२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

फोहोर ४ दिनमै उठ्छ: नगरपालिका, पैसा छ फाल्ने ठाउँ छैन: व्यवस्थापन समिति

२०७२, १८ भाद्र शुक्रबार ०३:३७

unnamed

बिनोद डाँगी/भदौ १८, रोल्पा । ३ महिना भयो फोहोर नउठेको । बिहानै उठ्यो कि फोहोरको थुप्रोको दर्शन गर्नुपर्छ, आज फाल्छ भन्यो, फाल्दैन, भोली फाल्छ भन्यो फाल्दैन हुँदा हुँदा ३ महिना बितिसकेछ ।

लिबाङ नगरपालिकमा व्यापार गर्दै आइरहेका एकजनाले नाम नखुलाउने सर्तमा भने । मैले प्रश्न गरे तपाई आफैले पनि त फाल्न सक्नुहुन्छ नि ? तपाइको पनि दायित्व हैन र ? उनले थपे मेरो फोहोर त म फाल्न सक्छु जलाउन सक्छु, नजल्नेलाई छुट्याएर राख्न सक्छु तर सबैको फोहोर यहि चौरमा आएर थुपारिन्छ अनि कसरी फाल्ने, तपाई आफै भन्नुहोस ? उनको प्रतिप्रश्नले मलाई चुप बनायो । यो दायित्व बिशेष त नगरपालिकाको हैन र ? कथाले छुट्टै मोड लियो ।

साच्चै लिबाङको हराभरा सुन्दरता केही बर्षयता खस्केको महशुस धेरैले गरिसकेका छन । अनि रोल्पाको मुटु मानिने सदरमुकाम लिबाङमा रहेको टुडिखेल त झन बर्षौदेखि थिचोमिचो सहेर बाँचिरहेको छ । कहिले यातायात व्यवसायीका गाडीहरुको, कहिले राजनैतिक तथा सांस्कृतिक कार्यक्रममा हजारौको थिचोमिचो, बिहानै उठेर चिया गफको थिचोमिचो र अहिले फोहोरको थिचोमिचो । यस्तो लाग्दैछ टुडिखेल भुडीखेल र झुलिखेल हुन लागिसक्यो । यसर्थमा टुडिखेलमा जानै हुदैन भनिएको हैन तर यसको सुन्दरतालाई बचाई राखौ भन्ने हो । टुडिखेलमा कहाँबाट आयो यति धेरै फोहोर । सामुदायिक प्रहरी केन्द्रको नजिकै रहेको पानी धारानेर कसरी जम्मा भयो फोहोर ? बास्केटबल कोर्टनेर कसरी खेरियो फोहोर ? नजिकैको स्रोतलाई मान्ने हो भने लिबाङ टुडिखेलमा फोहोर त्यसै जम्मा भएको हैन । एकजनाले फोहोर फालेपछि त्यसैको सिको गर्दै अरुले पनि त्यहि फालेका रहेछन ।

फाल्दा फाल्दा अहिले फोहोर टन्न छ । अर्को कुरा पनि आयो । फोहोर आफै टुडिखेलमा लिएर आउदा लाज हुने भएर धेरैले टेकमानलाई समेत बोकाएर पठाउदा रहेछन । बिडम्बना थिचोमिचो सहनेमा टुडिखेल नै परेको छ । कुनै समय ग्रिन पार्क बनाउने धारणा सम्म आएको टुडिखेल अहिले न वार न पार छ । लिबाङ नगरपालिकाको फोहोर व्यवस्थापनको लागि अहिले निकै चुनौति देखिएको छ । नगरपालिका व्यवस्थापन समितिका अध्यक्ष फविन्द्र आचार्य भन्नुहुन्छ के गरिएन फोहोरकै लागि र के गरिरहेको छैनौ ।

unnamed (1)

उहाँले प्रमुख चुनौति भनेको स्थायी डम्पिङ साईड नहुनु नै रहेको बताउनु भयो । अस्थायीको लागि कालोपहिरा, पधेरीखोला, धाङसी खोला जता गएपनि टिकाउ भएन र स्थानीयको बिरोध हुदा एकाग्रता हुन नसकेको बताउनु भयो । नगर बासिहरुले अहिले फोहोर किन फाल्दैनौ भनेर प्रश्न आफुलाई गरिरहेको तर समस्या नबुझेकोमा दुख व्यक्त गर्नुभयो । ३ महिना अगाडिसम्म लगातार उठिरहेको फोहोर अहिले किन रोकियो भनेर कसैले वास्ता नगरेको र ३ महिना अगाडिसम्म कसरी उठाइयो कति थिचोमिचो सहेर फालियो भन्नेमा कसैले चासो नदिएको बताउनु भयो ।

पैसा छ तर फाल्ने ठाँउ छैन । पहिचान गरिएका ठाँउहरुमा पनि केही स्थानियहरुको लगातारको बिरोधले यो समस्या झनै जटिल बनेको छ । मेवाङमा नगरपालिकामै कार्यरत कर्मचारी विपिन कुवरको जग्गामा २ दिन डोजर ले खनिसकेको अस्थायी डम्पिङ साईड तेस्रो दिनमा स्थानियले डोजर नै फिर्ता पठाइदिएपछि झनै दुखी भएको उहाँले बताउनु भयो ।

हिजो बिहिबार जिल्लाका क्रियाशील राजनैतिक दलहरुको रोहबरमा मेवाङका बुद्धिजीविहरुसंग छलफल समेत गरिएको छ । छलफल सकारात्मक रहेको र केही महिनाको लागि उक्त जग्गा अस्थायी डम्पिङ साईडको रुपमा प्रयोग गरिने संभावना रहेको बताउनु भयो । आचार्यले नगरपालिकाको लागि नै काम गर्दा पनि धेरैले आर्थिकको लागि गरेको भनेर आरोप समेत आएको बताउनुभयो ।

उनीहरु गर्दैनन आफुले गर्दा पनि खुट्टा तानिरहन्छन उहाँले थप्नुभयो । आर्थिकको कारोबारमा आफुहरु चेक बाट चल्ने भएकोले आएर खाताहरु सबै हेर्न पनि आग्रह गर्नुभयो । फोहोर व्यवस्थापनको लागि अहिले कोषमा ४ लाख ८० हजार रुपैया रहेको र त्यसमध्ये पनि केही अस्थायी डम्पिङ साईडमा खर्च गरिसकिएको बताउनुयो ।

फोहोर व्यवस्थापनको लागि विगत २ बर्ष अगाडिसम्म प्रत्येक पसलबाट १०० रुपैया उठाएको तर अहिले त्यो पनि छोडिसकेको उहाँले बताउनु भयो । स्थायि डम्पिङको लागि अझै केही बर्ष लाग्ने भएकोले पनि अस्थायीको पहिचानको लागि नगर व्यवस्थापन समिति जोडतोडले लागिरहेको छ । फाहोर व्यवस्थापन आफ्नो रहर नभएर सबैको लागि भएको बताउनु भयो । लगातार ३ महिना फोहोर फाल्न नसक्दा वातावरण दुर्गन्धित पनि बनेको धेरैले गुनासो गरिसकेका छन ।

यता लिबाङ नगरपालिका प्रमुख निम बहादुर केसीले पनि फोहोर व्यवस्थापन अहिलेको प्रमुख चुनौति भएको बताउनु भयो । ३ महिना भित्र नउठेको फोहोर अबको ४, ५ दिन भित्रै उठ्ने उहाले बताउनु भयो । २, ३ महिनाको लागि अस्थायि पहिचान गर्न आफुहरु लागिपरेको बताउनु भयो । त्यसका लागि स्थानिय व्यत्तित्व समुह समुदाय सबैसंग लगातार छलफलमा रहेको औल्याउनु भयो । अहिले लिवाङमा बढिरहेको बढ्ढो जनसंख्या र सहरीकरणले पनि यसलाई प्रभाव पारिरहेको बताउनु भयो ।

स्थायि डम्पिङ साइडको लागि प्रक्रिया लामो हुने भएकोले त्यसका लागि अझै केही समय लाग्ने समेत जानकारी दिनु भयो । स्थायि डम्पिङ बनाउदा बातावरणमा प्रभाव पर्छ या पर्दैन भन्ने बारेमा बिस्तृत अध्यय्न समेत गरिने र त्यहाँका सबैसंग सहकार्य गरेर मात्र काम अगाडि बढ्ने भएकोले त्यसका लागि समय लाग्ने बताउनु भयो । त्यो समयसम्म आफुहरु उपयुक्त अस्थायि ठाँउको पहिचानमा लगातार लागिरहेको समेत बताउनु भयो । साथै उहाँले नगरको फोहोर व्यवस्थापन नगरपालिकाको मात्र जिम्मेवारि नभएर सबै नगर बासिको भएको भन्दै सबैलाइ साथ दिन आग्रह समेत गर्नु भयो ।
यता जिल्लामा पहिलोपटक हुन लागेको धार्मिक महोत्सबको आयोजकले उक्त महोत्सब अवधिभर मात्र भएपनि फोहोर व्यवस्थापन गरिदिन संबन्धित निकायलाई आग्रह गरेको छ । जलजला बहुमुखी क्याम्पस रोल्पाको विकासको लागि हुन लागेको महोत्सबको तैयारी पनि तिब्र भइरहेको छ । सहायक क्याम्पस प्रमुख खेम खड्काले पनि फोहोर उठाइदिनको लागि आग्रह गरिरहेको बताउनु भयो । महायज्ञ आफैमा स्वच्छ भएकोले वातावरण सफा हुनुपर्ने छ ।

महोत्सबको महत्व आफुहरुले बुझेको र आफुहरु पनि महोत्सब आयोजकको कार्यसमितिमा रहेकोले महोत्सबलाई सफल बनाउन लागिपर्ने नगर प्रमुख र नगर व्यवस्थापन प्रमुखले बताउनु भयो । नगर व्यवस्थापन समितिका अध्यक्ष फविन्द्र आचार्य र नगरपालिका कार्यालय प्रमुख निम बहादुर केसीले महोत्सब समय भन्दा अगाडि नै फोहोर उठ्ने प्रतिबद्दता समेत दिनु भयो ।

यता लिबाङ बासि भने कहिले गाडि आउला र फोहोर लगिदेला भनेर बसेका छन । केहीले त फोहोर अत्याधिक भएपछि नजिकै लगेर जलाएको र फालेको पनि बताए । घरमा राखिरहदा दुर्गन्धित भएपछि र नगर पालिकाको गाडी नआएपछि अन्तिम बिकल्पको रुपमा फालेको बताए । जे होस आशा गरौ नगरपालिकाको फोहोर छिट्टै उठोस । नगर सफा रहोस ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश