२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

धरानमा तीनदिने इष्ट ट्रिजम मार्ट हुने

२०७५, २२ जेष्ठ मंगलवार ०४:२८

जेठ २२, इटहरी | प्रदेश १ को पर्यटन प्रवद्र्धन गर्नका लागि धरान उपमहानगरपालिकामा तीन दिवसीय ‘इष्ट टुरिजम मार्ट–२०१८’ यही जेठ २४ देखि शुरु हुने भएको छ । 

नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको स्थानीय संयोजनमा काठमाडाँै बाहिर पहिलो पटक प्रदेश १ कै पर्यटकीय सुन्दर शहर धरानमा मार्ट (व्यापार मेला) को आयोजना हुन लागेको सोमबार जानकारी दिइएको हो । 

धरान–१० स्थित सैनिक भवन परिशरमा हुने मार्टमा होटल व्यवसायी, ट्राभल एजेन्सीका ५० वटा तथा प्रदेश १ का १४ जिल्लासहित सप्तरी र धनुषाका समेत गरी जम्मा ६१ वटा पर्यटनसँग सम्बन्धित स्टल रहने धरानमा सोमबार गरिएको पत्रकार सम्मेलनमा मार्ट संयोजक तथा पर्यटनकर्मी भवेश श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार मार्टमा पूर्वका विभिन्न होटल व्यवसायी तथा ट्राभल एजेन्सीका आफ्ना विभिन्न प्याकेजसहित ५० वटा स्टल रहने छ । त्यस्तै, प्रदेश १ को १४ जिल्लाका प्रत्येक जिल्लाले आफ्नो जिल्लामा भएको प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा अन्य विभिन्न पर्यटकीयस्थलको स्टल राखेर प्रचार गर्नेछन् । 

यसैगरी, धनुषाको जनकपुरधाम र सप्तरीको सखडा भगवतीको पनि एक÷एक वटा स्टल रहनेछन् । साथै, मार्टमा टुर अपरेटर, होटल व्यवसायी र गन्तव्यका समितिले आ–आफ्नो उत्पादनलाई आकर्षक तरिकाले प्रस्तुत गर्नेछन् । 

साथै, छिमेकी मुलुक भारतका विहार, बंगाल, सिक्किम र भुटानका ७० जना र काठमाडौँ, चीन र बंगलादेशका ३० जना गरी १०० जना पर्यटन व्यवसायीलाई मार्टको अवलोकन गर्न आउनका लागि निमन्त्रणा गरिएको संयोजक श्रेष्ठले बताउनुभयो । यसबाट उनीहरुलाई प्याकेज किन्नका लागि आकर्षित गराइने समेत उहाँले बताउनुभयो । 

यसका लागि भारतको पूर्णिया, कटियार, किशनगञ्ज, सिलीगुडी, गान्तोक र भुटानको जयगाउँ पुगेर मार्टको प्रचार गरिएको समेत उहाँले जानकारी दिनुभयो । 

एक नम्बर प्रदेशका १४ जिल्लाको विभिन्न पर्यटकीय गन्तव्यको एकै थलोमा प्रदर्शनी र त्यसका लागि प्राप्त हुने सेवा सुविधाको बिक्री तथा पर्यटनको क्षेत्रमा यहाँका निजी क्षेत्रले मार्टमा आफ्नो सेवा प्याकेजको आकर्षक ढंगले प्रस्तुति गर्नका लागि मार्टको आयोजना गरिएको मार्टका प्रवक्ता तथा पर्यटन व्यवासायी वासुदेव बरालले बताउनुभयो । 

कार्यक्रम अवधिभर क्रेता र विक्रेताबीच ‘बि टु बि’ –विजिनेश टु विजिनेश) मिटिङसमेत हुने आयोजकले जनाएका छन् । मार्टमा सहभागी नयाँ काम गरिरहेका पर्यटनकर्मीलाई थप ऊर्जा प्रदान गर्नका लागि विभिन्न पर्यटन अभियन्ताले प्रवचनसमेत दिने कार्यक्रम रहेको प्रवक्ता बरालले बताउनुभयो । 

उहाँका अनुसार पर्यटनका अभियन्ता भारतका राजु बसु, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, पर्यटनविज्ञ राज ज्ञवालीले व्यवसायीलाई उत्प्रेरणा जगाउनका लागि पर्यटनसम्बन्धी प्रवचन दिनु हुनेछ । कार्यक्रमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम तय गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला