२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दाङमा विषादी हालेर किसानको मौरी मारिएपछि…

१३ कार्तिक २०७५, मंगलवार ०९:१६

कात्तिक १३, काठमाडौँ | दाङमा विषादी हालेर किसानको ४४ गोलामौरी मारिएपछि मौरी चराउन पुगेका किसान त्रसित भएका छन् । अन्य किसानका मौरीमा समेत सोही घटना दोहोरिन सक्ने आङ्का किसानमा छ । नेपाल मौरीपालक महासङ्घले यस्तै अवस्था रहे पेशाबाटै पलायन हुनुपर्ने अवस्था आउने भन्दै व्यवसाय गर्ने वातावरण सिर्जना गर्न सरकारसँग माग गरेको छ । 

महासङ्घका अध्यक्ष शिवप्रसाद पौडेलले चराउन राखिएको मौरीको गोलामा विष हालेर मार्नु किसानविरुद्धको अपराध भएको भन्दै दोषीलाई पक्राउ गरी कारवाही गर्न सरकारलाई आग्रह गर्नुभयो । पौडेलले पीडितलाई उचित क्षतिपूर्ति दिन समेत सरकारसँग माग गर्नुभएको छ । 

दाङको घोराही उपमहानगरपालिका–१२ सिस्नेरीमा मौरी चराउने क्रममा चितवनको कालिका नगरपालिका–९ का किसान विकास नेपालको ४४ गोला मौरी विषादी हालेर नष्ट गरिएको महासङ्घले जनाएको छ । “मेरो ४४ गोलाभित्रै विष हालेको पाइयो, करीब २२ लाखको क्षति भएको छ, १८ गोला बेचेँ” नेपालले रासससँग भन्नुभयो । यस्तै अवस्था रहे व्यवसायबाटै हात धुनुपर्ने अवस्था आउने नेपाल दुःखेसो गर्नुहुन्छ । 

महासङ्घका अध्यक्ष पौडेलका अनुसार अन्य मौरीमा क्षति नपुगोस् भनेर कात्तिक ४ गते विषादीले मौरी मरेपछि उक्त घारलाई सोमबार जलाएर नष्ट गरिएको हो । उक्त घटना पहिलो भने होइन । दाङमा पटक÷पटक यस्ता घटना भइरहेका छन् । विगतमा लक्ष्मी मानन्धरको मौरीका घार समेत यसैगरी नष्ट भएको थियो । 

विसं २०७३ मा पनि दाङको रामपुरमा खेम न्यौपाने र विष्णु भुसालको मौरीका गोला यसैगरी नष्ट गरिएको महासङ्घका अध्यक्ष पौडेल बताउनुहुन्छ । “व्यावसायिक मौरीपालनले गति लिन लागेको बेला यस्ता घटनाले हामीलाई आहत बनाएको छ,” पौडेलले भन्नुभयो, “दोषीलाई कारवाही नगरिए अपराधिक मनोवृत्ति बढ्छ र किसान निरुत्साहित हुन्छन् ।” 

दाङ, मौरीको चरनका लागि मुख्य जिल्ला मानिन्छ । चितवन, काठमाडाँैलगायत तराईका जिल्लाबाट अहिले दाङमा मौरी चराउने किसानको भीड छ । तोरी र चिउरी पहिले नै फूल्ने भएकाले दाङमा चितवन, काठमाडाँै, मकवानपुर, सर्लाही, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देहीलगायत जिल्लाका किसान मौरी चराउन पुग्ने गर्दछन् । दाङमा अहिलेको मौसममा चराउन विभिन्न जिल्लाबाट करीब ३० हजार गोला मौरी लगिएको अनुमान छ । 

चिउरीको मौसममा विभिन्न जिल्लाका किसान चितवनमा पनि मौरी चराउन पुग्छन् । नेपाल मौरीपालक महासङ्घ चितवन शाखा अध्यक्ष रोशन पण्डित बेलाबेलामा यस्ता घटना भइरहेको भन्दै मौरीको सुरक्षा गर्न सरकारसँग आग्रह गर्नुहुन्छ । 

महासङ्घका अनुसार नेपालमा अहिले पाँच हजार ५०० व्यवसायी मौरीपालक किसान छन् । अघिल्लो वर्षको तथ्याङ्कमा नेपालमा दुई हजार ४०० मेट्रिक टन मह उत्पादन भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा