२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खासोग्गी हत्या प्रकरण: दूतावास छिर्नेबित्तिकै घाँटी थिची हत्या गरिएको थियो

१५ कार्तिक २०७५, बिहीबार ०४:१९

कात्तिक १५, बीबीसी | साउदी पत्रकार जमाल खसोग्गीको हत्या कसरी भएको थियो भन्नेबारे टर्कीले पहिलो पटक आधिकारिक बयान दिएको छ । टर्कीका अनुसार खसोग्गी दूतावास प्रवेश गरेलगत्तै उनको घाँटी थिचेर हत्या गरियो ।

अक्टोबर दुई तारिखमा इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा भएको उक्त हत्याबारे थुप्रै हप्तासम्म मिडियामा विभिन्न अड्कलबाजीपछि टर्कीले यस्तो बयान दिएको हो । यद्यपी, यो दाबीमा टर्कीले कुनै पनि प्रमाण भने पेश गरेको छैन ।

मुख्य अभियोजक इरफान फिदानले सोमबार आफ्ना समकक्षीसँग भएको बैठकबाट कुनै ठोस नतिजा निस्कन नसकेको बताएका थिए ।

साउदी अरबले उक्त बैठकबारे कुनै टिप्पणी गरेको छैन ।

टर्कीले के भन्यो ?

टर्कीको तर्फबाट जारी गरिएको बयानमा भनिएको छ, ‘पहिले नै बुनिएको योजना अनुरुप जमाल खसोग्गी साउदी अरबको वाणिज्य दूतावासमा प्रवेश गरेलगत्तै घाँटी थिचेर हत्या गरियो ।’

यसमा भनिएको छ, ‘त्यसपछि पूर्वनियोजित तरिकाले उनको शवलाई टुक्राटुक्रा गरी नष्ट गरियो ।’

खसोग्गी साउदी नागरिक थिए र अमेरिकी मिडियामा काम गर्दथे । उनी आफ्ना देशको शासकका कडा आलोचकको रुपमा परिचित थिए ।

उनको शव अहिलेसम्म फेला पार्न सकिएको छैन तर टर्की, अमेरिका र साउदी अरबले उनको हत्या साउदी वाणिज्य दूतावासभित्रै भएको ठोकुवा गरेका छन् ।

यद्यपी, उनको हत्या कसरी गरेको थियो भन्ने विषयमा भने यी देशबीच एकमत छैन ।

प्रश्नले घेरिएका शाही परिवारः

टर्कीको सत्ताधारी एके पार्टीका एक वरिष्ठ प्रवक्ताले बुधबार उनको हत्या कुनै वरिष्ठ पदमा बसेका व्यक्तिको अनुमती बिना हुनै नसकिने ठोकुवा गरेका छन् ।

साउदी अरबले यसमा शाही परिवारको भूमिका छ भन्ने खबरलाई खण्डन गर्दै आएको छ ।

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले गत हप्ता साउदी राजा सलमानसँग कुराकानी गरेका थिए र दुबैले हत्या अनुसन्धानमा सहयोग गर्ने विषयमा सहमती जनाएका थिए ।

नाम नखुलाइएका टर्की अधिकारीले यसअघि मिडियासमक्ष खसोग्गीको हत्या पुष्टि गर्नका लागि अडियो भिडियो आफूसँग भएको बताएका थिए तर अहिलेसम्म प्रमाण जारी गरिएको छैन ।

टर्कीको मिडियाले स्रोतको हवाला दिँदै खसोग्गीको हत्या कसरी गरिएको थियो भन्नेबारे छापेको थियो । हत्याअघि उनलाई अत्यधिक यातना दिइएको थियो भन्ने आरोप पनि लगाइएको थियो ।

गत हप्ता खसोग्गीकी टर्की निवासी प्रेमिका हेतिस सेन्जिगले स्थानीय टिभी च्यानललाई एक अन्रत्वार्ता दिएकी थिइन् । आँखामा आँसु लिँदै उनले भनेकी थिइन, ‘साउदी अरब प्रशासनले उनलाई मार्ने षड्यन्त्र रचिरहेको छ भन्ने थाहा भएको भए म कुनै पनि हालतमा उनलाई दूतावासमा जान दिँदैनथें ।’

खासोग्गी आफ्नो विवाहका लागि केही कागजात लिनका लागि दूतावास गएका थिए ।

के भन्छ साउदी अरब ?

साउदी अरबका अटोर्नी जनरल शेख सउद–अल–मोजेबले टर्कीका समकक्षी फिदानसँग दुईपटक भेटवार्ता गरे । त्यसपछि उनी कुनै बयान जारी नगरिकनै  साउदी अरबबाट फिर्ता भए ।

साउदी अरबले खासोग्गीबारे भिन्न–भिन्न जानकारी दिँदै आएको छ ।

सुरुमा खासोग्गी हराइरहेको भन्ने खबरमा उनी दूतावासबाट जीवितै निस्किएको साउदी अरबले दाबी गरेको थियो भने पछि उनको हत्या भएको स्विकारेको थियो ।

साउदी अरबले आफू हत्याको कारण पत्ता लगाउनका लागि प्रतिबद्ध भएको बताउँदै आएको छ । यसै सिलसिलामा साउदीले १८ संदिग्धलाई पक्राउ गरेको छ जसको साउदी अरबमा नै मुद्दा चल्नेछ ।

अमेरिका, ब्रिटेन, फ्रान्ससमेत विभिन्न देशले यो पूरा घटनाक्रमका लागि साउदी अरबको कडा आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा