अधिकांश स्थानीय तहहरुले यसै आर्थिक बर्षमा ५ करोड भन्दा बढी रकम सडक निर्माणमा बिनियोजन गरेका छन् । सडक निर्माण अन्तर्गत सबैजसो सडक निर्माणमा डोजर प्रयोग गरिएको छ ।

कालिका गाउपालिका अध्यक्ष खडानन्द चौलागाईले आफुहरुले यस बर्ष करिब ५ करोड बजेट सडकमा बिनियोजन गरेको बताए । उनले मान्छेले काम गर्दा धेरै समयय लाग्ने ठुला ठुला चट्टानहरु भएकाले डोजर मार्फत  काम भईरहेको बताए । उनले आफ्नो गाउपालिकाका ९ वटै वडाहरुमा आफ्नो कार्यकालभित्र सडक सञ्जालले जोड्नका लागि आफुहरुले सडकलाई पहिलो प्राथमिकता दिएको बताए ।

स्थानीय तहहरूमा डोजर आतङ्क भएको रास्कोट नगरपालिकाका स्थानीय आनन्द शाहीले बताए । ‘कतिपय स्थानीय तहमा जनप्रतिनिधिले कमिसनकै लोभमा डोजरमार्फत काम गराइरहेका छन’्, शाहीले भने, ‘विकासका नाममा उपभोक्ता समिति र डोजर व्यवसायी मोटाउने काममात्र भएको छ ।’ मापदण्ड बिना सडक निर्माण गरिँदा दिगो विकास नहुने, खेतीयोग्य जमिन मासिँदै जाने, वन तथा प्राकृतिक साधनको विनाश हुने, बाढी र पहिरोको जोखिम बढ्ने लगायतका समस्या देखिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले