३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

श्रमिक दिवसको अबसरमा अन्तरक्रिया

२० बैशाख २०७३, सोमबार ०४:५४

पर्वत, अखिल नेपाल टे«ड युनियन महासंघ पर्वतले श्रमिक दिवसको अबसरपारी अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्लामा रहेका श्रमिकको अबस्था  तथा राज्यले श्रमिकको लागि बनाएको नीति नियम र त्यसको कार्यन्वयनको पक्षका बारेमा व्यापक अन्तरक्रिया गरी कार्यक्रम बनाएको हो ।

दिवसको अबसरमा महासंघले मजदुरको हकहितका लागि अझै राज्यले ठोस नीति निर्माण गरी कार्यन्वयनमा ल्याउनको लागि भने अझै नसकेको बताएको छ । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले राज्यले श्रमिकको हकहितका लागि कुनै काम गर्न नसकेको र केबल औपचारिकतामा सार्वजानिक विदामा मजदुर दिवसलाई सिमित राखेको गुनासो गरेका छन् ।

८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन भन्ने अभियानका साथ अमेरीकाबाट मजदुरले आफ्नो अधिकारको माग गर्दै अभियान चलाएता पनि नेपालमा भने त्यस्तो हुन नसकेको प्रति मजदुरहरुको गुनासो छ। नेपालमा २४ घण्टा काम गर्दा पनि सजह रुपमा खान र बस्न नपाउने श्रमिकले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको आश गर्नु आकाशको फलसरी भएको बक्ताहरुले टिप्पणी गरेका छन् ।

   ‘मे १′ अर्थात १२७ औँ अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस नेपालमा नेपालामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएत पनि त्यसको प्रभावकारीता र नीति अनुरुप कार्य भने अझै हुन सकेको छैन । अमेरीकाबाट मजदुरले शुरु गरेको अभियान युरोप हुदै फ्रान्सको पेरिसमा गएर श्रमिकहरुको बृहत सम्मेलले उक्त नीतिलाई पारित गरेता पनि सोही अनुसारको काम भने अझै हुन सकेको छैन ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियोे । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउने गरिन्छ । विश्वका मजदुरहरुले यस दिवसलाई पर्वका रुपमा पनि मनाउँदै आएका छन् ।

दिवसको अवसरमा बिभिन्न श्रम( संगठनहरुले आफ्ना हक अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने कार्यक्रम गरेता पनि नेपालमा भने अझै पनि नेपाली विदेशी मुलुकमा श्रमिकका रुपमा लाखौको संख्यामा गएता पनि सोही अनुसारका काम भने अझै पाएका छैनन् ।  विसं २०४६ को राजनीतिक परिवर्तनपछी नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट