९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुस्ताङ्ग पुग्दा जे देखे मैले…

४ भाद्र २०७५, सोमबार ०९:२४

जेठको महिना,तराईमा बसेको म हिमाल तिर सारै चिसो हुन्छ रे भन्ने मात्र सुनेको थिए ।केहि सहकर्मी मित्रहरु सँगको सल्लाह पछी हामी ६ जना मुस्ताङको मुक्तिनाथ भ्रमण जाने योजना बनायौं । केहि दिन मात्र पहिले भारतीय प्रधाानन्त्रि नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन गरेका थिए । हामी जाने पक्का भएपछी जेठको ६ गते कपिलवस्तुको चन्द्रौटावाट मुस्ताङको लागी वाटो सोजायौँ । पत्रकार मात्र जाने भन्ने निर्णय भएकोले वाहिरी मान्छे कोहि थिएन । ५ दिने भ्रमणको लागी चन्द्रौटावाट जेठ ६ गते सबेरै ५ वजे हिड्याँै । वुटवल, पाल्पा स्याङ्जा हुदै कास्की प्रस्थान गर्यौ । हाम्रो पहिलो दिनको बसाई म्याग्दीको बेनीमा भयो । सुन्दर बजार साँझको समयमा झलमल्ल परेको थियो बेनी बजार , करिव साँझको ७ वजे एक होटलमा बस्न गयौँ । वौद्ध धर्मालम्वीहरुले प्रथना गरेका थिए । हामी त्यहि हेर्न र रमझममा ब्यस्त भयाँै । कसैलाई नचिनेको न त जानेको पनि तर हामी एक आपसमा गफ गरेर समय विताइरहेका थियाँै । त्यो रात त्यहि बेनीमा वित्यो । यात्राको दोस्रो दिन हामी मुस्ताङ तर्फ सबेरै हिड्यौं । 

विहानको चिसो समयमा हामी रमाइलो गर्दै हिड्यौँ । कच्चि वाटो पारी हेर्दा हिमालका चुचराहरु देखीने, साथिहरुले त्यहि हो हामी पुग्ने भन्दा पनि रमाइलो अनुभव भएको थियो । कालीगण्डकीको तिरै तिर हामी माथि तिर लाग्याँै । रमाइलो मौसम जाडो हुन्छ रे भनेर जकेट लगेका थियौँ । कालीगण्डकीको तिरै तिर जादा चिसोले हान्दो रहेछ त्यसैले जकेट लगाएका थियौँ ।

मुस्ताङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चलको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो । हिमालपारीको जिल्लाको नामबाट चिनिने यो जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको विचमा रहेको र करिव ३००० वर्ष भन्दा अगाडिको पुरातात्विक उत्खननबाट देखिए अनुसार यो क्षेत्र परापूर्वकालमा नेपाल र तिब्बत वीचको व्यापारिक मुख्य नाका हो भन्ने सुनेको थिए ।

हामी जादै गर्दा वाटोमा भेटने स्थानियहरुलाई हामीले यस ठाउँको वारेमा जिज्ञासा राख्ने गरेका थियौँ । हामीले कालीगण्डकी भनेर चिन्ने नदिलाई स्थानियहरुले थाक खोला भन्ने गर्दा रहेछन । नदीको छेउछाउमा मात्र घरहरु देखीने गर्दथे तर टाढा टाढा भने घरहरु थिएनन् ।

उच्च पहाडी दुर्गम हिमाली जिल्ला भएको हुनाले यहाको जनजीवन भिन्नै प्रकारको रहेको महशुस गरेको थिए । जोमसोम पुग्न करिव २ किलोमिटर रहदै गर्दा हाम्रो गाडी थाक खोलामा फस्यो । अव अलपत्र परिन्छ की भन्ने डर थियो मेरो मनमा, हामी मुस्ताङको सदरमुकाम जोमसोममा पुग्यौँ । भोटे, गुरुङ, ठकुरी, थकाली जातीहरूको वाहुल्यता रहेको यस क्षेत्रमा भने धेरैले वौद्ध धर्म मान्ने गर्दा रहेछन । हामी सदरमुकाम जोमसोममा ओर्लीएर घुम्न थाल्यौँ । सवै आ–आफ्नो पहिरनमा देखिन्थे । नजिकै रहेको एयरपोर्ट स्थलमा पुग्यौँ । सायद ठुला ठुला मान्छेहरु जहाजवाट चढ्ने ओलिर्ने ठाउ यहिनै हो । जोमसोम पुग्दा सम्मको कष्ट सायद उनिहरुले भोग्नु पर्दैन होला । जिल्लाको नाम कसरी रहयो होला भन्ने कुरा पनि हामि त्यहि जोमसोममा वसेर जिज्ञासा राख्यौँ । मुस्ता¨ नाम एक औषधि वाट हुन आएको वुढापाकाहरुले भनेको स्थानियहरुको भनाई थियो तर यो सत्य भन्ने चाहि पुष्टी गर्न सकेनन ।

हामी त्यसपछी कागवेनीमा पुग्यौँ । त्यहा केहि मन्दिरहरु रहेछन मन्दिरको दर्शन गरेपछी केहि तस्विरहरु कैद गरेर हाम्रो यात्रा माथि मुक्तिनाथ तर्फ लाग्यो । माथि वाट करिव ७ किलोमिटर पक्की सडक रहेछ । कागवेनीवाट माथि जादा डाडाँकाडाँ न देखीन्थे । न कुनै विरुवा न त घर नै । हामी माथि जादै गर्दा हावाको वेग भने अतिनै थियो । गाडीलाई अनियन्त्रीत बनाउने खालको, झ्याल खोल्न पनि नसकिने जस्तो , मुक्तिनाथ मन्दिर भन्दा कहि तलसम्म मात्र गाडी जादो रहेछ । हामी गाडीवाट ओर्लियौँ । चिसो हावा सरर चलेको थियो दिउसोको समय भएकोले घाम पनि लागेको थियो तर चिसोले गर्दा तातो भने थिएन ।

मन्दिर पुग्न उकालो वाटो भएकोले पर्यटकहरु घोडावाट गइरहेका थिए । म पनि अहिलेसम्म घोडा नचढेको, रहर थियो । साथिहरुको सल्लाह पछि हामी घोडा चड्यौ । घोडाको मालिकले घोडा डोहोर्याए  म घोडामा चढेको थिए । केहि मिटर पर पुगेपछी घोडाको मालिकलाई धेरै कुरा सोधे दिन भर घोडा हिडाल्ने साझ परिवारसँग गएर खाना खाने बस्ने गरेको सुन्दा कतिको खुसिको जिन्दगी भने मनमा सोचिरहे । म चढेको घोडाको मालिक सग २ वटा घोडा रहेछन पालै पालो गरेर हिडाल्दा रहेछन । यतिकैमा हामी मुक्तिनाथ मन्दिर पुग्यौ । धेरै वृद्धवृद्धाहरु दर्शन गरिरहेका थिए । थोरै मात्र हिडन खाजेको सारै सास वढयो । अक्सिजनको कमी भएर होला कतिपय वृद्धहरुलाई स्टेचरमा वोकेर हिडिरहेका थिए ।

मन्दिरको अगाडि २ वटा पोखरी रहेछन । १०८ वटा धारा रहेको ठाउमा पुगेर हामी नुहाउन थाल्यौ । पानी अति नै  चिसो थियो । १०८ वटा धाराको पानी जसरी भएपनि शरिरमा पुग्नुपर्ने धार्मीक विश्वास रहेकोले हामीले पानीको धारमा नुहाएपछी पोखरीमा नुहाउन थाल्यौँ । पोखरीमा पैसाका सिक्काहरु हुदाँ रहेछन ति सिक्का हातमा ल्याउन सकियो भने पाप कट्छ भन्ने विश्वास रहेछ । तिन पटक सम्म पानीमा डुबेर सिक्का हातमा लियौँ । त्यसपछी हामी मन्दिर तर्फ दर्शनको लागी गयौँ । मन्दिरको दर्शन पछि नजिकै गौतम वुद्धको ठुलो मुर्ति रहेछ । त्यस ठाउमा पुगेर फोटा खिच्दै हिमालका चुचुराहरु हेर्दै बसेका थियौँ । दिनभर हिउ पग्लीदो रहेछ । मेरो मन भने त्यो हिउ छुन थियो तर यस भ्रमणमा त्यो सफल हुन सकेन । हिउवाट पग्लेको पानी छुदा चिसो अनुभव अझ त्यो हिउनै छुन पाए कस्तो हुदो रहेछ भन्ने कुराको महशुस गर्न मेरो मन थियो । यतिकैमा ति हिमालका चुचरा हेर्दै हामी फकिर्ने तयारी गरर्यौ ।हाम्रो टिमा रहेका अराज,दिपक,कृष्ण,अर्जुन,कृष्ण र म सवै रमाइलो गर्दै मुक्तिनाथको दर्शन सकायौँ ।यसपछी पोखरा,तनहुँको बन्दीपुर होमस्टे,जवलपरासीको अमलटारी होमस्टे,सिजी मन्दिर लगाएतको ठाउमा भ्रमण गर्दै ५ दिने भ्रमण सम्पन्न गर्यौं । 

माधव बेल्वासे

कपिलवस्तु

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै हेर्नुहोस आइतबारको विदेशी मुद्राको विनिमय दर ! देशको यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता