बिहान जुरुक्क उठेपछि शौचालय छिर्नुस्, त्यो प्यान भारतमा बनेको । त्यहाँ भित्रको जीआई पाइप र पानीको धारा उतै बनेको । टुथपेष्ट चाहे पेप्सोडेन्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिहान जुरुक्क उठेपछि शौचालय छिर्नुस्, त्यो प्यान भारतमा बनेको । त्यहाँ भित्रको जीआई पाइप र पानीको धारा उतै बनेको । टुथपेष्ट चाहे पेप्सोडेन्ट"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहान उठेदेखि राति सुतुन्जेलसम्म भारतीय सामान

२०७५, २१ जेष्ठ सोमबार १२:३३

निरोज खड्का |

बिहान जुरुक्क उठेपछि शौचालय छिर्नुस्, त्यो प्यान भारतमा बनेको । त्यहाँ भित्रको जीआई पाइप र पानीको धारा उतै बनेको । टुथपेष्ट चाहे पेप्सोडेन्ट लिनुस्, चाहे डाबर वा कोल्गेट त्यो भारतमै बनेको । प्रत्येक दिन नुहाउने साबुन होस् वा स्याम्पु त्यो भारतबाटै ल्याइएको ।

युवायुवतीले प्रयोग गर्ने फेसियलका सामग्री क्रिम, पाउडर, सनस्क्रिन भारतमै बनेको । भान्सामा बाल्ने ग्यास चुलो हेर्नुस् वा पकाउने प्रेसर कुकर, राइस कुकर त्यो भारतबाटै आएको । चामल, नुनदेखि तरकारीमा हाल्ने मसला अनि लसुन, प्याज, गोलभेँडा, अदुवा ती उतैबाट आउँछन् ।

जुनसुकै कम्पनीको किन नहोस्, साइकलदेखि मोटरसाइकल, कार, ट्याक्टर, ट्रिपर, बस, स्काइभेटर, डोजरदेखि तिनलाई हाल्ने पेट्रोल, डिजेल भारतबाटै आउँछन् । हवाई इन्धन उतैबाट आउँछ । हाम्रा राजा–महाराजादेखि अहिलेका नेताजीहरू चाहे राजनीतिक सल्लाह माग्न होस् वा स्वास्थ्य उपचार गर्न होस्, उतै धाउने प्रचलन छ । चाहे हाम्रो राजनीतिमा जुनसुकै परिवर्तन हुन्, त्यसको प्रारूप वा रोडम्याप दिल्लीमै तयार भएका छन् । बच्चाले हेर्ने कार्टुन होस् कि युवाले हेर्ने गेम वा प्रौढले हेर्ने सिरियल प्रत्येक दिन रिमोटमा घर झगडा पर्छ । हाम्रा युवायुवतीहरू चलचित्रहलमा नेपाली फिल्मभन्दा हिन्दी फिल्म हेर्न झुमिन्छन् । यहाँ राजेश हमाल वा रेखा थापाभन्दा बढी सलमान खान वा कट्रिना कैंफहरूका फ्यान छन् । सामानहरू सक्कली हुन् वा नक्कली धेरै उतैबाट आउँछन् । उपल्लो स्तरको सर्टिफिकेट सक्कली हुन् कि नक्कली धेरै भारतबाटै आउँछन् । हाम्रो देशबाट वैदेशिक रोजगारमा जानेहरू उत्तिकै छन् । नेपालमा भने व्यवसायमा केस काट्ने हजामदेखि ठूलठूला कम्पनीका मालिक भारतीय नै छन् ।

देशको अधिकांश भूगोल भारतसँगै जोडिएको छ । हामीले चाहेर वा नचाहनेर छिमेकी फेर्न सक्दैनौं । हाम्रो भारतसंगको परनिर्भरता ज्युँकात्युँ छ । जसले जति नै ठूलो कुरा गरे पनि हाम्रो दैनिकी बिहान उठेदेखि राति सुतुन्जेलसम्म भारतीय सामानको प्रयोग र प्रभावबाट मुक्त छैन । तत्काल यो नियतिको अन्त्य सम्भव छैन । हाम्रो देशमा चुनावताका बडो राष्ट्रवादका कुरा गरिन्छ, उही भारत विरुद्ध सडक तताइन्छ, चर्को नारा घन्काइन्छ, स्वाभिमान र आत्मसम्मानको भाषण गरिन्छ । जब चुनाव जितेर आउँछन्, सरकार बनाउँछन्, तब देशलाई आत्मनिर्भर बनाउने कुनै योजना ल्याउँदैनन् । अरू विकल्प दिँदैनन्, उत्पादनमा ध्यान दिँदैनन् । फेरि उही माग्ने नियति दोहोर्‍याउँछन्, हिजो जसलाई सत्तोसराप गर्‍यो, उसैका सामु लम्पसार पर्छन्, धनुष्टंकार गर्छन् । उसैगरी सहयोगको भिख माग्छन् । मुख्य कुरा हामीले आफ्नै देशभित्रको विविध क्षेत्रमा सम्भावनाको पहिचानलाई उजागर गरेर स्वनिर्भर हुने प्रयास नगर्दासम्म चर्को स्वरमा आत्मसम्मान, स्वाभिमान र स्वतन्त्रताको गीत गाउनु बेकार छ । 

जापान, चिन, मलेसिया वा दक्षिण कोरिया पहिला आफ्नै मिहेनतले उठे । अरूलाई गाली गरेर समय बर्बाद गर्नुभन्दा पहिले आफ्नै खुट्टामा उभिने प्रयास गरौं । देश बने सम्मान, सान र स्वाभिमान मागिरहनु पर्दैन, आफै आउँछ । 

लिखु गाउँपालिका –३, रामेछाप

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा