2026-10-26 11:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

एम्बुलेन्स खरिदको लागि एक महिनामै जुट्यो २३ लाख

मनोज पराजुली, असोज ५,गोरखा । बारपाक सुलिकोट गाँउपालिका ७ का स्थानीयले एम्बुलेन्स खरिदको लागि आर्थिक संकलन शुरु गरेको एक महिनामै आवश्यक रकम जुटाएका छन् । स्थानीय बासिन्दाको अग्रसरतामा शुरु गरिएको अभियानबाट २२ लाख ५१ हजार 6 सय ९८ रुपैंया संकलन भएको रकम संकलन अभियन्ता सुलभ अमगाईले जानकारी दिए । 

एम्बुलेन्स खरिदको लागि स्थानीयले गत साउन ३१ गते बाट आर्थिक संकलन शुरु गरेका थिए। हालसम्म बैंक खातामा जम्मा भएको रकम सहित २३ लाख ५४ हजारको प्रतिवद्धता आएको एम्बुलेन्स खरिद समिति संयोजक तथा बारपाक सुलिकोट गाँउपालिका ७ का वडा  अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए । संकलन भएको रकम मध्येबाट ९ लाख ६० हजारमा एम्बुलेन्स खरिदको लागि अर्डर गरिएको उनले बताए । एम्बुलेन्स खरिदबाट बाँकी रहेको रकम एम्बुलेन्स संचालन फण्डमा जम्मा गरिने र सो रकम आगामी दिनमा एम्बुलेन्सको संचालनकै लागि खर्च गरिने गुरुङले जानकारी दिए । अबको तीन महिना भित्र अर्डर बमोजिम एम्बुलेन्स आउने र सो पश्च्यात एम्बुलेन्स संचालन गर्ने तयारी गरिएको उनले बताए।  स्थानीयले गाउँका विरामीलाई स्वास्थ्य संस्थासम्म लैजानको लागि एम्बुलेन्स खरिद गर्ने योजना अगाडी सारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने