२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटका कुमालहरूले माटाका भाँडा बनाउनै छाडे

२०७५, २८ कार्तिक बुधबार १०:१५

जमुना गजुरेल | कात्तिक २८, विदुर | पीपलटारको कुमाल जातिले अहिले माटाको भाँडा बनाउन छाडेको छ । आधुनिकताले प्रवेश गरेपछि करीब बीस वर्षदेखि उनीहरुले माटोबाट बन्ने सबै प्रकारका सामग्री बनाउने र बेच्ने काम छाडेका हुन् । 

विदुर नगरपालिका–५ र ६ मा कुम्हालेका करीब १६० घरधुरी छन् । पीपलटार, बट्टार, इनारपाटी, माझीटारलगायत ठाउँमा पहिले पहिले कुमालहरुले माटाका भाँडा बनाउने र ती भाँडा गाउँगाउँमा लगेर बेच्ने र पैसा लिने र अन्नसँग साट्ने गर्थे । हाँडी, दियो, पानस, हुक्का, चिलिम, खुत्रुके, गाग्रो, आरीलगायत माटाका सामग्री नुवाकोटका विभिन्न ठाउँमा बोकेर लगी बेच्ने गरेका थिए । नुवाकोटका सबै ग्रामीण भेग बुधसिङ, दाङसिङ, र्गोस्याङ, खड्गभञ्ज्याङ, तारुका, नेवारपानी ,दर्शनटार, दुईपीपल, दुप्चेश्वर, सामरी, टक्सार लगायत ठाउँमा थुञ्चेमा बोकेर बेच्न जाने गर्थे । 

उनीहरु ती माटाको भाँडालाई पैसा, चामल, कोदो र अन्नसँग साट्ने गर्थे । । उनीहरुले माटाकै भाँडाहरु बेचेर आफ्नो घरायसी समस्या टार्ने गर्थे । आफ्नो घरखर्च त्यसैबाट चलाउने गरेको पीपलटारका श्रीकृष्ण कुमालले बताउनुभयो । “आजकल कुमाल जातिले ती सबै कामहरुबाट सन्न्यासै लिइसकेको भन्दा फरक पर्दैन ” श्रीकृष्णले भन्नुभयो, “सबैलाई अहिले विलासिताका सामानहरुले तानिसकेको छ । काम गरेर खान लाज भएको पनि हो एक हिसाबले भन्नुपर्दा । बजारमा प्लाष्टिक, सिलाबर(आल्मुनियम), स्टिल र चरेशका भाँडाहरु जति पनि पाइन्छ, अब माटाका भाँडाहरु कसले किन्ने ? यस कारण पनि कुमालहरुलाई माटाको भाँडाहरु बनाउन जाँगर नचलेको हो नि ।” 

बीस वर्ष पहिले कुम्हालेहरुले आफ्नो जीविकोपार्जन माटाका भाँडाबाट गर्दै आइरहेका थिए । उनीहरुले घरको खर्च, बालबालिकाको पठनपाठन, उपचारलगायत खर्च यसैबाट धानिरहेका थिए । “यत्तिकै बस्नु साटो माटाको भाँडाहरु बनाउने काम गरेर रोजगारीको सिर्जना गरी मनग्य आम्दानी गर्न सकिन्छ । सीप भएका सबै कुमालहरु मिली माटोको भाँडा बनाउने एउटा उद्योग नै सञ्चालन गर्न पनि सकिन्छ”, स्थानीयवासी रामराजा कुमाल बताउनुहुन्छ, “कसले भनेको कसले सुन्ने, बजारमा रेडिमेड भाँडाहरु प्रशस्त पाइन्छ । कसले माटाका काम गर्ने र खै ।” 

नुवाकोटमा पहिला पहिला माटाको भाँडाहरु भने जति किन्न पाइन्थ्यो तर आजकल केही बजारमा मात्रै पाइन्छ । पहिला माटाका भाँडाहरु बनाइरहेका कुम्हालेहरु नै बजारमा प्लाष्टिक र सिलावरकाका भाँडा किन्छन् । “पहिला आफ्नै गाउँमा भने जति माटाका भाँडाहरु किन्न पाइन्थो तर अहिले ती सामग्रीहरु कहाँ पाउनू”, पीपलटारका ५२ वर्षीय रामप्रसाद खतिवडा बताउनुहुन्छ । “पानी खाने गाग्रो, मकै भुट्ने हाँडीलगायत घरायसी सामान बजारमा गई किन्नुपर्ने बाध्यता अहिले नुवाकोटका सबै नागरिकलाई परेको छ । 

नुवाकोटमा कुमाल जातिले माटाको भाँडा बनाए तापनि बजार नपाउँदा समस्या पर्ने गरेको थियो । माटाका भाँडा चाँडै फुट्ने सभ्भावना बढी भएकाले पनि यो पेशा अति नै सङ्कटमा परेको हो । माटाको भाँडा बनाउन मात्र हैन यहाँको कुमाल समुदायले अहिले कुमाल भाषासमेत बोल्न बिर्सिएको छ । पुराना काम र भाषासमेत नजान्नाले आफ्नो पहिचान नै लोपमा पर्न सक्ने प्रसाद कुमाल बताउनुहुन्छ । कुमालहरुले आफ्नो भाषा नजान्ने, परम्परा नमान्ने, नयाँ युग र फेशनका कारण आफ्नो संस्कृति हराउँदै गएको उहाँको भनाइ छ । केही ज्येष्ठ नागरिकले मात्र कुमाल भाषा थोरै जान्दछन् । प्रकृतिपूजक यहाँका कुम्हालेहरु धेरैले हिन्दू धर्म र संस्कृति अपनाए पनि केही इसाई धर्मतिर लागिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला