६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखाका ८२५ गैर सरकारी संघसंस्था खारेजीमा, १५ दिनभित्र चल अचल सम्पतिको विवरण पेश गर्नुपर्ने

२३ श्रावण २०७५, बुधबार १३:३६

मनोज पराजुली,साउन २३, गोरखा। जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लामा दर्ता भएर नवीकरण नगर्ने गैर सरकारी संस्थाहरु खारेजी प्रक्रिया अगाडी बढाएको छ। लगातार तीन वर्षसम्म पनि नवीकरण नगर्ने गैर सरकारी संस्थालाई गृह मन्त्रालयबाट खारेज गर्ने निर्णय भई जिल्ला प्रशासन कार्यालयमा परिपत्र आएपछि प्रशासन कार्यालयले खारेजी प्रक्रिया शुरु गरेको हो ।

 जिल्ला प्रशासन कार्यालय गोरखामा संस्थादर्ता ऐन २०३४ बमोजिम हालसम्म १४ सय ५० वटा गैर सरकारी संस्थाहरु दर्ता भएका छन् । जसमध्ये ८२५ संस्थाहरुको ३ वर्ष भन्दा बढी अवधीदेखि नविकरण नगरेका कारण गैरसरकारी संस्थाहरुको दर्ता खारेजी प्रकृया अगाडि बढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टरार्इले साझा सवाललाई बताए। खारेजीमा परेका संस्थाहरुले भाद्र ६ गतेसम्म संस्थाको चल अचल सम्पतिको विवरण साथै तिर्नु पर्ने दायित्व समेतको विवरण जिल्ला प्रशासन कर्यलायमा पेश गर्न भनिएको प्रमुख जिल्ला अधिकारी भट्टरार्इले जानकारी दिए।  

गत जेठ २४ गते गृहमन्त्री राम बहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको बैठकले जिल्ला प्रशासन कार्यालय, कम्पनी रजिष्टार कार्यालयमा दर्ता भै समाज कल्याण परिषदमा आवद्ध भएका गैरसरकारी संस्था, अन्तराष्ट्रिय गैर सरकारी संस्था तथा प्रतिफल वितरण नगर्ने कम्पनीहरुको ३ (तीन) वर्ष सम्मको नविकरणको अवस्था हेरी तत् तत् निकायमा नविकरण भएको नपाइएमा तत् तत् निकायबाट पुनः नविकरण गर्न १५ (पन्ध्र) दिने सूचना जारी गर्ने र सो समयावधी भित्र नविकरण हुन नआउने संस्थाहरुको दर्ता खारेजी प्रकृया अघि बढाउने निर्णय गरेको थियो।

साथै नविकरण गर्दा उक्त संस्थाहरुको दर्ता खारेजी प्रकृया अघि बढाउने र नविकरण गर्दा उक्त संस्थाहरुले हाल सम्म गरेका कार्यहरुको आर्थिक विवरण सहितको प्रतिवेदन लिन समेत निर्देशन दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल