२४ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कस्तो रहने छ सप्तमीदेखि दशमीको दिनसम्मको मौसम ! हेर्नुहोस

२३ आश्विन २०८१, बुधबार १३:५८

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बडादशैंको सप्तमीदेखि दशमीको दिनसम्मको मौसम पूर्वानुमान गरेको छ ।

आज (बुधबार) दशैं विशेष मौसम बुलेटिन जारी गर्दै महाशाखाले कोशी र मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको हो ।

बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भने बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी र मधेश प्रदेशका केही थोरै स्थानहरूका साथै बागमती, गण्डकीसहित पश्चिम नेपालका भूभागबाट भने मनसुन बाहिरिसकेको जनाएको छ ।

साथै, सप्तमीदेखि दशैंको टीकाको दिनसम्म अहिलेको तुलनामा जाडो भने बढ्ने छ । अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले यससम्बन्धी आवश्यक जानकारी क्रमशः अद्यावधिक गरिँदै जाने बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीको चीन भ्रमणका लागि दुई दलीय संयन्त्र बनेको होईन्: उपमहासचिव ज्ञवाली गौतम बुद्ध विमानस्थलमा फ्लाइ दुबइको विमान अवतरण ओली नेतृत्वको सरकार कांग्रेस–एमाले मिलेर बनेको होइन : अध्यक्ष दाहाल मानव तस्करीको आरोप लागेका आन्तरिक मामिला तथा कानुन मन्त्री अधिकारीलाई एमालेले गर्‍यो निलम्बन गौघाट ग्रीन रनको उपाधि विजय र विनिसालाई यु–१९ महिला विश्वकप छनोट: नेपाल तेस्रो खेलमा युएईसँग १३ रनले पराजित सहकारी होस् कि मानव तस्करी, गल्ती गर्नेले सजाय भोग्नुपर्छ : महामन्त्री थापा पाकिस्तानको क्वेटा रेलवे स्टेसनमा आज विस्फोट हुँदा २१ जनाको मृत्यु यु–१९ महिला विश्वकप छनोट: युएइले नेपाललाई दियो १ सय २३ रनको लक्ष्य उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री सिंह स्वदेश फिर्ता कांग्रेस सभापति देउवा आइतबार एक साताका लागि गृहजिल्ला डडेल्धुरा जाँदै सुदूरपश्चिम रोयल्सको प्रायोजकमा कुमारी जब ‘पुजार सार्की’ निर्माताको दोस्रो चलचित्र ‘फ्र्याक्चर’को छायाङ्कन सकियो, हलिउडसँग सहकार्य मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु हुँदैन् : राष्ट्रपति पौडेल खेलकुद क्षेत्रको विकास पहिलो प्राथमिकतामा: प्रदेश मन्त्री महर्जन रास्वपाले आज पनि बोलायो केन्द्रीय समितिको बैठक मकवानपुरको थाहा नगरपालिका आउँदै प्रचण्ड दक्षिण अफ्रिकासँग भारत ६१ रनले विजयी मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा:हालसम्म १८९ जनाको उद्धार एमालेको सचिवालय बैठक आज बस्दै