2026-09-08 05:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखाका ८२५ गैर सरकारी संघसंस्था खारेजीमा, १५ दिनभित्र चल अचल सम्पतिको विवरण पेश गर्नुपर्ने

मनोज पराजुली,साउन २३, गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लामा दर्ता भएर नवीकरण नगर्ने गैर सरकारी संस्थाहरु खारेजी प्रक्रिया अगाडी बढाएको छ। लगातार तीन वर्षसम्म पनि नवीकरण नगर्ने गैर सरकारी संस्थालाई गृह मन्त्रालयबाट खारेज गर्ने निर्णय भई जिल्ला प्रशासन कार्यालयमा परिपत्र आएपछि प्रशासन कार्यालयले खारेजी प्रक्रिया शुरु गरेको हो ।

 जिल्ला प्रशासन कार्यालय गोरखामा संस्थादर्ता ऐन २०३४ बमोजिम हालसम्म १४ सय ५० वटा गैर सरकारी संस्थाहरु दर्ता भएका छन् । जसमध्ये ८२५ संस्थाहरुको ३ वर्ष भन्दा बढी अवधीदेखि नविकरण नगरेका कारण गैरसरकारी संस्थाहरुको दर्ता खारेजी प्रकृया अगाडि बढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टरार्इले साझा सवाललाई बताए। खारेजीमा परेका संस्थाहरुले भाद्र ६ गतेसम्म संस्थाको चल अचल सम्पतिको विवरण साथै तिर्नु पर्ने दायित्व समेतको विवरण जिल्ला प्रशासन कर्यलायमा पेश गर्न भनिएको प्रमुख जिल्ला अधिकारी भट्टरार्इले जानकारी दिए।  

गत जेठ २४ गते गृहमन्त्री राम बहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको बैठकले जिल्ला प्रशासन कार्यालय, कम्पनी रजिष्टार कार्यालयमा दर्ता भै समाज कल्याण परिषदमा आवद्ध भएका गैरसरकारी संस्था, अन्तराष्ट्रिय गैर सरकारी संस्था तथा प्रतिफल वितरण नगर्ने कम्पनीहरुको ३ (तीन) वर्ष सम्मको नविकरणको अवस्था हेरी तत् तत् निकायमा नविकरण भएको नपाइएमा तत् तत् निकायबाट पुनः नविकरण गर्न १५ (पन्ध्र) दिने सूचना जारी गर्ने र सो समयावधी भित्र नविकरण हुन नआउने संस्थाहरुको दर्ता खारेजी प्रकृया अघि बढाउने निर्णय गरेको थियो।

साथै नविकरण गर्दा उक्त संस्थाहरुको दर्ता खारेजी प्रकृया अघि बढाउने र नविकरण गर्दा उक्त संस्थाहरुले हाल सम्म गरेका कार्यहरुको आर्थिक विवरण सहितको प्रतिवेदन लिन समेत निर्देशन दिने निर्णय गरेको थियो ।खारेजीमा परेका संस्थाका विवरण हेर्न यो खारेजीमा परेका संस्थाका विवरण लिंकमा क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ