2026-09-01 12:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

माडीवासीका मागका सम्बन्धमा अध्यक्ष दाहालको चासो

मङ्सिर १४, चितवन | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको माडीमा जङ्गली हात्तीको आक्रमणबाट दुई महिलाको मृत्युपछि माडीवासीले राखेको मागका विषयमा जानकारी लिनुभएको छ । 

सो क्षेत्रका सांसद समेत रहनुभएका दाहालले प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतमार्फत माडीवासीका मागका विषयमा जानकारी लिनुभएको हो ।

दुई दिनअघि जङ्गली हात्तीले दुई महिलालाई आक्रमण गरी मारेपछि बिहीबार बिहानैबाट माडीवासी आन्दोलित भएका थिए । दिनभरको प्रयासपछि साँझ वार्तामार्फत आन्दोलन स्थगित गराइएको थियो । प्रजिअ बस्नेतले भन्नुभयो, “अध्यक्ष दाहालले माडीवासीको मागका विषयमा जानकारी लिएर त्यसलाई पूरा गराउने प्रतिबद्धता जनाउनुभएको छ ।” 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालको टेलिफोनपछि प्रमुख जिल्ला अधिकारी बस्नेत आफै वार्तामा सहभागी हुन माडी पुग्नुभएको थियो । सम्झौतापछि सोको जानकारी आफूले दाहाललाई गराएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो । 

सहमतिमा पीडित पक्षलाई तत्काल माडी नगरपालिकाबाट किरिया खर्चबापत रु २५ हजार उपलब्ध गराउने, क्षतिपूर्तिबापत राज्यले उपलब्ध गराउने रकम एक महीनाभित्र उपलब्ध गराउने, यस अघिका घटनाका क्षतिपूर्ति रकम पनि एक महीनाभित्र उपलब्ध गराउने, हात्तीलाई तत्काल बस्ती प्रवेश गर्न रोक लगाइ नियन्त्रणमा राख्ने सहमति भएको छ । 

यसैगरी प्राविधिक टोलीले उक्त हात्तीको पहिचान गरी आवश्यकता अनुसार उनीहरुको सुझावमा दाह्रा काट्ने लगायतका कार्य गर्ने सहमति भएको छ । हात्तीलाई मार्नुपर्ने अवस्था आएमा जनप्रतिनिधि र निकुञ्जको समेत सिफारिसमा सम्बन्धित निकायमा अनुरोध गर्ने, निकुञ्ज ऐनलाई समय सापेक्ष परिमार्जन गर्ने सहमति भएको थियो । 

मृतक सुशीला भण्डारीका दुई छोरालाई शिक्षाका लागि माडी नगरपालिकाले रु पाँच लाख व्यवस्था गर्ने, अर्की मृतक कृष्णकली जैसी पौडेलका छोरालाई माडी नगरपालिकामा रोजगारीको व्यवस्थापन गर्ने सहमति भएको छ । 

बुधबार दिउँसो रीउ खोल किनारमा घाँस काट्न गएका स्थानीयबासी ३५ वर्षीया सुशीला भण्डारी र ६० वर्षीया कृष्णकली जैसी पौडेलको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । 

यसैबीच निकुञ्जले हात्ती नियन्त्रणका लागि प्राविधिक सहितको टोली परिचालन गरेको छ । आठजना प्राविधिकसहित २० जना सुरक्षाकर्मी परिचालन भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताउनुभयो । हात्तीलाई डार्ट गरेर बेहोस् बनाउने, दाह्रा काट्ने र सेटेलाइट रेडियोकलर जडान गरी छाड्न निर्देशन दिइएको छ । 

प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार त्यस पश्चात पनि बस्ती पसेमा सो हात्ती मार्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको छ । बिहीबार राति भने हात्ती बस्तीमा पसेको छैन । यो आर्थिक वर्षमा सो हात्तीले दुई महिलासहित तीन जनाको ज्यान लिइसकेको छ । हात्ती पर्साबाट आएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला