2026-06-25 08:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रोल्पाको च्याउले बजार पाएन

2018-08-21

भदौ ५, रोल्पा | आयआर्जनका लागि उत्तरी रोल्पाको वीर बलभद्र माध्यमिक विद्यालय थवाङले उत्पादन गरेको च्याउखेती बजार अभावका कारण कुहिँदा क्षति ब्यहोर्नुपरेको छ । 

सो विद्यालयले आन्तरिक आयस्रोत वृद्धि गर्न, शिक्षालाई व्यवहारिक एवं प्रयोगात्मक बनाउन बाली विज्ञान अध्ययन गर्ने विद्यार्थी परिचालन गरी च्याउखेती थालेको हो । सो खेती गर्न विद्यालयले रु ३ लाख लगानी गरेको बताइएको छ । 

दैनिक २५ देखि ५० किलोसम्म उत्पादन दिन थाले पनि स्थानीय बजारमा च्याउ थोरै बिक्री भएको छ । जिल्लाका साना ठूला बजार खोजिएको तर वर्षात्का कारण सडक अवरुद्ध हँुदा अन्यत्र पठाउँन सकिएको छैन । च्याउको बजार मूल्य सदरमुकाम लिवाङमा प्रतिकिलो रु ४०० रहे पनि थवाङमा भने रु १५० मा दिँदा समेत बिक्री हुन नसकेको प्रधानाध्यापक कूलबहादुर वलीले बताउनुयो । 

“सानो बजारका कारण उत्पादित च्याउ खपत हुन सकेन, संरक्षण र भण्डारण गर्ने प्रविधि तत्काल उपयोग गर्न नसकेपछि च्याउ कुहिएर जाने भए,” वलीले भन्नुभयो । स्थानीय प्रविधिबाट च्याउको सुकुटी बनाउने प्रयास असफल भएको बताइएको छ । धेरै प्रयास गर्दा पनि च्याउ कुहिनबाट बचाउन नसक्दा रु दुई लाख बढीको क्षति भएको उहाँले बताउनुभयो । 

यस वर्ष च्याउ कुहिए पनि आगामी वर्ष विशेष तयारीसाथ ठूलो परिमाणमा खेती गर्ने विद्यालयले जनाएको छ । प्रविधिमैत्री उत्पादन र बजारीकरणलाई साथसाथै जोडेर उत्पादनमा ध्यान दिने वलीले बताउनुभयो । थवाङलाई अर्गानिक गाउँ घोषणाका लागि प्रमाणीकरणको काम भइरहेकाले विद्यालयले उत्पादन गरेको च्याउ तथा तरकारी रसायनिक र विषादीमुक्त रहेको बताइएको छ । 

च्याउखेतीको राम्रो सम्भावना रहेको थवाङमा उत्पादित च्याउ सुकाएर पछि बिक्री गर्ने प्रविधि जरुरी रहेको विद्यालयले जनाएको छ । विद्यार्थीले गर्ने प्रयोगात्मक अभ्यासबाट निरन्तररूपमा च्याउ उत्पादन हुने भएकाले बजारको खाँचो रहेको बताइएको छ । सानातिना काममा सरकारको मुख नताकी विद्यालयमा गरिने यस्ता उत्पादनमूलक कामले विद्यालयको आत्मनिर्भरता बढाउने स्थानीय शिक्षाप्रेमी बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ