२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एतिहासिक चमत्कार: पहिलो पटक मृत महिलाको गर्भाशयबाट बच्चा जन्मियो

१९ मंसिर २०७५, बुधबार १८:०७

पेरिस | चिकित्सा इतिहासमै पहिलो पटक कुनै महिलाले मृत महिलाको गर्भाशय प्रत्यारोपण (युटेरस ट्रान्सप्लान्ट) गरेर स्वस्थ शिशुलाई जन्म दिएकी छन् । ब्राजिलमा यो अपरेशन दुई वर्षअघि गरिएको थियो । तर यो कुराको जानकारी चिकित्सकहरुले सार्वजनिक गरेका थिएनन् । 

लेन्सेट जर्नलमा प्रकाशित शोधमा जनाइए अनुसार गर्भाशयको समस्यासँग जुधिरहेका महिलाका लागि यसलाई ठुलो उपलब्धी मानिएको छ । गर्भाशय प्रत्यारोपणपछि एक आमाले सन् २०१६ मा बालिका शिशुलाई जन्म दिएकी थिइन् । अहिलेसम्म गर्भाशयको समस्यासँग जुधिरहेका महिलासँग धर्मपुत्र/पुत्री स्वीकार्ने या सेरोगेट (भाडाको कोख) नै आमा बन्ने विकल्प थियो । 

सन् २०१३ मा स्वीडेनमा पहिलो पटक जीवित महिलाको गर्भाशय प्रत्यारोपण गरिएको थियो । यसपछि अहिलेसम्म १० पटक यस्तो प्रत्यारोपण भइसकेको छ। जीवित महिलाको गर्भाशय मिल्न धेरै कठिन छ । त्यसपछि डाक्टरहरुले मृत महिलाको गर्भाशय जीवित महिलामा प्रत्यारोपण गर्ने अर्को विकल्पको खोजीमा थिए । 

ब्राजिलमा सफल हुनु पहिल अमेरिका, चेक रिपब्लिक र टर्कीमा मृत महिलाको गर्भाशय प्रत्यारोपणका १० वटा प्रयास भइसकेका थिए । वैज्ञानिकका अनुसार ५०० मा एक महिलालाई गर्भाशयको संरचना, गर्भाशयोच्छेदन र संक्रमण हुन्छ । जसका कारण उनलाई गर्भधारण गर्न समस्या हुन्छ । 

साओ पाउलो विश्वविद्यालयका डाक्टर दानी एजेनबर्गका अनुसार यो सफलतापछि अब गर्भ नबस्ने समस्या रहेका महिलालाई मृत महिलाको गर्भाशय प्रत्यारोपण गरी आमा बन्ने बाटो खुलेको छ।

डा. एजेनबर्गका अनुसार मृत्युपछि कयौँ मानिस आफ्नो अंगदान गर्न चहान्छन् । यिनको संख्या जीवित हुँदै अंगदान गर्ने भन्दा कयौँ धेरै हुन्छ । ३२ वर्षीया जुन महिलामा गर्भाशय प्रत्यारोपण गरियो, उनी एक दुर्लभ रोगबाट पीडित थिइन् । गर्भाशय दान गरेकी ४५ वर्षीया महिलाको स्ट्रोकबाट ज्यान गएको थियो । १० घण्टा भित्र मृत महिलाबाट गर्भाशय निकालेर त्यसलाई अर्की महिलामा प्रत्यारोपण गरिन्छ । शरीरले नयाँ अंगलाई स्वीकार गर्न नसक्ने अवस्थालाई रोक्न एन्टी-माइक्रोबियल्स, एन्टी-ब्लड क्लोटिङ्ग उपचारसहित ५ अलग-अलग औषधि दिइएको थियो ।

५ महिनापछि गर्भाशयलाई शरीरले स्वीकार गरेको कुनै सं‌केत मिलेसँगै महिनावारी पनि नियमित हुन थाल्यो । प्रत्यारोपणको सात महिनापछि नयाँ गर्भाशयमा शुक्रकिट पठाइयो । १० दिनपछि डाक्टरहरुले गर्भधारणको सूचना दिएका थिए । ३२ हप्तासम्म गर्भधारण सामान्य थियो । ३६ औँ सातामा महिलाले २.५ किलोको शिशुलाई सिजेरियन प्रविधिबाट जम्म दिइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान