२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

हलेसी उत्कृष्ट पर्यटकीय गन्तव्य: सह–महामन्त्री महत

६ जेष्ठ २०७५, आईतवार १७:५५

जेठ ६, खोटाङ (रासस) | नेपाली काँग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले हलेसीलाई एसियाकै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने बताउनुभएको छ । 

हलेसी तुवाचुङ नगरपालिका–७ स्थित किराँत समुदायको ऐतिहासिकस्थल तुवाचुङ जायजुममा सामूहिक चुलो पूजा एवं साकेला नाच कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले हिन्दू, किराँत र बौद्ध धर्मालम्बीको धार्मिकस्थलका रुपमा हलेसीको प्रचारप्रसार गरेर उत्कष्ट गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने औँल्याउनुभयो । 

नेता महतले हलेसीको पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना निर्माण एवं गुरुयोजना कार्यान्वयनमा जोड दिनुभयो । किराँत समुदायको उद्गम थलो मानिने तुवाचुङ जायजुमलाई पनि पर्यटकीय क्षेत्रकारुपमा विकास गर्दै आर्थिक समृद्धि प्राप्त गर्न सकिने उहाँको भनाइ थियो । तुवाचुङ जायजुममा संसारभरका किराँत समुदायलाई ल्याउने वातावरण बनाउन महतले सुझाव दिनुभयो । 

तुवाचुङ जायजुममा ११ समूहले विभिन्न प्रकृतिका साकेला शिली प्रदर्शनी गरेका थिए । उक्त स्थानमा किराँती सभ्यताका आदिम पूर्खाहरु तयामा, खियामा र रैछाकुलेको प्रतीमा प्रतिस्थापन गरिसकिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण