३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिनावारी अनियमित छ ? यसबाट कसरी बच्ने ? जानी राखौं

२५ आश्विन २०७५, बिहीबार ०९:२०

सामान्य अवस्थाको महिनावारी २१ देखि ३५ दिनको बीचमा हुने गर्दछ। नियमित महिनावारी अरु बेलाभन्दा अगाडि र पछाडि हुने, अत्यधिक रक्तस्राव हुने भएमा महिनावारी गडबडी भन्‍न सकिने स्त्रीरोग विषेशज्ञहरु बताउँछन् । महिनावारी गडबढी हुनुको प्रमुख कारण भनेकै हर्मोन असन्तुलन पनि एक हो । 

महिनावारी सुरु हुँदा कुनै किशोरीलाई १-२ महिनासम्म पनि महिनावारी नहुन सक्छ तर विस्तारै युवा अवस्थामा प्रवेश गरिसकेपछि महिनावारी नियमित हुँदै जान्छ । विभिन्‍न कारणले महिनावारी गडबडी हुने गर्छ । महिनावारीको गडबडी मूख्यतः हर्मोनल कारणसँग जोडिएको हुन्छ।

ओभरीमा ‘पोलिस्टिक’ हर्मोन बढेर वा थाइराइड हर्मोन बढ्नाले पनि महिनावारीमा अनियमितता देखिन सक्छ । अथवा, अन्डाशय वा पाठेघरमा संक्रमण भएमा पनि गडबडी हुन्छ । आजभोलि युवतीमा प्रायस् पोलिसिस्टक हर्मोन बढेका कारण महिनावारी गडबडीको समस्या हुने गरेको छ। पोलिसिस्टिक ओभरियन समस्या हुदाँ महिलाको अन्डाशयका अन्डा पाक्ने र फुट्ने हुन्छ । पोलिस्टिक ओभरीयनको समस्या भएका महिलाका थुप्रै अण्डा हुन्छन् र सबै अन्डाबाट अलिअलि हर्मोन निस्किएर हर्मोन असन्तुलित हुने गर्छ। हर्मोन असन्तुलित भएपछि महिनावारीमा गडबडी आउँछ। यो समस्या बिषेश गरी जीवनशैली, वातावरणीय समस्या, मानसिक तनाव, मानसिक रोगको औषधि सेवन आदि कारणले पनि देखा पर्दछ।

महिनावारी गडबडी हुँदा डन्डीफोर आउने, मोटाउने, बच्चा नबस्ने, ढिला बस्ने, समस्या देखा पर्छन्। यो समस्या कसैकसैलाई वंशाणुगत कारणले पनि हुन सक्छ । कसैलाई पाठेघरको रोग फाइब्रोइडर पोलिप पाठेघरमा पानीको फोक्का र कसैलाई रगत नजम्ने समस्याले पनि गडबडी हुन सक्छ ।

तनाव, भागदौड, मानसिक तनाव, खानपान, धूमपान, मध्यपान आदिले ‘हार्मोनल असन्तुल’ हुन्छ र महिनावारीमा गडबड हुन जान्छ। चाडबाडका बेला वा अरु कुनै बेला पनि महिनावारीलाई पर सार्नुपयो भन्दै जथभावी खाइने औषधिले पनि महिनावारी गडबडीको समस्या निम्त्याउँछ।

अनियमित रुपबाट गर्भनिरोधक चक्कीको गर्दा पनि यस्तो समस्या आउन सक्छ।सामान्यतः महिनावारी सुरु भएको केही वर्ष र सुक्न लागेको केही वर्ष महिनावारीको गडबडी हुन सक्छ।कहिलेकाहीँ महिनावारी भएको १४–१५ दिनमा अलिअलि रगत देखा पर्नसक्छ, यो अवस्था सामान्य पनि हुन सक्छ। त्यसलाई ‘ओभ्युलेसन ब्लिडिङ’ भनिन्छ।

कसरी बच्‍ने ?

-महिनावारी गडबड हुन नदिन जीवनशैली परिवर्तन गर्नुपर्छ।

-पोषिलो खानेकुरा खानुपर्छ। प्रदूषित वातावरणबाट जोगिनुपर्छ।

-नियमित चेकजाँच गराउनुपर्छ।

-आफ्नो शरीरमा कुनै रोग देखियो भने चेक्र्याइ नगरी तुरुन्त उपचार गर्नुपर्छ।

-नियमित व्यायम गर्नुपर्छ।

-शरीरलाई मोटो हुन दिनु हुँदैन।

-गर्भनिरोधक चक्की खाँदा चिकित्सकसँग सल्लाह गरेर मात्र खानुपर्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड