३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो…, उनलाई भेट्न मात्र गएकी थिएँ तर यौनसम्बन्ध भयो !

२७ आश्विन २०७५, शनिबार १७:२६

प्रश्न:>>>>>>>

म २७ वर्षीया महिला हुँ। मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो। त्यो बेला मेरा श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो। माया/प्रेम के हो थाहा थिएन। बहकाउमा आएर गाउँकै विवाहित पुरुषसँग हेलमेल भयो र माया/प्रीति बस्यो । उनीसँग शारीरिक सम्बन्ध राखेपछि मलाई गलत गरें भन्ने लाग्यो अनि त्यो घरमा बस्नु उचित लागेन । मैले आफ्नो घर छाडें र सम्बन्ध-विच्छेद गरे । 

जोसँग सम्पर्क भयो, उनी विवाहित भएकाले उनको घर जानु पनि उपयुक्त लागेन । माइती जाने प्रश्न नै भएन । मैले यी सबै बेहोरा अवगत गराएर श्रीमानलाई पत्र लेखें र यथार्थ कुरा बताएँ । अहिले म काठमाडौंमा तरकारी बेचेर जीविका चलाउँदैछु । केही समययता मेरा श्रीमान काठमाडौंमै व्यापार गरेर बसेका छन् । बेला/बेलामा उनको र मेरो भेट हुन्छ। उनले गाउँमा दोस्रो विवाह गरेका छन्। यति हुँदाहुँदै पनि उनी मसँग असल व्यवहार गर्छन्, दुःख(सुख सोध्छन् र विवाह किन नगरेको भनेर सम्झाउँछन्। एक्लै बस्नुभन्दा मेरै डेरामा मसँगै बस भनेर कर गर्छन्। एक दिन म उनलाई भेट्न मात्र गएकी थिएँ, तर हामीबीच यौनसम्बन्ध भयो। यस्तो कुराले म बिलखबन्द र पश्चातापमा परेकी छु। उनको डेरा गएर सधैंका लागि बसौं, म जुठी भैसकें। नबसौं, उनको अनादर गरेजस्तो हुन्छ, द्विविधा र तनावमा छु। अब म के गरौं ?

उत्तर: >>>>>>

तपाईंकै जस्ता घटना थुप्रै मानिसले भोग्दै आएका छन। तपाईं मात्र द्विविधा र तनावमा पर्ने एक्लो हुनुहुन्न। विगतका घटनाले तपाईंलाई पटक(पटक घचघच्याइरहन्छ, यो स्वाभाविक हो।  तपाइर्ंले उक्त घटनाबाट शिक्षा लिनुभएको छ कि छैन भन्ने पक्षचाहिँ महत्त्वपूर्ण हो। मनोविज्ञानका हिसाबले आफ्नो पुरानो घटनालाई छलफलमा ल्याएर समाधान खोज्नु नै एक कदमअघि बढ्नु हो। त्यसबाट पाठ सिकेर आगामी दिनमा यस्ता घटना रोक्नुभयो भने द्विविधा र तनावबाट बच्न सकिन्छ। त्यसैले विगतका घटनालाई शिक्षाका रूपमा ग्रहण गरी बाँकी जीवनलाई सुख एवं सन्तोषमय बनाउनु उपयुक्त हुन्छ। घटना दोहोर्‍याइरह्यो भने समस्या बढ्दै जान्छ।  

श्रीमान्सँग अलग भएपछि वा सम्बन्धविच्छेदपछि हुने यौनसम्बन्धका बारेमा धेरै लेख प्रकाशित भएका छन्। धेरैले अलग भएपछिको यौनसम्बन्धलाई गलत एवं अस्वस्थकर मान्छन्। मनोविज्ञानका हिसाबमा भने पुनः यौन सम्बन्ध राख्ने कुरा महत्वपूर्ण होइन। महत्त्वपूर्ण कुरा सम्बन्ध कहाँबाट किन बिग्रियो र त्यसलाई कसरी मिलाउने भन्ने हो।

यदि यस्ता कुरा मिलाउन सकियो भने भविष्यको जीवन सुखद हुन्छ, मिलाउन सकिएन भने समस्या अझ बल्झँदै जान्छ। त्यसैले मनोविज्ञानले विगतको कुरा थाहा पाउने तर त्यो घटनाबाटै समस्याको समाधान निकाल्ने कुरामा विश्वास  गर्छ। तपाईंको जस्तै समस्या संसारभरि घटिरहेका छन्। यस्ता धेरै घटनामा मनोवैज्ञानिकहरू विभिन्न अनुसन्धान गरिरहेका छन्।

भर्खरै जर्नल अफ सोसिएल साइन्स इन्ड साइकोलोजीले एउटा रोचक तथ्य उजागर गरेको छ। कम्तीमा पनि १३ वर्ष सँगै बसेका र ४ महिनाअघि छुट्टएिका जोडीहरूमा एउटा अनुसन्धान गरिएको थियो। अनुसन्धानमा उल्लेख गरिएअनुसार ८२ प्रतिशत जोडीले अझै पनि सम्बन्धबिच्छेद भएका श्रीमान्(श्रीमतीसँग भेटघाट हुने र २१ प्रतिशतले अझै पनि यौन सम्बन्ध हुने गरेको बताए।

यसरी हेर्दा श्रीमानसँग अलग भएपछि हुने यौन सम्बन्ध तनावयुक्त नै हुन्छ भन्न सकिँदैन। यस्तो सम्बन्धलाई हरेक व्यक्तिले कसरी लिएका छन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। जसले सम्बन्धविच्छेदलाई सहजै स्वीकार गरेको थियो, त्यस्तो व्यक्तिलाई पछि हुने यौन सम्बन्धले ग्लानि गराउँछ तर जसले सम्बन्ध(विच्छेद होस् भनेर चाहेको थिएन उसलाई भने ग्लानि हुँदैन।

हरेक जोडीको सम्बन्ध(विच्छेदपछि हुने यौनसम्बन्ध तनावमय हुन्छ कि हुँदैन भनेर निक्र्योल गर्नुभन्दा तपाईंलाई तपाईंको पूर्वश्रीमान्सँगको यौनसम्बन्ध कस्तो महसुस हुन्छ त्यसलाई आफैंले विचार गर्नु आवश्यक छ। माथि भनिएजस्तो मनोविज्ञानका हिसाबले आफ्नो पुरानो घटनालाई छलफलमा ल्याएर समाधान खोज्ने साहस देखाउनासाथ समाधानतर्फ अघि बढेको मान्न सकिन्छ। यसबाट पाठ सिकेर आगामी दिनमा यस्ता घटना रोक्नुभयो भने बाँकी जीवनलाई सार्थक बनाउन ठोस सहयोग पुग्छ।

तपाईंको मुख्य समस्या के हो भने तपाईं एक्लो हुनुहुन्छ तर तपाईंका पूर्वश्रीमान् विवाहित हुनुहुन्छ। तपाईं आफ्ना विगतका घटनाबाट दुःखी भएकाले श्रीमान्सँग पूर्ववत् सम्बन्ध राख्न चाहनुहुन्छ। एएनजी, समय धेरै बितिसकेपछि कुनै पनि सम्बन्ध पहिलेझैं रहँदैन। त्यसैले यो सम्बन्ध कस्तो हो भनेर आफ्ना पूर्वश्रीमान्सँग छलफल गर्नुहोस्।

छलफल गर्दा कुनै न कुनै निष्कर्ष अवश्य निस्कन्छ। निस्कन नसके तपाईंले यस्ता पश्चातापबाट बच्न मनोविद्हरूसँग सम्पर्क गर्नुपर्ने हुन्छ।

- करूणा कुँवर, मनोविद्

-साप्ताहिक पत्रिकाबाट साभार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड