लोकेन्द्र प्रशाद जोशी | दार्चुला । प्रदेश नम्बर ७ को दार्चुला जिल्ला मालिकार्जुन गाउपालिका वडा नम्बर ३ मा अवस्थित आराध्यदेब मालिकार्जुनको महिमा सुन्दा हरेक आध्यात्मीक मनहरुमा सिखर मालिकार्जुन धामको दर्शन गर्ने इच्छ्या जाग्ने गरेको छ । समुद्री सतहबाट झन्डै ३२ सय मिटर उचाइमा रहेको राष्ट्रकै सातौ धाम मालिकार्जुनमा बर्षेनि हजारौ भक्तजन एबं दर्शनार्थीहरुले पुजाआजा एबं दृष्याबलोकन गर्न धाउँने गरेका छन् ।
मानबबस्ती नभएको भगौलीक सुन्दरता, प्राकृतिक श्रोतले सज्जीएको, बिभिन्न बन्यजन्तु चराचुरङगी किटपतगं सहित जैबिक बिबिधताले भरीपुर्ण घना जंगलको बिचमा रहेको श्री शैल्य शिखरमा स्वामी मालिकार्जुन बिराजमान रहेको किम्बदन्तीमा उल्लेख गरीएको छ ।
मालिकार्जुनका बुबा सोमनाथ र आमा जलन्तरी माया तथा छोरोहरु लटिनाथ र गलिनाथ भएको किम्बदन्ती छ । यस्तै मालिकार्जुनका आठओटा रानीहरु रहेको र उनिहरुको लेकम क्षेत्रको बिभिन्न फरकफरक स्थानमा बसोबास रहेको पाइन्छ । पौराणिकता र बुढापाखाहरुका अनुसार शोभाश्रीको बासस्थान लेकम ६ उचाकोट, गोमतीश्री लेकम ५ मैखोली, पिपलाश्री लेकम २ गराडी, धानाश्री लिमा डाडाकोट, गौतमाश्री शंकरपुर गैरा, रुपाश्री चाडी भगवति, शैलेश्वरी ग्वानि आगर र भागाश्रीको मड मालिकार्जुमा बसोबास रहेको छ ।
नेपाल सरकारले २०६५ सालमा राष्ट्रकै सातौ धाम भनेर घोषणा गरेको जिल्लाकै प्रमुख धार्मीक पर्यटकिय स्थल मालिकार्जुनमा बिषेशगरी भदौमा गौरा पर्ब र कार्तीक, मंसीर महिनामा बिसाल जात्रा लाग्ने गरेको छ । मालिकार्जुन मन्दीरबाट झन्डै ५ किलोमिटरको उचाइमा रहेको शैल्यसिखर धाममा असार सुक्ल चतुदर्शी र कार्तिक शुक्ल त्रियोदशीका दिन पुजन जात्रा लाग्ने गरेको छ । हिन्दु धर्मालम्बीहरुको आस्थाको धरोहर सिखर धाममा महिलाको हकमा बिबाहित र पुरुषको हकमा ब्रतबन्ध गरेको १५ दिन पहिलेदेखी चोखोवर्त बसेकाले मात्रै दर्शन गर्न पाउँने किम्बदन्ती अनुसार सोहि बिधि पुरा गरेर सिखर जात्रामा मानिसहरु सहभागि हुने गरेका छन । महाकाली लोकमार्गको चैतलीचोरबाट मालिकार्जुन मन्दीर मड पुग्न पैदल हिडेर २५ मिनेट समय लाग्ने र मडबाट सिखर पुग्न ३ घन्टा समय लाग्ने गरेको छ ।
शिबपुराण लगायत बिभिन्न पौराणिक धार्मीक ग्रन्थहरुमा देबाधिदेब महादेबका १२ ओटा ज्वोर्तिलिंगमध्ये दोस्रो ज्वोर्तिलिंग मानिने मालिकार्जुनको ऐतिहासिक पृष्ठभुमि रोचक छ । दक्षिण भारतको आन्ध्रप्रदेश मूलस्थान रहेका मालिकार्जुन स्वामी बिभिन्न ब्याक्तीहरुको सहयोगमा शैल्यसिखर धाममा बसाइ सरेर आएको ऐतिहासिक किम्बदन्तीहरुमा उल्लेख छ । भारतबाट बिभिन्न ठाउँहुदै आएका मालिकार्जुन स्वामीको शैल्यसिखरमा बासस्थान रहेको कुरा स्थानिय देबस्तुतिहरु झोडो, फाग, गौरामा गाइने अठवालि आदिमा समेत बृस्तृत बर्णन गरीएको छ ।
देबस्तुतिमा बर्णन भएअनुसार ११ औ शताब्दीतिर भारतमा मुगल सम्राटहरुको जबरजस्ती धर्मपरिवर्तन गराउँने हिंसात्मक चपेटाबाट बच्न सनातन हिन्दु धर्मालम्बीहरु धर्म रक्षाकालागि दक्षिण भारतबाट काशी, बनारस हुदै अल्मोडा कत्युरबाट अभयराज पाण्डे, निमनाथ योगी, भिम राज भट्ट, धाराधिरा पहलवान र सुरदास औजि दार्चुलाको लेकम गाउँपालिका ५ रिठाचौपाताको जाइझुलमा बास बसेको उल्लेख गरीएको छ । भारतबाट नेपाल आएको उक्त टोलीले आफ्नो नित्य पुजा र धर्मरक्षाकाखातिर झोलामा मालिकार्जुनको प्रतिमुर्तिस्वरुप शिब लिगंल्याएको र सो शिबलिगं बिहान बेलुकि सधै नित्य पुजा गरेर मात्रै खाना खाने गरेको इतिहास छ । ति ब्याक्तीहरुको झोलाबाट आफुभन्दा बढी प्यारो शिबलिगं एकदिन आफै हराएको भनाइ छ । निकै बिस्वास र प्यार गरेर राखेको शिबलिगं हराउँदा निरास बनेका ति ब्याक्तीहरुले १५ दिनसम्म निराहर शिबलिगंकै एकाग्र ध्यान गर्दा अभयराज पाण्डेको सपनामा मालिकार्जुन देखीएको किम्बदन्तीमा उल्लेख छ ।
उनिहरु बसेको रिठाचौपाता भन्दा माथी दोबाटोमा पशुबलि गर्ने सर्बाहारी प्रबृतिको तत्कालिन डिङे राजाको कोट रहेको बुढापाखाहरुले सुनाउँछन । पाण्डेले देखेको सपनामा मालिकार्जुनले उक्त डिङ्या राजाले दिनहु पशु बलि गर्दा मनमा अशान्ती भएर एकान्त शैल्यसिखरमा आएर बसेको कुरा जानकारी गराएका थिए । साथै सिखरसम्म पुग्न आफुले एउटा दाँया खुट्टामा निङगालोको सुरा भएको बाघ पठाउँने र उक्त बाघको खुट्टाबाट त्यो सुरा निकालेर नडराइ बाघकै पछिपछि आउँदा बाघले आफ्नो बसाइ रहेको ठाउँसम्म पुर्याउँने बचन दिएका थिए । धर्ममा औधी बिस्वास गर्ने र आफ्ना प्राणभन्दा प्यारो मानेर ल्याएको शिबलिगंको बचन सुनेर बिहानै बाघ आउँने आसामा नुहाइधुवाइ गर्दा मालिकार्जुनले बचन दिएजस्तै बाघ रिठाचौपाता आएको र बाघकै पछिपछि जादा शिखरमा भगवान मालिकार्जुनको दर्शन पाइएको बताइन्छ ।
त्यसपछि सिखरभन्दा ५ किलोमिटर तल गाउँमा १३ औ सताब्दीतिर मालिकार्जुनले माफ्नो दिब्यसक्ती पठाएर मड मन्दीरको स्थापना गरीएको इतिहास छ । अहिले उक्त मन्दीरमा गौरा, जात्रा, पुजाआजा, नबरात्री, जागरण लगायतका धार्मीक गतिबिधिहरु हुदै आएका छन । भने शिखरमा बिशेष पुजन जात्रा मात्रै लाग्ने गरेको छ । मडमा मालिकार्जुनको स्थापना भएपछि पुरै गाउँपालिका गाउँ नै मालिकार्जुन देवताकै नामबाट नामाकरण गरीएको छ । निकै आकर्षक शैलिमा निमार्ण गरीएको मन्दीरमा झन्डै १० मिटरलामो गजुर (देवाल) छ । भक्तजनहरुकालागी आवास भवन, चारैतिर ध्वजाहरुले सजाएको मन्दीरमा आकर्षक प्रबेशद्धार निमार्ण गरीएको छ ।
नेपाल र भारतका भक्तजन दर्शनार्थीहरुको आस्थाको धरोहर मालिकार्जुनमा बिभिन्न आध्यात्मीक गतिबिधिमा संलग्न हुन र आत्मशान्तीकोलागी मानिसहरु चोखोभोको भएर धाउँने गरेका छन । मालिकार्जुन जात्रा पुजन गर्न १५ दिन पहिलेदेखी नै शाकाहारी भोजनमात्रै ग्रहण गर्ने, एक हप्तापहिलेदेखी एक छाक नुहाइधुवाइ खाने, ब्रत बस्ने लगायतका बिधिहरु गर्नुपर्ने नियम छ । हजारौ मानिसहरुको सहभागिता रहने जात्रामा सयौ दामाहा लगायतका बाजागाजाहरु ल्याएर पुजाआजा, रमाइलो गर्ने गरीन्छ । प्रदेश नम्बर ७ कै प्रमुख चाडपर्व मानिने बिशाल गौरापर्व माजिकार्जुनमा लाग्ने गरेको छ । गौरा हेर्न शुदुरपश्चिमका बिभिन्न जिल्ला, भारतको उत्तराखन्ड प्रदेश लगायत क्षेत्रबाट हजारौ मानिसहरु मड मन्दीर आउँने गरेका छन ।
मालिकार्जुन देवताकी आमा जलन्तरीको बासस्थान रहेको भन्डारीघरमा मालिकार्जुन देबताका खरखजाना, पुजन सामाग्री, भगवानको डोली, बिभिन्न बाजागाजाहरु, छात लगायतका सामाग्रीहरु बजाउँदै। सजाउँदै पर्वको दिनमा मन्दीरमा ल्याइने गरीन्छ । भाराणिघरदेखी मन्दीरसम्म भोकर, दामाहा लगायतका पञ्चेबाजाँ बजाउँदै हर्ष बढाइ गरेर मौतामति, बिनायक, पणिमजेली लगायतका स्थान भएर देबस्थल पुगीन्छ । बाटोको कष्टप्रदयात्रा मन्दीर परिसरमा पुग्दा आफै बिर्शेर स्वर्गपुगेको अनुभुति हुनेगरेको स्थानिय बताउँछन । मन्दीरका पुजारीले गौदान गरेर पबित्रजलद्धारा भगवान स्थान गर्दै बिशेष भोग लगाइ बिभिन्न बाजाँहरु, घन्ट, बिकुल, भोकर बजाउँदै पुजाआजा गर्ने गरीन्छ । श्रद्धालुभक्तजनहरुलाइ मन्दीरका बिभिन्न पदाधीकारीहरुले दर्शनपुजा गराउँदै आर्शीबाद बाड्ने गर्दछन । यसरी मन्दीरमा पुगेर दिनभरी पुजा पद्धति गर्दा मनले चिताएको बरदान शुभ फल प्राप्त हुने जनबिस्वास रहीआएको छ ।
अन्त्यमा, धार्मीक, ऐतिहासीक धरोहरको रुपमा परिचित राष्ट्रकै सातौ धाम मालिकार्जुनको प्रचारप्रसार र सम्बद्धनमा सरोकारवाला निकायहरुको ध्यान जान सकेको छैन । मालिकार्जुन गाउँपालिका मात्रै नभएर दार्चुलाकै धार्मीक पर्यटनको भबिस्य बोकेको मालिकार्जुनको प्रचारप्रसार, संरक्षण, सम्बद्धन गर्ने हो भने आध्यात्मीक मनहरु, आत्मशान्तीकोलागी मन्दीर धाउँनेहरुको उचित गन्तब्य मालिकार्जुन धाम बन्नेमा कुनै दुइमत छैन् ।