2026-09-01 07:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

स्थानिय तहमा भष्ट्राचारको संकेत: सदरमुकामै बसेर महालेखा परिक्षण

हुमाकान्त पोखरेल | भदौ १३, गुल्मी। अहिले जिल्ला–जिल्लामा महालेखा परिक्षण (मलेप) गर्नेको चटारो छ । केहि स्थानीय तहको अहिले सदरमुकाम तम्घासमा मलेप भइरहेको छ । भने केहि सदरमुकाम आउन श्रेस्ता कुम्लो पार्दैछन् । मलेप सम्बन्धित कार्यालयमा पुगेर गर्नुपर्ने कानुनी व्यावस्था छ । तर काठमाण्डौबाट आएको महालेखा परिक्षकको एउटा टोलीले सदरमुकाम तम्घासमै बसेर मलेप गरिरहेका छन् । जिल्लाका दुई नगर र १० गाउँपालिकामा महालेखा परिक्षकको कार्यालयका निर्देशक बल बहादुर कार्की र दिव्य दर्शन अधिकारीको दुई टोलीले मलेप गर्दैछ । 

कार्कीले जिल्लाको मुसिकोट नगरपालिका, गुल्मी दरवार, छत्रकोट, इस्मा, चन्द्रकोट र कालीगण्डकी गाउँपालिकामा मलेप गर्दैछ । भने अर्को निर्देशक दिव्य दर्शन अधिकारीको टोलीले रेसुंगा नगरपालिका, मालिका, मदाने, धुर्कोट, सत्यवति र रुरु गाउँपालिकामा मलेप गर्दैछ । त्यस मध्येका निर्देशक अधिकारीको टोलीले सोमबारदेखि सदरमुकाम तम्घासको साविकको प्राविधिक कार्यालममा रेसुंगा नगरपालिका र सत्यवति गाउँपालिकाको मलेप गरिरहेको छ । निर्देशक अधिकारीले आफुहरु गाउँमै जाने भनेर आएपनि दुर्गम र बर्खाको कारण सदरमुकामै मलेप गर्न थालेको बताए । आफुहरुले गर्ने जिम्मा पाएका स्थानीय तह मध्ये रुरु र धुर्कोट बाहेक अरुलाई सदरमुकाममै बोलाएको अधिकारीले बताए ।

त्यस मध्येका अर्का टोलीका निर्देशक कार्कीले छत्रकोट गाउँपालिका सकेर अहिले गुल्मी दरवार गाउँपालिकाको मलेप गरिरहेको छ । निर्देशक कार्कीले मलेप सम्बन्धित कार्यालयमै गएर गर्नुपर्नेमा स्विकार गर्छन् । कार्कीले कुनै ठुलो समस्या परे मात्रै समन्वय गरेर सदरमुकाममा गर्न सक्ने भएपनि कार्यालयलाई फाइल बोकेर आउन मुस्किल पर्ने बताए । ‘अहिले दुई स्थानीय तहको काम गरिरहेका छौ, सकेसम्म गाउँ पुगौ भन्ने हो,’ उनले भने,‘ समस्या परे सदरमुकाम बोलाउँछौ ।’ 

गाउँको काम सदरमुकाममा मलेप सुहाएन : जनप्रतिनिधी

सत्यवति गाउँपालिका प्रमुख पारिश्वर ढकालले पहिले मलेपको टोलीले आफुहरुलाई गाउँमै आउने जानकारी गराएपनि पछि सदरमुकाम तम्घासमै बोलाएकाले कर्मचारी फाइल बोकेर गएको बताए । उनले पनि काम भएकै ठाउँमा गएर महालेखा परिक्षण गर्नुपर्ने बताए । त्यस्तै इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले पनि पहिले आफुहरुलाई १२ भदौको मिति दिएपनि पछि सदरमुकाममै आउन भनेकाले कर्मचारीहरु तम्घास जाने तयारी गरिरहेको बताए । उनले पनि गाउँमा भएको काम कारबाहिको सदरमुकाममा बिल हेरेर मात्र मलेप नहुनेमा जोड दिए । ‘महालेखा परिक्षकको कार्यालयको सुचनानै भरपर्दो भएन, कहिले गाउँ कहिले तम्घास ?उनले भने,‘ मलेप कागजी प्रक्रिया हेर्ने मात्र हैन ।’ त्यस्तै एकिकृत ग्रामिण विकास समाजका अध्यक्ष हिरा एसीले पनि स्थानीय तहमा भैरहेको खरिदका बारेमा चर्को आलोचना भैरहेका बेला जिल्लामा मलेप हुनु दुखद पक्ष भएको बताए । ‘गाउँमा किनेको सोफा वा फर्निचरको अवस्था मलेपलाई तम्घासमा के थाहा ? सामग्री ल्याउने कुरा भएन,’उनले भने,‘ बिल जस्तो पनि हुन्छ ।’ उनले अहिले जिल्लाका धेरै स्थानीय तहमा गाडी पुग्ने र पानी पनि त्यति नपरेकाले समस्या नभएको बताए ।

गाउँ जान निर्देशन भएको छ: प्रजिअ

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले आफुले शुरुमा गाउगाउँमै पुगेर मलेप गर्न निर्देशन दिएको बताए । उनले कार्यालयका सुविधाका लागि भन्दा मसिनो गरि कार्यालयका आर्थिक गतिविधी हेर्न भनेको बताए । ‘जिल्लामै बसेर मलेप गर्ने भए स्थानीय तह पोको बोकेर काठमाण्डौ गए भयो,’उनले भने,‘मैले फेरि फोन गरेर पनि गाउँ नै जान भन्छु ।’ कोष तथा लेखा नियन्त्रक सशिन्द्र खातीका अनुसार स्थानीय सरकारले गाउँ सभा, ऐन नियम र कार्यक्रम अनुसारको बजेटको श्रेस्ता र खरिद बिक्रीको लेखाजोखा गरिन्छ । प्रमुख जिल्ला अधिकारी पौडेलले टोलीलाई गाउँ पुग्न गाह्रो सारो परे खबर गर्न समेत भनेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली