२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आफैले बनाएको गरगहनामा सजिए सल्यानका महिलाहरु

१२ जेष्ठ २०७५, शनिबार १३:२४

शंकर के सी | जेठ १२, सल्यान | सल्यानका महिलाहरु सात दिनमै गहना बनाउन सिकेर आफैले निर्माण गरेको गहनामा सजिएका छन् । तर गत जेठ पाँच गते शनिबार देखि कपुरकोट गाउँपालिकाले आयोजना गरेको क्रिष्टलका गहना बनाउने तालिममा सहभागी भएपछि महिलाहरुले आफै निर्माण गरेको गहनामा सजिएका हुन् ।

महिलाहरुले गरेपछि जे पनि सम्भव हुने रहेछ भन्ने कुरा यस तालिमबाट पुष्टी भएको जनाएका छन् । रिम निवासि इश्वरि हमाललाइ सुरुमा गहना बनाउन सकिन्छ भन्ने त्यति विश्वास थिएन । तर अहिले उनले राम्रा राम्रा र आकर्षक गहना बनाउन सक्ने भएकि छिन् ।

महिलाहरुले कपुरकोटमा आयोजना गरिएको साना व्यवशायी महिलाहरुका लागी क्रिष्टलका गहना बनाउने तालिममा महिलाहरुले चुरा, टप, औँठी, माला, रानी हार लगाएतका गहना बनाउन सिके । महिलाहरुलाइ तालिम प्रदान गर्नका लागी सृजनशिल क्रिष्टल हस्तकला उद्योग नेपालकी निर्देशक तथा सफल महिला उद्यमी कमला सुवेदी सल्यान आएकि थिइन् ।


पछिल्लो समय नेपाल लगाएत विदेशबाट समेत क्रिष्टलका गहनाको माग दिनप्रतिदिन बढ्दै गएपछि सल्यानका महिलाहरु पनि यो सिप सिकेर व्यवशायी बन्ने दिशातर्फ अघि बढेका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिकामा त केहि महिलाहरुले व्यवशायीक रुपमै गहना बनाउन थालिसकेका छन् । कम मिहेनत र कम लगानीमा क्रिष्टलका आकर्षक गहना बन्ने भएकाले महिलाहरु यस तर्फ आकर्षित भएका छन् । कपुरकोट ३ दमारखोलाकी अञ्जना विकले अव सिकेको सिपलाइ व्यवहारमा उतारेर क्रिष्टलका गहना उत्पादन गर्ने योजना सुनाइन् । उनीजस्तै तालिममा सहभागी १८ जना महिलाहरुले गहना बनाउन सिकेका छन् ।

तालिम समापन कार्यक्रममा बोल्दै कपुरकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत जीवराज केसीले उद्यम गर्न चाहने महिलाहरुलाइ गाउँपालिकाले लगानी गर्ने बताए । सिप सिकेका महिलाहरु हिंशामा पर्ने सम्भावना पनि कम हुने भएकाले व्यवशाय सञ्चालन गरि आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । महिला तथा वालवालिका शाखाकी प्रमुख सावित्रा कुमारि आचार्यले सहजीकरण गरेको कार्यक्रममा प्रशिक्षक कमला सुवेदीले अन्य बहुमूल्य धातुका तुलनामा क्रिष्टलको गहना मूल्यमा सस्तो र लगाउँदा आकर्षक देखिने भएकाले यसप्रति ग्राहकको आकर्षण बढ्दै गएको बताइन् । उनले आफुले सुरुमा १० हजारबाट सुरु गरेको यस व्यवशाय बढ्दै गएर अहिले आफु एक करोड ५० लाखको मालिक बनिसकेको बताइन् ।


कार्यक्रममा कपुरकोट ३ का वडा अध्यक्ष मिन बहादुर सेन, वडा नम्बर ४ का अध्यक्ष हरिलाल पुन, नेपाल शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरि, पत्रकार महासंघ सल्यानका सचिव शंकर केसी, शिक्षक महासंघका कपुरकोट गाउँपालिका अध्यक्ष श्याम कुमार केसी लगाएतकाले उद्यमले दरिद्रता हटाउने भएकाले सिकेको सिपलाइ प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए । वडाअध्यक्ष सेनले आफ्नो वडामा सबैभन्दा पहिले व्यवशायीक रुपमा क्रिष्टलका गहना उत्पादन गर्ने महिलालाइ नगद ५ हजार पुरस्कार प्रदान गरिने घोषणा पनि गरे । सहभागीहरुले महिलाहरु आयआर्जनमा जोडिएर आर्थीक रुपमा सक्षम बन्नुपर्नेमा जोड दिएका थिए ।  

पछिल्लो समय बहुमूल्य गहनाको प्रयोग गर्दा असुरक्षित हुने र क्रिष्टल राम्रो, सस्तो र आकर्षक भएका कारणले यसतर्फ धेरैको आकर्षण बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य