२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाईंलाई अत्याधिक थकानको महसुस हुन्छ ? यी ४ गम्भीर रोगको संकेत पनि हुनसक्छ !

२०७५, २२ श्रावण मंगलवार ०६:१७

एजेन्सी:- काम गरेपछि स्वभावैले मानिस वा जीवजन्तु थाक्ने गर्छन् । तर, सामाजिक प्राणीको हकमा थकानको एकदमै महशुष हुन्छ । जब मानिस थाक्छ, तब आरामको जरुरत् पर्छ । आराम गरेपछिपनि थकान मेटिँदैन भने सम्झनुस् त्यहाँ गडबडी मान्नुपर्छ ।

आराम गर्दा पनि थकाई मेटिंदैंन भने ‘क्रोनिक फटिग’ अर्थात ‘पूरानो थकान रोग’ को संकेत हो । विशेषगरी गर्मी याममा यो रोगले दुःख दिन्छ । यो रोगले बिरामीलाई सँधै आलस्य महशुष गराउँछ । आलस्यताले मानिसको मानसिक, शारीरिक या सामाजिक स्तरमा असर पार्दछ । 

थकानका कारणहरु

- व्यस्त दिनचर्या 

- खराब जीवनशैली

- बिरामी हुँदाको हेलचेक्राइँ

- अनियमित वा असन्तुलित खानपान

- भाइरल इन्फेक्सन अथवा बायो–साइकोलोजिकल कारण । 

यस्तो अवस्थामा के गर्ने ?

- यस्तो अवस्थामा दिनचर्या बदल्ने

- मनोवैज्ञानिक सल्लाह लिने

- डाक्टरको सल्लाहमा औषधिको प्रयोग 

- थकानको अभावलाई पूरा गर्न राम्रोसंग निद्रा पुर्याउने

- तर, स्तर भन्दा माथिको आलस्यताले गम्भीर रोगकोपनि संकेत गर्छ, सचेत हुने । 

चिकित्सा अध्ययनले मुख्य रुपमा निम्न चार प्रकारका रोगहरुमा आलस्यपन देखिने बताएको छ ।

१. कलेजोको समस्या

कसैलाई लगातार थकान महशुष हुन्छ भने उसको वा उनको कलेजोमा समस्या पनि हुन सक्छ । रगत लिँदा, कोकिन या त्यस्तै प्रकारका लागूऔषध लिने मानिसमा हेपाटाइटिस सी हुने सम्भावना अत्यधिक हुनेगर्छ । 

चिकित्सक भन्छन्, यस्ता बिरामीलाई हल्का ज्वरो आउने, भोक नलाग्ने, शरीरमा अत्यधिक पीडा हुने या रुघाखोकी लाग्नेजस्ता लक्षणहरु देखिन्छन् ।

यस्तो अवस्थामा लिभर फङसन टेस्ट गराउन डाक्टर सुझाउँछन् । 

 २. एनिमिया

आइरनको कमीका कारण शरीरमा आलस्यपना आउन सक्छ । सामान्य अवस्थामा महिलामा महिनावारीमा, गर्भ रहेका बेला या स्तनपान गराएको बेला आइरनको कमी भएको हुन्छ । यसमा छालाको रंग पहेंलो हुन्छ । चिडचिडाहट्, झर्काहट् र आलस्य हुन्छ र सुगरको मात्रा पनि घट्छ । यद्यपि सुगरको मात्रा डाइबिटिजमा पनि घटबढ हुने गर्छ । 

चिकित्सक भन्छन्, यस्तो अवस्थामा हिमोग्राम, हेमोग्लोबिन टेष्ट, ब्लड काउन्ट, सेरम आइरन, आइरन बाइन्डिङजस्ता शरीरका विविध पक्षको परीक्षण गराउनु पर्छ ।  

३. थाइरोइड

अधवैंशे उमेरका मानिसहरुमा खासगरी थाइरोइडको समस्या बढी हुन्छ । यो उमेरमा थाइरोइड ग्ल्याण्ड टी ४ र टी ३ जस्ता हार्मोन बनाउँछ । यस्तो उमेरमा तौल बढ्ने, कब्जियत, छालामा रुखोपन, चिलाउने या कपाल झर्ने समस्याले सताउँछ । 

अनुसन्धानले बताउँछ — यसको रोकथामको लागि चिकित्सकको सल्लाहमा थाइरोइड प्रोफाइल थाइरोइड एन्टीबडी, थाइरोइड स्क्यान गराउनुपर्छ । टीएसएच थाइरोइड बढाउने हर्मोन हो । हाइ टीएसएच या लो टी ४ को अर्थ हो क्रोनिक हाइपोथाइराइड । यदि टीएसएच उच्च छ र टी ४ नर्मल छ भने पनि हाइपोथाइरोइड हुन सक्छ ।

४. मुटु रोगको डर

अनुसन्धानले बताएको छ की हृदयाघातको ७० प्रतिशत मामिलामा केही हप्ता पहिलेदेखि नै असामान्य थकान अनुभव हुन थाल्छ । पुरुषको तुलनामा महिलामा यो लक्षण बढी देखिने अनुसन्धानकर्ताले बताएका छन् । 

यसको रोकथामका लागि धूमपान र मदिराबाट जोगिनुपर्छ । सन्तुलित भोजन, ३० देखि ६० मिनेटसम्म एरोबिक एक्सरसाइज अपरिहार्य हुन्छ । साथै, चिकित्सकको सल्लाहमा कोलेस्टेरोल, ब्लड प्रेसर, सुगर, लिपिड प्रोफाइल, इसीजी, टीएमटी परीक्षण र एन्जिओग्राम गराउनु आवश्यक छ । यदि श्वासप्रश्वासमा समस्या छ भने डाक्टरको सल्लाहमा सीटी स्क्यान या इकोकार्डियोग्राम गराउनु उपयुक्त हुन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ