Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

सौरपानीका बासिन्दाको सहयोगमा सौरपानी स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

२०७५, २२ श्रावण मंगलवार १६:०७

जि.पि.पौडेल / साउन २२,गोरखा । गोरखाको सुलिकोट गाउँपालिका वडा न.४ सौरपानीका बासिन्दाको सहयोगमा सौरपानी स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरीएको छ । बैदैशिक रोजगारीको सिलसिलामा बिदेश तथा स्वदेशमै रोजगारी गरिरहेका युवाहरूले सामाजीक सञ्जालबाट नै एम्बुलेन्स खरिद गरी आज एक कार्यक्रमका बिच एम्बुलेन्स हस्तान्तरण गरेका हुन ।

गण्डकी प्रदेशका सांसद प्रकासचन्द्र दवाडीले बिशेष उपस्थितीमा सौरपानी स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरीएको हो । गाउँपालिकाका अध्यक्ष विष्णु भट्टको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य चौकीकी प्रमुख अनिता पनेरुलाई एम्बुलेन्स हस्तान्तरण गरिएको ‘सौरपानी सामूदायिक एम्बुलेन्स’ अभियानका संयोजक इश्वर पनेरुले जानकारी दिए ।

सदरमुकामबाट करिव ४३ किमीको दूरीमा रहेका सो वडाका बासिन्दा बिरामी परेमा साधनको अभावमा समयमै अस्पताल पुग्न नसकी उपचारबाट वञ्चित रहनुपरेको स्थिति रहदै आएको थियो ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सांसद दवाडी, गाउँपालिकाका अध्यक्ष भट्ट, संयोजक पनेरु, दिनेश खनखवास, वीरबहादुर गुरुङ, लक्ष्मण न्यौपाने, मोहन ढकाल लगायतले बिभिन्न राजनैतिक दलका प्रतिनिधीहरुले मन्तव्य ब्यक्त गरेका थिए ।

त्यस्तै गरी आजै सुलिकोट गाउँपालिका वडा न.३ मा रहेको नेपाल टेलिकमको टावर पनि सांसद दवाडीले सर्वेक्षण गरेका छन । नेपाल टेलिकमको प्राबिधिक टोली सहित सासंद दवाडीले मोवाईल सेवा थप बिस्तार गर्न बन्दै गरेको टावरको सर्वेक्षण गरेका हुन । उक्त सर्वेक्षण टोलीमा नेपाल टेलिकम गोरखाका प्रमुख चन्द्र ब. श्रेष्ठ, बरिष्ठ इन्जिनियर हरी खनाल सहितको टोली उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित