२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

वर्षे बाली बँदेलले सखाप पारेपछि किसानलाई चिन्ता

१९ श्रावण २०७५, शनिबार ०२:०८

साउन १९, सल्यान (रासस) | सल्यानका कतिपय स्थानमा बँदेलको बथानले वर्षेवाली नष्ट पारेपछि किसान चिन्तित भएका छन् । 

वनगाड कुपिण्डे– ९ गिठाचौरका १४५ घरपरिवारले लगाएको धान, मकै, कोदोलगायतका बाली बँदेलले सखाप पारेकाले उनीहरूमा चिन्ता बढेको हो । 

गाउँ नजिकै रहेको भगवती सामुदायिक वनबाट राति बँदेलको बथान आएर लगाएको बालीनाली सखाप पार्न थालेको छ । भर्खर लगाएको धान तथा मकै बालीमा बँदेलले गरेको उपद्रो देखेर मन थाम्न नसकिएको स्थानीय कृषक डिलबहादुर बोहराले बताउनुभयो । 

“पहिले–पहिले बँदेल गाउँ बाहिरका टाढाका बारीमा मात्र आउने गर्थे, अहिले त गाउँमै आएर बालीनाली नष्ट पार्न थाले”, चिन्तित हुँदै उहाँले भन्नुभयो, “यस्तै हो भने अब गाउँ छाडेर जानुको विकल्प रहेन ।” वर्षभरि दुःख गरेको बालीनाली आँखै अगाडि बँदेलले तहसनहस पार्न थालेपछि परिवारको गर्जो टार्नसमेत समस्या हुन थालेको बोहराको भनाइ थियो । 

विगत पाँच वर्षदेखि गाउँमा बँदेल आतंक बढ्न थालेको वनगाड कुपिण्डे–९ गिठाचौरका यज्ञबहादुर थापाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो “बँदेलले दुःख दिन थालेपछि गाउँभन्दा टाढाका बारी तथा खेत बाँझै छन्, पहिले बँदेल गाउँमा पस्दैनथे विगत पाँच वर्षदेखि बँदेलेको बथान राति गाउँमै छिर्छ, रातभरि उपद्रो गरेर बिहान जंगल जान्छन्, जति गरे पनि नियन्त्रण गर्न सकिएन । त्यसै कारण गाउँ जतिबेला पनि विस्थापित हुनुपर्ने बाध्यता भएको छ ।” 

अर्का कृषक कृषक चित्रभान बोहराले बताउनुभयो, “गाउँमा सबै परिवारको बारी क्षति भएकाले बँदेल धपाउन रातभरि जाग्राम बस्छौँ तर कतिबेला कताबाट आएर छिर्छन् थाहै हुँदैन खेततिर गयो बारीमा आउँछन्, बारीतिर गयो खेतमा आउँछन् । यस्तो दुःख कहिलै भोगेका थिएनौ ।” 

बँदेलले क्षति पुर्याउन थालेपछि ४० प्रतिशत जमिन बाँझै रहेको पिडा सुनाउँदै कृषक कामी बोहराले भन्नुभयो, “दुःख गरेर बारीमा अन्न लगायो अब भित्र्याउनु पर्छ भन्ने बेला बँदेलले सखाप पार्छ, त्यही भएर धेरैजसो बारी बाँझै छन्, अब गाउँमै आएर दुःख दिन थालेकाले गाउँ छोड्न मात्र बाँकी भयो”।

गिठाचौर बस्ती नजिकै रहेको भगवती सामुदायिक वनबाट आउने बँदेलका बथानले एकै रातमा थुप्रै बालीमा क्षति पुर्याउने भएकाले तिनको नियन्त्रणका लागि सम्बन्धित निकायमा जानकारी गराए पनि सुनुवाइ नभएको कृषकको गुनासो थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य