२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवागढी नाकामा महिलाले पाए रोजगारी

२०७५, १५ मंसिर शनिबार ०७:५९

मङ्सिर १५, रसुवा | रसुवागढी नाका सञ्चालन भएपश्चात् सामान राख्ने (लोड–अनलोड) काम पाएपछि यहाँका महिलाले स्थानीयस्तरमै रोजगारीका अवसर पाएका छन् । 

रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार अधिकृत एवं सूचना अधिकारी भूपेन्द्र कार्कीका अनुसार केरुङबाट आयात आएका कन्टेनर र ट्रकबाट परीक्षणका लागि सामान झिक्ने र राख्ने कार्यमा ७० प्रतिशत महिला कामदार भन्सार हातामा संलग्न रहेका छन् । कामदारको सङ्ख्या भने ५०० को हाराहारीमा रहेका छन् । 

भन्सार हातामा सामान लाख्ने कार्यमा रसुवाको टिमुरे, स्याफ्रबेँसी, चिलिमे, थुमनको साथै बाहिर जिल्ला जाजरकोट, जुम्ला, मुगु, कैलालीको टीकापुर सुर्खेत, रोल्पा, दाङ, रोल्पा, डोल्पा, अर्घाखाँचीसमेतका स्थानबाट कामदारले काम गरी रहेको बताउँदै मुगुका डिलबहादुर शाहीले रोजगारी खोज्दै श्रीमान् श्रीमती मिली भन्सारको हाताभित्र सामान राख्ने काममा सहभागी भई आफ्नो परिश्रमबाट आम्दानी गर्ने गरेको जानकारी दिनुभयो । 

दाङ तुल्सीपुरकी पूजा शाहीले भन्सार हाताभित्र सामान साध्ने कामको श्रमले शरीरबाट पसिना काट्दा शारीरिक स्वास्थ्यता अर्काेतर्फ आयआर्जनले जीविकोपार्जनमा सरलता आएको र एउटा डिब्बाको सामान भूईंमा खसाल्दा र पुनः कन्टेनरमा राख्दा मालधनीले प्रतिट्रिप रु सात हजार ५०० ज्याला दिने र यी कार्य पूरा गर्न सातदेखि १० महिलाको समूहले दिनभरमा चार पाँच ट्रिपको काम गर्ने गरेको जानकारी दिनुभयो । 

भन्सार कार्यालयले दिएको जानकारीअनुसार चीनबाट बढी मात्रामा तयारी कपडा, जुत्ता चप्पल, मोबाइल, इलेक्ट्रोनिक्स सामग्री, चुरा, कस्मेटिक सामान, स्याउ, नास्पातीलगायतका सामग्री आयात हुने गरेको छ । 

हल्काहल्का पोकामा सामान आउने भएकाले भन्सार हातामा सामान झार्नको लागि कन्टेनर डिब्बाबाट भुईंमा झिक्न र परीक्षण सकिएपछि पुनः राख्न कुनै समस्या नहुने काममा संलग्न महिलाले बताएका छन् । 

यस्तै सामान निर्याततर्फ विभिन्न कैदीबन्दीले बुन्ने गरेका मुडाको साथै हस्तकला र चाउचाउ बिस्कुटजस्ता सामग्री चीनको केरुङतर्फ जाने गरेको भन्सार कार्यालयले जनाएको छ । 

नमूनाको लागि प्रत्येक सामानबाट एक÷एक वटा झिक्ने जनगुनासोको सम्बन्धमा राससले गरेको प्रश्नमा सूचना अधिकारी कार्कीले भन्नुभयो, पछि कुनै सिकायत आएमा प्रमाण देखाउनको लागि नमूना सङ्कलन गरिने र लिइएका ती नमूना कार्यालयमै सुरक्षित रहने जानकारी दिनुभयो । 

राजश्वतर्फ मङ्सिर महीनाको भन्सार राजश्व रु ६० करोड ४५ लाख उठाउने लक्ष्य राखिएकामा मङ्सिर महीनाको दुई हप्तामै रु ५३ करोड ९० लाख असुली भइसकेको र खरीदार तथा नायब सुब्बास्तरका ३० जना जाँचकीले छिटो छरितो जाँचपास गर्ने कार्य भइरहेको छ, यो चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरको दोस्रो हप्तासम्म रु चार अर्ब २८ करोड राजश्व असुली भइसकेको छ । 

कर्मचारीको लगनशीलताबाटै महीना भुक्तानी नहुँदै राजश्व असुलीमा १३४ प्रतिशत प्रगति हासिल गर्न सफल भएको प्रमुख भन्सार अधिकृत पूण्यविक्रम खड्काले जानकारी दिनुभयो । 

रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात गर्ने फर्म ६०÷७० वटा रहेको व्यापारी व्यवसायीले सामान आयात–निर्यातमा एक हजारभन्दा बढी ट्रक एवं कन्टेनर परिचालन गरिरहेको बताइएको छ । कर्मचारीलाई सुख्खा बन्दरगाह निर्माण नहुँदा भोटेकोशी बगरको परीक्षण स्थलमा बसी काम गर्नु परेको अवस्था छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय