2026-09-13 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बुटवलमा पशु बधशाला निर्माण अधुरै

मङ्सिर ११, खस्यौली | पशु बधशाला निर्माणको काम बुटवलमा अझै पूरा भएको छैन । 

बुटवल– १० रामनगरमा २८ कट्ठा क्षेत्रफलमा सञ्चालन गर्ने तयारी भएको सो बधशालाका लागि बुटवल उप–महानगरपालिकाले प्रदेश सरकार समक्ष प्रस्तावना पेश गरेको उप–महानगरपालिकाका पशु चिकित्सक झविन्द्र वञ्जाडेले जानकारी दिनुभयो । 

बधशाला बनाउन यस आर्थिक वर्षमा उप–महानगरपालिकाले रु ८० लाख बजेट विनियोजन गरेको छ । “वधशाला निर्माण भएपछि उपभोक्ताले स्वस्थ्यकर मासु उपभोग गर्न पाउछन् र वातावरण स्वच्छ राख्न समेत मद्दत मिल्छ” पशु चिकित्सक वञ्जाडेले भन्नुभयो, “बधशालाको अभावमा बुटवलका मासु पसलमा खसी भनेर बाख्राको मासु बेच्ने, रोगी बाख्रा बेच्ने, झिङ्गा लागेको माछा उपभोग गर्नुपर्ने बाध्यता रहेको छ ।” 

बधशाला सञ्चालन गर्न पटक–पटक बसेको बैठकले पशु बधशालाको लगानीको स्रोतको पहिचान गर्ने र पूर्वाधारको कामलाई अघि बढाउने कुरामा जोड दिएको थियो । उत्पादक, कृषि सहकारी र कृषकको सहकार्यमा सञ्चालन हुने भनिएको बधशालाको प्राविधिक क्षेत्रमा गैर सरकारी संस्था हेफर इन्टरनेशनलले सहयोग गर्ने बताइएको छ । बधशालालाई रुपन्देही, पाल्पा र कपिलवस्तुका महिला कृषि सहकारीले खसी, बोका आपूर्ति गर्ने बताइएको छ । 

हेफर इन्टरनेशनलका अनन्त सिलवालले उप महानगरपालिकाको अगुवाइमा प्रमुख शिव सुवेदीको संयोजकत्वमा २३ सदस्यीय पशु बधशाला निर्माण तथा व्यवस्थापन समिति गठन भएको जानकारी दिनुभयो । सो समितिमा मासु व्यवसायी सङ्घका कृष्ण पौडेल सह संयोजक हुनुहुन्छ । उहाँले आफ्नो संस्थाले प्राविधिक तथा व्यावसायिक योजना बनाइरहेको जानकारी दिँदै यो वर्ष निर्माणको काम सकिए दुई वर्षभित्र बधशाला सञ्चालन हुनेछ भन्नुभयो । विस २०५७ मा पशु बधशाला निर्माणको विषय अघि आएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले