2026-09-08 03:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

१३ स्थानीय तहका दुई हजार ७८ घरधुरी लाभग्राही सूचीमा थपिए

जेठ २० काठमाडौँ  | भूकम्पपछिको पुनःनिर्माणका लागि थप दुई हजार ७८ घरधुरी लाभग्राही सूचीमा परेका छन् । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा पुनः जाँच सर्वेक्षण अन्तर्गत संकलित तथ्यांकको विश्लेषण गरी गुनासो सुनुवाइ गर्ने क्रममा थप १३ वटा स्थानीय तहको नतिजा सार्वजनिक गर्दा लाभग्राही सूचीमा पीडितको संख्या थपिएको हो । 

गुनासो छनोटका क्रममा घर प्रवलीकरणको लाभग्राही सूचीमा २६३ जना थपिएको प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरले राससलाई जानकारी दिनुभयो । 

कार्यकारी समितिको निर्णय अनुसार गोरखाका आरुघाट र अजीरकोट, सिन्धुपाल्चोकका ईन्द्रावती र सुनकोशी गाउँपालिका, काठमाडौँका बूढानीलकण्ठ, चन्द्रागिरि, गोकर्णेश्वर, कीर्तिपुर, नागार्जुन, शंकरापुर, तारकेश्वर, टोखा नगरपालिका तथा काठमाडौँ महानगरपालिकाका गुनासोबाट छनोट गरी लाभग्राही सूचीमा समावेश गरिएको हो । 

यसअघि प्राधिकरणले गुनासो सुनुवाइमार्फत् विभिन्न जिल्लाका १८ गाउँपालिका र दुई नगरपालिकाका पाँच हजार ३४४ जनालाई पुनःनिर्माण अनुदान लाभग्राही र पाँच हजार ५०१ जनालाई प्रवलीकरण लाभग्राहीमा समावेश गरेको थियो । 

भूकम्प प्रभावित ३२ जिल्लाबाट दर्ता भएका गुनासोमध्ये पहिले सर्वेक्षण भएको वा नभएको यकिन गरी थप प्रमाणीकरण गर्नु परेकोले लाभग्राहीको छनौटमा केही ढिलाइ भएको सूचना अधिकारी घिमिरेले बताउनुभयो । प्राधिकरणले विशेष प्राथमिकता दिई गुनासो विश्लेषण गरिरहेको छ । 

पुनः सर्वेक्षण भई केन्द्रमा आएको तथ्यांकबाट जेठ मसान्तभित्रमा लाभग्राहीको पहिचान सम्पन्न गर्ने लक्ष्य छ । छनोट भएको सूची स्थानीय तहमा पठाइने उहाँले बताउनुभयो । कायम भएका लाभग्राहीले स्थानीय तहको सिफारिसमा अनुदान सम्झौता गर्न पाउनेछन् । अनुदान सम्झौतापछि लाभग्राहीले पुनःनिर्माण गर्न रु तीन लाख र प्रवलीकरणका लागि रु एक लाख अनुदान पाउनेछन् । 

विगतमा विभिन्न कारणले लाभग्राही सूचीमा पर्न नसकेका वास्तविक भूकम्पपीडितलाई लक्ष्य गरी प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनः जाँच सर्वेक्षण सञ्चालन गरेको थियो । गत भदौदेखि मंसिरसम्म प्राधिकरणले ३३२ जना इञ्जिनियरलाई परिचालन गरी छुट तथा पुनःजाँच सर्वेक्षण गरेको थियो । सो अवसरमा करिब एक लाख ३० हजार घरधुरीको तथ्यांक संकलन गरेको प्राधिकरणले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ