३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सम्पादकीय-पर्यटन प्रर्वद्धनमा जोड दिऔं

१४ बैशाख २०७३, मंगलवार ०२:४४

भौगोलिक हिसाबले सानो जिल्लाका रुपमा रहेको पर्वत  छिमेकी जिल्लाहरुको तुलनामा कम पर्यटकीय क्षेत्रमा रुपमा गनिन्छ । छिमेकी जिल्ला कास्की देशकै अनुपम र पर्यटकीय गन्तव्य स्थलका रुपमा प्रख्यात जिल्ला हो भने यता बाग्लुङपनि उत्तीकै पर्यटकी तथा धार्मिक हिसाबल र म्याग्दी पनि उत्तीकै पर्यटकीय क्षेत्रका रुपमा अगाडी बढेको जिल्ला हो ।

तीन धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा प्रख्यात हुदै गएका जिल्लाका विचमा रहेको पर्वत जिल्लामा धार्मिक तथा पर्यटकीय क्षेत्र बोकेको जिल्ला हुदाँ हुदै पनि पर्यटकीय क्षेत्रका रुपमा विकसीत हुन भने अझै सकेको छैन् । जसका कारण प्रचुरमात्रमा पर्यटकीय क्षेत्रको सम्भावना बोकका ठाउँहरु हुदाँ हुदै पनि पर्वत पर्यटकीय क्षेत्रका रुपमा कमजोर सावित भैरहेको छ ।

जिल्लामा ¥याप्टीङको लागि कालिगण्डकी, पञ्चासे, डहरेको लेक, हम्पाल, मल्लाजको मल्लाज दरबार, सहश्रधारा, सेतीबेणी शालिग्राम शिला, गुप्तेश्वर, अल्पेश्वर, लुंखुको विश्वमानै दुर्लभ सवैभन्दा ठूलो महाशिला लगाएतमा अनगिन्ती पर्यटकीय क्षेत्रहरु छन् तर पहिचार र पर्यटक प्रर्वद्धन हुन नसकेका कारण जिल्ला पर्यटकीय क्षेत्रका रुपमा पहिचान  हुन सकेको छैन । पछिल्लो समयमा एक पछि अर्को पर्यटकलाई पर्वतमा आकर्षण गर्ने पर्यटकीय स्थलको निर्माण कार्यको थलानी हुदैछ ।

नेपालकै अग्ला र लामा ३ झोलुङगे पुल मध्ये कुश्मा–ज्ञादी र बडगाउँ–कैया झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ भने अर्को बडागाउँ–मुडिकुवा झोलुङ्गे पुलको निर्माण कार्य चलिरहेको छ । यसैविच विश्वकै दोस्रो ठूलो र अग्लो साहसिक पुल बञ्जिजंम्पकोे पनि निर्माण कार्यको थलानी भएको छ । कालगण्डकीमाथि अर्को पर्यटकलाई आकर्षक गर्ने मिनि केबलकारको पनि जिल्लामा संचालन भैरहेको छ भने अर्को प्यारागाल्याइडिङको लागि अनुकुल ठाउँको खोजि भैरहेको छ ।

केबलकार चढ्न मनकामना, बञ्जिमको मज्जा लिन भोटेकाशी, प्यारागाल्याइडिङ गर्न पोखराको सरङकोट जाने बाध्यता पर्वतले जिस्तारै अन्त्य गर्दै छ भने ¥याप्टीङको लागि कालिगण्डकी नदी हाम्रो साम्ु पर्यटकलाई सुसेली बोलाइरहेको छ । सवै कुृरा एक ठाउँबाट २ घण्टामा नै मनोरञ्जन लिन सकिने जिल्लामा पर्यटकीय क्षेत्रको विकास र विस्तार भएको छ तर दुखको कुरा जिल्लामा पर्यटन प्रर्वद्धनको लागि विनियोजन भएको करोडौ रकम कुनै व्यक्तिको हातमा परेको छ जून रक्सी र मासु अनि घुमफिरमा सकिएको छ ।

पर्यटन प्रर्वद्धनको लागि व्यक्तिको लगानीमा जिल्लामा पर्यटकीय गन्तव्य स्थलको निर्माणको थलानी भएको छ भने राज्यबाट छुट्टिएको करोडौ रकम हिनाविना पार्ने दुस्तपापीको खोजीगरी नाम सार्वजानिक गर्नेबेला आएको छ । यदि त्यो रकम जिल्लाको पर्यटन प्रर्वद्धनमा एक पैसा पनि हिनाविना नपारी लगानी गर्ने हो भने पर्वत जिल्ला पर्यटकीय क्षेत्रका रुपमा विस्तार हुनेछ भने देशके नमूना जिल्लाको रुपमा स्थापित हुनेछ ।

सांसदले पनि संसदीय कोषको रकम  आफ्ना कार्यकर्ता र आफ्नोलाई खर्च गर्न भन्दा पर्यटकीय क्षेत्रको विकास र विस्तारको लागि खर्च गरे अझै पर्यटकीय नगरी बनाउ सहज हुने थियो । यहाँका युवायुवती खाडी मुलुक पलायन हुने बाध्यताको अन्त्य हुनेछ यसको लागि सरोकारवाला निकायले ध्यान दिन सके जिल्लाको मुहार पर्यटन व्यवसायले फेर्ने पक्कापक्की छ । अन्यथा हामी जिल्लाबासी माल पाएर पनि चाल नपाएको र कस्तुरीको जस्तो आफ्नो विनाको राग थाहा नपाएर भौतारिएको जस्तो हुनुपर्ने छ त्यसैले सवैले एक पटक सोचौं । जिल्लाको पर्यटन क्षेत्रको प्रर्वद्धनको लागि सवैले हातेमालो गर्दै अगाडी बढेमा जिल्ला एक नमूना पर्यटकीय क्षेत्रका रुपमा प्रख्यात ह्ुने पक्कापक्की नै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन