2026-10-27 03:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

स्थानिय तहमा भष्ट्राचारको संकेत: सदरमुकामै बसेर महालेखा परिक्षण

हुमाकान्त पोखरेल | भदौ १३, गुल्मी। अहिले जिल्ला–जिल्लामा महालेखा परिक्षण (मलेप) गर्नेको चटारो छ । केहि स्थानीय तहको अहिले सदरमुकाम तम्घासमा मलेप भइरहेको छ । भने केहि सदरमुकाम आउन श्रेस्ता कुम्लो पार्दैछन् । मलेप सम्बन्धित कार्यालयमा पुगेर गर्नुपर्ने कानुनी व्यावस्था छ । तर काठमाण्डौबाट आएको महालेखा परिक्षकको एउटा टोलीले सदरमुकाम तम्घासमै बसेर मलेप गरिरहेका छन् । जिल्लाका दुई नगर र १० गाउँपालिकामा महालेखा परिक्षकको कार्यालयका निर्देशक बल बहादुर कार्की र दिव्य दर्शन अधिकारीको दुई टोलीले मलेप गर्दैछ । 

कार्कीले जिल्लाको मुसिकोट नगरपालिका, गुल्मी दरवार, छत्रकोट, इस्मा, चन्द्रकोट र कालीगण्डकी गाउँपालिकामा मलेप गर्दैछ । भने अर्को निर्देशक दिव्य दर्शन अधिकारीको टोलीले रेसुंगा नगरपालिका, मालिका, मदाने, धुर्कोट, सत्यवति र रुरु गाउँपालिकामा मलेप गर्दैछ । त्यस मध्येका निर्देशक अधिकारीको टोलीले सोमबारदेखि सदरमुकाम तम्घासको साविकको प्राविधिक कार्यालममा रेसुंगा नगरपालिका र सत्यवति गाउँपालिकाको मलेप गरिरहेको छ । निर्देशक अधिकारीले आफुहरु गाउँमै जाने भनेर आएपनि दुर्गम र बर्खाको कारण सदरमुकामै मलेप गर्न थालेको बताए । आफुहरुले गर्ने जिम्मा पाएका स्थानीय तह मध्ये रुरु र धुर्कोट बाहेक अरुलाई सदरमुकाममै बोलाएको अधिकारीले बताए ।

त्यस मध्येका अर्का टोलीका निर्देशक कार्कीले छत्रकोट गाउँपालिका सकेर अहिले गुल्मी दरवार गाउँपालिकाको मलेप गरिरहेको छ । निर्देशक कार्कीले मलेप सम्बन्धित कार्यालयमै गएर गर्नुपर्नेमा स्विकार गर्छन् । कार्कीले कुनै ठुलो समस्या परे मात्रै समन्वय गरेर सदरमुकाममा गर्न सक्ने भएपनि कार्यालयलाई फाइल बोकेर आउन मुस्किल पर्ने बताए । ‘अहिले दुई स्थानीय तहको काम गरिरहेका छौ, सकेसम्म गाउँ पुगौ भन्ने हो,’ उनले भने,‘ समस्या परे सदरमुकाम बोलाउँछौ ।’ 

गाउँको काम सदरमुकाममा मलेप सुहाएन : जनप्रतिनिधी

सत्यवति गाउँपालिका प्रमुख पारिश्वर ढकालले पहिले मलेपको टोलीले आफुहरुलाई गाउँमै आउने जानकारी गराएपनि पछि सदरमुकाम तम्घासमै बोलाएकाले कर्मचारी फाइल बोकेर गएको बताए । उनले पनि काम भएकै ठाउँमा गएर महालेखा परिक्षण गर्नुपर्ने बताए । त्यस्तै इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले पनि पहिले आफुहरुलाई १२ भदौको मिति दिएपनि पछि सदरमुकाममै आउन भनेकाले कर्मचारीहरु तम्घास जाने तयारी गरिरहेको बताए । उनले पनि गाउँमा भएको काम कारबाहिको सदरमुकाममा बिल हेरेर मात्र मलेप नहुनेमा जोड दिए । ‘महालेखा परिक्षकको कार्यालयको सुचनानै भरपर्दो भएन, कहिले गाउँ कहिले तम्घास ?उनले भने,‘ मलेप कागजी प्रक्रिया हेर्ने मात्र हैन ।’ त्यस्तै एकिकृत ग्रामिण विकास समाजका अध्यक्ष हिरा एसीले पनि स्थानीय तहमा भैरहेको खरिदका बारेमा चर्को आलोचना भैरहेका बेला जिल्लामा मलेप हुनु दुखद पक्ष भएको बताए । ‘गाउँमा किनेको सोफा वा फर्निचरको अवस्था मलेपलाई तम्घासमा के थाहा ? सामग्री ल्याउने कुरा भएन,’उनले भने,‘ बिल जस्तो पनि हुन्छ ।’ उनले अहिले जिल्लाका धेरै स्थानीय तहमा गाडी पुग्ने र पानी पनि त्यति नपरेकाले समस्या नभएको बताए ।

गाउँ जान निर्देशन भएको छ: प्रजिअ

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले आफुले शुरुमा गाउगाउँमै पुगेर मलेप गर्न निर्देशन दिएको बताए । उनले कार्यालयका सुविधाका लागि भन्दा मसिनो गरि कार्यालयका आर्थिक गतिविधी हेर्न भनेको बताए । ‘जिल्लामै बसेर मलेप गर्ने भए स्थानीय तह पोको बोकेर काठमाण्डौ गए भयो,’उनले भने,‘मैले फेरि फोन गरेर पनि गाउँ नै जान भन्छु ।’ कोष तथा लेखा नियन्त्रक सशिन्द्र खातीका अनुसार स्थानीय सरकारले गाउँ सभा, ऐन नियम र कार्यक्रम अनुसारको बजेटको श्रेस्ता र खरिद बिक्रीको लेखाजोखा गरिन्छ । प्रमुख जिल्ला अधिकारी पौडेलले टोलीलाई गाउँ पुग्न गाह्रो सारो परे खबर गर्न समेत भनेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला