२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

पालुङटारमा नेवाः घरबास सञ्चालनमा

३ मंसिर २०७५, सोमबार ०८:५४

मङ्सिर ३, गोरखा | पालुङटार नगरपालिका–५ ठाँटीपोखरीको जौवारी टोलमा पहिलोपटक लिगलिग पालुङटार नेवाः घरबास सञ्चालनमा आएको छ । ठाँटीपोखरी नेवाः देय् दबुले नेवार समुदायको सात घरमा घरबासको शुरुआत गरेको हो । 

नेवाः देय् दबुका अध्यक्ष धनप्रसाद श्रेष्ठका अनुसार पालुङटार क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ‘घर साझेदारी गरौँ, खुशी बाडौँ’ नाराका साथ घरबासको अवधारणा ल्याइएको हो । नेवाः घरबासमा आउने पर्यटकले बेलुकी नेवारी परिकारसहितको खाना, बिहानको खाजा र एकरात बास बस्नका लागि प्रतिव्यक्ति रु ९०० तिर्नुपर्ने छ । “पर्यटकले नेवारी संस्कृतिका बारेमा जान्न पाउनेछन्,” श्रेष्ठले भन्नुभयो । 

घरबास सञ्चालन गर्न नेवाः देय् दबुले ‘लिगलिग ग्रुप अफ इन्भेस्टमेन्ट कम्पनी’सँग सहकार्य गरेको छ । घरबासको आम्दानीमध्ये स्थानीय समुदायले ८० प्रतिशत तथा इन्भेस्टमेन्ट कम्पनी र ठाँटीपोखरी नेवाः देय् दबुले १०÷१० प्रतिशत लिने सहमति भएको सो कम्पनीका सञ्चालक किरण गिरीले बताउनुभयो । “पाहुनाको आगमनसँगै घरबासलाई प्रवद्र्धन र विकास गर्दै लैजाने योजना छ,” उहाँले भन्नुभयो । घरबास सञ्चालन गर्न स्थानीय नेवार समुदायलार्ई विभिन्न नेवारी कला, संस्कृति तथा परिकार बनाउने तालीम दिइनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य