Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आफैले बनाएको गरगहनामा सजिए सल्यानका महिलाहरु

२०७५, १२ जेष्ठ शनिबार १३:२४

शंकर के सी | जेठ १२, सल्यान | सल्यानका महिलाहरु सात दिनमै गहना बनाउन सिकेर आफैले निर्माण गरेको गहनामा सजिएका छन् । तर गत जेठ पाँच गते शनिबार देखि कपुरकोट गाउँपालिकाले आयोजना गरेको क्रिष्टलका गहना बनाउने तालिममा सहभागी भएपछि महिलाहरुले आफै निर्माण गरेको गहनामा सजिएका हुन् ।

महिलाहरुले गरेपछि जे पनि सम्भव हुने रहेछ भन्ने कुरा यस तालिमबाट पुष्टी भएको जनाएका छन् । रिम निवासि इश्वरि हमाललाइ सुरुमा गहना बनाउन सकिन्छ भन्ने त्यति विश्वास थिएन । तर अहिले उनले राम्रा राम्रा र आकर्षक गहना बनाउन सक्ने भएकि छिन् ।

महिलाहरुले कपुरकोटमा आयोजना गरिएको साना व्यवशायी महिलाहरुका लागी क्रिष्टलका गहना बनाउने तालिममा महिलाहरुले चुरा, टप, औँठी, माला, रानी हार लगाएतका गहना बनाउन सिके । महिलाहरुलाइ तालिम प्रदान गर्नका लागी सृजनशिल क्रिष्टल हस्तकला उद्योग नेपालकी निर्देशक तथा सफल महिला उद्यमी कमला सुवेदी सल्यान आएकि थिइन् ।


पछिल्लो समय नेपाल लगाएत विदेशबाट समेत क्रिष्टलका गहनाको माग दिनप्रतिदिन बढ्दै गएपछि सल्यानका महिलाहरु पनि यो सिप सिकेर व्यवशायी बन्ने दिशातर्फ अघि बढेका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिकामा त केहि महिलाहरुले व्यवशायीक रुपमै गहना बनाउन थालिसकेका छन् । कम मिहेनत र कम लगानीमा क्रिष्टलका आकर्षक गहना बन्ने भएकाले महिलाहरु यस तर्फ आकर्षित भएका छन् । कपुरकोट ३ दमारखोलाकी अञ्जना विकले अव सिकेको सिपलाइ व्यवहारमा उतारेर क्रिष्टलका गहना उत्पादन गर्ने योजना सुनाइन् । उनीजस्तै तालिममा सहभागी १८ जना महिलाहरुले गहना बनाउन सिकेका छन् ।

तालिम समापन कार्यक्रममा बोल्दै कपुरकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत जीवराज केसीले उद्यम गर्न चाहने महिलाहरुलाइ गाउँपालिकाले लगानी गर्ने बताए । सिप सिकेका महिलाहरु हिंशामा पर्ने सम्भावना पनि कम हुने भएकाले व्यवशाय सञ्चालन गरि आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । महिला तथा वालवालिका शाखाकी प्रमुख सावित्रा कुमारि आचार्यले सहजीकरण गरेको कार्यक्रममा प्रशिक्षक कमला सुवेदीले अन्य बहुमूल्य धातुका तुलनामा क्रिष्टलको गहना मूल्यमा सस्तो र लगाउँदा आकर्षक देखिने भएकाले यसप्रति ग्राहकको आकर्षण बढ्दै गएको बताइन् । उनले आफुले सुरुमा १० हजारबाट सुरु गरेको यस व्यवशाय बढ्दै गएर अहिले आफु एक करोड ५० लाखको मालिक बनिसकेको बताइन् ।


कार्यक्रममा कपुरकोट ३ का वडा अध्यक्ष मिन बहादुर सेन, वडा नम्बर ४ का अध्यक्ष हरिलाल पुन, नेपाल शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरि, पत्रकार महासंघ सल्यानका सचिव शंकर केसी, शिक्षक महासंघका कपुरकोट गाउँपालिका अध्यक्ष श्याम कुमार केसी लगाएतकाले उद्यमले दरिद्रता हटाउने भएकाले सिकेको सिपलाइ प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए । वडाअध्यक्ष सेनले आफ्नो वडामा सबैभन्दा पहिले व्यवशायीक रुपमा क्रिष्टलका गहना उत्पादन गर्ने महिलालाइ नगद ५ हजार पुरस्कार प्रदान गरिने घोषणा पनि गरे । सहभागीहरुले महिलाहरु आयआर्जनमा जोडिएर आर्थीक रुपमा सक्षम बन्नुपर्नेमा जोड दिएका थिए ।  

पछिल्लो समय बहुमूल्य गहनाको प्रयोग गर्दा असुरक्षित हुने र क्रिष्टल राम्रो, सस्तो र आकर्षक भएका कारणले यसतर्फ धेरैको आकर्षण बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै