२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

आँगनमै मोटर पुगेपछि स्थानीय उत्पादनले बजार पायो

२०७५, १५ कार्तिक बिहीबार ०५:४३

कात्तिक १५, जाजरकोट | जुनिचाँदे गाउँपालिका–४ लुहादहकी ५५ वर्षीया रामकुमारी खड्का घर आँगनमै मोटर पुग्दा दङ्ग छिन् । उत्पादित फलफूल, तरकारी र अन्न सजिलै स्थानीय बजारसम्म पुर्याएर बिक्री गर्न पाउँदा उनी निकै खुशी भएकी हुन् । 

विगतमा फलेका तरकारी, फलफूल र अन्न बारीमै कुहिएर परिश्रम खेर गएको र दुःख गरेर उमारिएका वस्तुले बजारको पहुँच नपाउँदा भएको पीडा सुनाएकी कृषक खड्का अहिले आँगनमै मोटर पुगेपछि उत्पादित बस्तु बजारमा बिक्री गर्न सजिलो हुनुका साथै अर्थोर्पाजन पनि राम्रो भएको बताउँछिन् । 

आफूले लगाएको सुन्तला, बदाम, अम्वा, अमिलो र कोदो बिहानै जिपमा राखेर बजारमा बिक्री गरी बेलुका घर फर्कँदा आनन्द हुने गरेको अर्का स्थानीयवासी श्याम खड्काको भनाइ छ । 

धान उत्पादन कम हुने यो गाउँमा अहिले मोटरमा बजारमा गई चामल ढुवानी गरी ल्याउनसमेत सजिलो भएको उनको भनाइ छ ।

उक्त गाउँपालिकाको कोताङ, मजकोटलगायत दर्जन गाउँमा उत्पादित वस्तुले मूल्य पाउँदा किसान खुशी छन् । अहिले गाउँपालिकाको प्रत्येक वडामा यातायातको पहुँच पुर्याउन सडक निर्माण कार्य जारी छ । 

सडकले हिँड्ने बाटोसमेत छोट्याइदिएको छ । तरकारी र कोदो यहाँको मुख्य उत्पादन भएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी बताउँछन् । 

नुन, तेल, चामल आयात गरिन्छ भने तरकारी, कोदो, फलफूल यहाँबाट निर्यात गरिने उनको भनाइ छ । सडक सञ्जालले छोएसँगै यहाँका किसान व्यावसायिक बन्न थालेका छन् । 

उक्त गाउँपालिकाले सडक र विद्युत्लाई मुख्य योजना बनाएर काम गरिरहेको छ । जिल्लाको अत्यन्तै विकट र दुर्गम मानिएको सो गाउँपालिकामा विस्तारै विकासको मूल फुट्न थालेपछि किसान उत्साहित भएको स्थानीय अगुवा किसान प्रेमबहादुर बस्नेत बताउँछन् । यहाँका बासिन्दाले टेलिफोन र स्वास्थ्य सेवासमेत प्रभावकारी बनाउन माग गरेका छन् । 

मोवाइलको टावर प्रभावकारी नहुँदा रुख र अग्लो डाँडामा गएर फोन गर्नुपर्ने बाध्यता अन्त्य गराउन उनीहरूले केन्द्रीय सरकारसमक्ष माग गरेका हुन् ।

 गाउँपालिकाका अध्यक्ष केसीका अनुसार स्वास्थ्य सेवा र टेलिफोन टावरका विषयमा धेरै पटक ताकेता गरिए पनि सुनुवाइ भएको छैन ।

 छेडा, थलह, चाँदे जुम्ला सडक निर्माण पूरा भएमा यहाँका स्थानीयवासीले ले राम्रो फाइदा लिनसक्ने अध्यक्ष केसीको भनाइ छ ।

गाउँपालिकाको आन्तरिक बजेटबाट गाउँगाउँमा सडक निर्माण जारी छ । अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाको बजेटबाट ६० किलोमिटर भन्दा बढी सडक निर्माण गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन