काठमाडौबाट ओखलढुंगा जादै गरेको यात्रु बस दुर्घटना

साझासवाल

काठमाडौँ | काठमाडौबाट ओखलढुंगा जादै गरेको यात्रु वाहक बस दोलखामा दुर्घटनामा परेको छ।

रिजर्भ गरेर दसैँ मनाउन काठमाडौबाट आज लिखु गाउँपालिका ओखलढुंगा गाम्नाङटार हिँडेका यात्रु बसेको प्रदेश ३–०१–००६ ख ०६३५ नम्बरको बस अनियन्त्रित भएर दोलखाको भीमेश्वर नगरपालिका–८ मा दुर्घटनामा परेको हो।

दुर्घटनामा १५ भन्दा बढि यात्रु घाइते भएका प्रहरीले जनाएका छन्। भने तीन मध्ये ४ जना गम्भीर घाइते भएका छन्। उनीहरुको चरिकोट अस्पतालमा उपचार भइरहेको छ।

यो सडक खण्डमा मंगलबार मात्रै तीनवटा सवारी साधन दुर्घटनामा परेको प्रहरीले जनाएको छन् |